2 years ago
January 6, 2023
काठमाडौं (हाम्रो खेलकुद) – सातौं राष्ट्रिय एनभिए क्लब भलिबल च्याम्पियनसिप २०७९ का लागि शुक्रबार समूह विभाजन भएको छ । आइतबारदेखि सुरु हुने प्रतियोगितामा पुरुषतर्फ १५ र महिलातर्फ ८ टोलीले प्रतिस्पर्धा गर्दैछन् ।
महिलातर्फ समूह ए मा होंगांजी न्यू डायमन्ड, एभरेष्ट ट्रेनिङ सेन्टर, नयाँबजार युवा स्पोर्ट्स क्लब र नेपाल पुलिस क्लब रहनेछन् । समूह बी मा नेपाल एपिएफ क्लब, गण्डकी प्रदेश, कृष्ण माध्यमिक एकेडेमी र त्रिभुवन आर्मी क्लब छन् ।
पुरुषतर्फ समूह ए मा त्रिभुवन आर्मी क्लब, मणिमुकुन्द भलिबल क्लब र दावाली मिलन क्लब छन् । समूह बी मा नेपाल एपीएफ क्लब, जावलाखेल भलिबल प्रशिक्षण केन्द्र र शैलुंग बागढुंगा स्पोर्ट्स क्लबले प्रतिस्पर्धा गर्नेछन् ।
समूह सी मा नेपाल पुलिस क्लब, न्युटन भलिबल एकेडेमी, ढोरपाटन स्पोर्ट्स क्लब र गण्डकी प्रदेश छन् । समूह डी मा टिप टप हेल्प नेपाल, बुढानिलकण्ठ स्पोर्ट्स क्लब, केशवलाल स्मृति भलिबल प्रशिक्षण केन्द्र र मधेश प्रदेश रहेका छन् ।
पुष २४ देखि माघ १ गतेसम्म हुने च्याम्पियनसिपको सम्पूर्ण खेल दशरथ रंगशालामा हुनेछ । पुरुष र महिला दुवै तर्फको च्याम्पियनले समान ४ लाख रुपैयाँसँगै उपाधि हात पार्नेछन् । दोस्रो हुनेले २ लाख र तेस्रो हुने टोलीले १ लाख रुपैयाँ प्राप्त गर्नेछन् । च्याम्पियनसिपको सर्वाेत्कृष्ट खेलाडीले २५ हजार र हरेक विधा (स्पाइकर, सेटर, ब्लकर, सर्भर, डिफेन्स र प्रशिक्षक) ले जनही १० हजार रुपैयाँ प्राप्त गर्नेछन् । त्यस्तै इन्टरनेट सेवा प्रदायक भाएनेटले प्रतियोगिताको विधागत उत्कृष्टलाई ३ महिना र सर्वोत्कृष्ट पुरुष र महिला खेलाडीलाई ६-६ महिनाको इन्टरनेट सेवा प्रदान गर्नेछ ।
क्लब च्याम्पियनसिपको अनुमानित बजेट झण्डै ४६ लाख रुपैयाँ रहेको संघले जनाएको छ । यसमा मुख्य प्रायोजक नेपाल सुपर लिग (एनएसएल) को आयोजक नेपाल स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजमेन्ट प्रालिले मुख्य प्रायोजन वापत ३० लाख रुपैयाँ प्रदान गर्ने र बाँकी रकम विभिन्न प्रायोजकबाट परिपुर्ति गरिने संघले जनाएको छ ।
यस्तै संघले हाम्रो खेलकुद डटकमसँग १ वर्षको लागि मिडिया राइट्स लिएको जनाएको छ । यससँगै हाम्रो खेलकुद डटकमले संघले १ वर्षभरि गर्ने विभिन्न प्रतियोगिताको प्रत्यक्ष प्रसारण गर्नेछ ।
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- पाकिस्तानमा आयोजना हुने भनिएको १४ दक्षिण एसियाली खेलकुद (साग) को विषयमा भएको छलफलमा नेपाल ओलम्पिक कमिटी एनओसी) को नामबाट देशको सहभागिता हुने विषयमा भाग लिने वा कुनै निर्णय गर्ने कुरा पूर्णतः अवैधानिक भएको राष्ट्रिय खेलकुद परिषद (राखेप) ले जनाएको छ। एनओसी अध्यक्षको हैसियतमा जीवनराम श्रेष्ठले मंगलवार पाकिस्तानको लाहोरमा भएको दक्षिण एसियाली ओलम्पिक […]
February 28, 2025
विराटनगर (हाम्रो खेलकुद)- प्रतियोगितामा शीर्ष खेलाडी सिएम शुश्रुत दहाल ७ अंक जोड्दै शुक्रवार प्रथम कोशी खेलकुद महोत्सव अन्तर्गत बुद्धिचाल च्याम्पियन बनेका छन्। आठ चरणको खेलबाट झापाका २०२१ रेटेड शुश्रुतले स्पष्ट अग्रता लिदै शीर्ष स्थान कब्जा गर्न सफल रहे।यसप्रतिस्पर्धामा खोटाङका १८८७ रेटेड धिरेन राईले ६.५ अंक जोडेर बुकोल्ज्स् ४२.५ प्वाइन्टको आधारमा दोस्रो भए। विराटनगर स्थित मारवाडी सेवा […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- संकटा क्लबलाई २-१ गोल अन्तरले हराउँदै त्रिभुवन आर्मी फुटबल क्लब केपी ओली कपको फाइलनमा प्रवेश गरेको छ। आर्मी जारी सिजन कुनै पनि प्रतियोगिताको फाइनलमा पुगेको यो पहिलो पटक हो। आर्मीको जितमा नवयुग श्रेष्ठ र दिनेश हेन्जनले गोल गरे। संकटाको लागि विसन गुरुङले सान्त्वना गोल गरे। दशरथ रंगशालामा आज भएको खेलमा आर्मीले सुरुवातमा […]