2 years ago
January 21, 2023
काठमाडौं (हाम्रो खेलकुद) – दिपक अधिकारी र फुलमती रानाले दोस्रो संस्करणको राइट टु प्रोटिन रन हाफ म्याराथनको उपाधि जितेका छन् । नेपाल भेटेरिनरी एसोसिएसनले आयोजना गरेको राइट टु प्रोटिन रन हाफ म्याराथनमा शनिबार दीपकले पुरुषतर्फ र फुलमतीले महिलातर्फको उपाधि जितेका हुन् ।
दुबै खेलाडीले एक एक लाख रुपैयाँ प्राप्त गर्ने छन् । नेपाल एपिएफ क्लबकी फुलमतीले निर्धारित दुरी १ घण्टा २२ मिनेट १२ सेकेन्डमा पूरा गर्दै उपाधि जितिन् । उनले नेपाल पुलिस क्लबकी राममाया बुढालाई पाँच सेकेन्डले पछि पारेकी थिइन् ।
राममायाले उक्त दुरी १ घण्टा २२ मिनेट १७ सेकेन्डमा पूरा गर्दै दोस्रो भइन् । तेस्रो भएकी त्रिभुवन आर्मी क्लबकी पूर्णलक्ष्मी न्यौपानेले उक्त दुरी १ घण्टा २३ मिनेट १० सकेन्डमा पूरा गरिन् । आर्मीकै कल्पना खड्काले १ घण्टा २७ मिनेट १२ सेकेन्डमा पूरा गर्दै चौथो भइन् । बागमती प्रदेशकी अञ्जु खड्काले १ घण्टा ३२ मिनेट १३ सेकेन्डमा पूरा गर्दै पाँचौं बनिन् ।
पुरुषतर्फ दीपकले राजन रोकायालाई ६ सेकेन्डले पछि पार्दै उपाधि जिते । दीपकले निर्धारित दुरी १ घण्टा ५ मिनेट ८ सेकेन्डमा पूरा गर्दै उपाधि जिते । दोस्रो भएका राजन रोकायाले १ घण्टा ५ मिनेट १४ सेकेन्डमा पूरा गरेका थिए । नरेन्द्र सिंह रावलले १ घण्टा ५ मिनेट ५५ सेकेन्डमा पूरा गर्दै तेस्रो बने ।
चौथो बनेका तिर्थ पुनले १ घण्टा ६ मिनेट ९ सेकेन्डमा उक्त दुरी पूरा गरे । तीर्थ गत वर्षको च्याम्पियन खेलाडी थिए । आर्मीका शुशिल कुमार शाहीले १ घण्टा ८ मिनेट ४ सेकेन्डमा पूरा गर्दै पाँचौं स्थानमा रहे ।
प्रतियोगितालाई नेपाल दाना उद्योग संघ र अन्तगर्तका दाना उद्योग सहयोगीको रुपमा रहेको बताइएको छ । प्रतियोगितामा प्रिमेरा हस्पिटल पार्टनर, इसेवा टिकेटिङ पार्टनर, आइएसएस साउन्ड सिस्टम पार्टनर तथा यूस र एसओवाई प्रबद्र्धकका रुपमा रहेका छन् । मेरियोट काठमाडौ र फेयरफिल्ड मेरियट हस्पिटालिटी पार्टनरका रुपमा रहेको बताइएको छ ।
गत वर्ष पहिलो संस्करण रन फर प्रोटिन हाफ म्याराथन भएको थियो । गत वर्षको हाफ म्याराथन महिलातर्फ १३ औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण पदक विजेता सन्तोषी श्रेष्ठ र पुरुषतर्फ तीर्थ पुन विजयी भएका थिए ।
February 6, 2025
एजेन्सी – गोन्जालो गार्सियाले इन्ज्युरी समय निर्णायक गोल गरेपछि रियल म्याड्रिड कोपा डेल रेको सेमिफाइनल पुगेको छ। लेगानेसलाई बुधवार दोस्रो क्वाटरफाइनलमा ३-२ ले हराउँदै रियल अन्तिम चारमा पुगेको हो। गार्सियाअघि रियलका लागि लुका मोड्रिच, एन्ड्रिकले गोल गरे । लेगानेसका लागि दुवै गोल हुवाँ कुजले गरे । घरेलुु मैदानमा २-० ले पछि परेको अवस्थाबाट लेगानेसले २-२ […]
February 5, 2025
हिमाल खरेल, बिर्तामोड झापाको बुद्धशान्तिस्थित जयपुरमा जारी आठौं नव ज्योति च्यालेन्ज कप फुटबल प्रतियोगितामा सुनसरीको न्यु स्टार एफसी विजयी भएको छ । आज भएको खेलमा भारतको सिलिगुडी युनाइटेडमाथि जित दर्ता गर्दै न्यु स्टार सेमिफाइनलमा प्रवेश गरेको हो । सिलिगुडीलाई १- ० ले हराउँदै न्यु स्टार अन्तिम चारमा पुगेको हो। न्यु स्टारका लागि खेलको इन्ज्युरी समयमा […]
February 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो एनएपिएफएस अन्तर स्कुल आइजी रनिङ ट्रफी फुटबल प्रतियोगितामा बुधवार कीर्तिपुरको पुष्पसदन बोर्डिङ स्कुल र कीर्तिपुरकै ग्रिन भिलेज एजुकेशन फाउण्डेशन विजयी भएका छन्। पहिलो खेलमा पुष्पसदनले नक्सालको राई स्कुललाई ५-१ ले हराएको थियो। पुष्पसदनका विशाल कुवँर र हिक्मत योगीले समान २ र बुद्ध लिम्बुले १ गोल गरे। विजयी टोलीका विशाल कुवँर प्लेयर […]