default_image

2 years ago

January 8, 2023

पब्जी विश्वकपमा डीआरएस दोस्रो, जित्यो ३ करोड ८६ लाख

1179 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालको द रियल सोल्जर्स (डीआरएस) ले पब्जी मोबाइल ग्लोबल च्याम्पियनसिप २०२२ मा दोस्रो स्थान हासिल गरेको छ । पब्जीको विश्वकप मानिने प्रतियोगितामा उपविजेता बनेसँगै डीआरएसले पुरस्कारस्वरूप कुल २ लाख ९२ हजार अमेरिकी डलर (३ करोड ८६ लाख नेपाली रुपैयाँ) पुरस्कार जितेको छ ।

प्रतियोगिताको अन्तिम चरणको खेल बाँकी हुँदासम्म उपाधि होडमा रहेको डीआरएस एरांगलमा खेलिएको अन्तिम खेलमा अपेक्षित प्रदर्शन गर्न सकेन । यसका बाबजुद प्रतिस्पर्धामा रहेका अन्य टोली पनि चुक्दा डीआरएसको दोस्रो स्थान पक्का रहेको थियो । डीआरएसले फाइनलको स्थान अनुसार २ लाख अमेरिकी डलर र त्यसअघि छनोट चरणको ९२ हजार अमेरिकी डलर पुरस्कार पाएको हो ।

टर्कीको एसटुजी ई स्पोर्ट्सले १ सय ९० अंकका साथ पहिलो स्थान हासिल गर्यो । एसटुजीले कुल ५ लाख १० हजार अमेरिकी डलर जित्दा डीआरएस १ सय ५८ अंकसहित दोस्रो भएको हो । समान १ सय ५६ अंक जोडेका तेस्रो स्थानको अल्फा ७ ईस्पोर्ट्सले २ लाख १७ हजार तथा चौथो स्थानको गडलाइक स्टलवार्टले २ लाख अमेरिकी डलर जित्यो ।

नेपालकै अर्को टोली ट्रेन्ड टु किल (टि२के) १ सय १२ अंकसाथ १३ औं स्थानमा रहयो । टोलीले कुल १ लाख ३२ हजार ५ सय (१ करोड ७५ लाख) अमेरिकी डलर प्राप्त गर्यो । छनोट चरणमा उत्कृष्ट प्रदर्शन गरेको टि२के ले अन्तिम चरणमा भने कमजोर प्रदर्शन गर्यो ।

May 3, 2025

गुजरातले हैदराबादलाई हरायो

एजेन्सी – गुजरात टाइटन्सले इण्डियन प्रिमियर लिग (आइपिएल) मा आजको खेल जित्दै अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। गुजरातले सनराइजर्स हैदरबादलाई ३८ रनले हराएको छ। जितको लागि २ सय २५ रनको लक्ष्य पछ्याएको हैदरबादले २० ओभरमा ६ विकेट गुमाएर १ सय ८६ रन मात्र बनाएको छ। हैदराबादका लागि अभिषेक शर्माले अर्धशतक बनाए। अन्य ब्याटरले लामो इनिङ […]

May 2, 2025

राष्ट्रिय महिला हक्की – गण्डकीको दोस्रो जित

काठमाडौं (हाम्रो खेलकुद)- गण्डकी प्रदेशले राष्ट्रिय पुरुष तथा महिला हक्की प्रतियोगिताको महिलातर्फ दोस्रो जित निकालेको छ । ललितपुरको च्यासल फुटबल मैदानमा शुक्रवार भएको महिलातर्फको खेलमा गण्डकीले मधेश प्रदेशलाई २-१ ले पराजित गर्यो । गण्डकीको जितमा मयुरी राईले २ गोल गरिन् । उनी प्लेअर अफ दी म्याच पनि भइन् । मधेशकी गीताकुमारी म्रिङचिङले १ गोल फर्काए […]

May 2, 2025

इरानी टोली सेमिफाइनलमा

पोखरा (हाम्रो खेलकुद)- प्रथम लायन्स कप आमन्त्रित पुरुष भलिबल प्रतियोगितामा इरानको‌ टोली सेमिफाइनलमा प्रवेश गर्न सफल भएको छ। पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा आज भएको खेलमा इरानको टोलीले गण्डकी प्रदेशलाई ३-१ ले हराउँदै सेमिफाइनलको यात्रा तय गरेको हो। इरानको टिमले सुरूवात राम्रो गर्यो। पहिलो सेट २५-१४ ले जित्यो। तर घरेलु टोली गण्डकीले खेलमा फर्कने संकेत […]

Success

Thank you for your time.