2 years ago
December 31, 2022
काठमाडौं (हाम्रो खेलकुद)– बंगलादेशमा एभिसी सेन्ट्रल जोन बीच भबिल प्रतियोगितामा रजत पदक जितेर फर्केको पुरुष जोडीका कप्तान मानबहादुर श्रेष्ठले देशवासीलाई समपर्ण गरेका छन् ।
फाइनल खेलेको भोली पल्ट शनिबार स्वदेश फर्केपछि मानले भने, ‘तयारी एकदमै छोटो थियो । यो छोटो अवधिमा पनि संघले बीच भलिबलको पुर्वाधार तयार गरेर प्रशिक्षण गराएको छ । तर, त्यहाँ (कक्स) बजारको बिच र यहाँको बिचमा धेरै फरक थियो । हामीले धेरै अनुभव गर्ने मौका पायौं ’ दिल सुनारसँग मिलेर पदक जितेका मानले भने, ‘यो जित हामी देशवासलाई समपर्ण गर्न चाहन्छौं ।’
नेपालको महिला र पुरुष दुवै टोलीले प्रतियोगितामा रजत पदक जितेको थियो । महिला जोडीकी कप्तान कोपिला उप्रेतीले भावुक हुँदै नेपालको राष्ट्रिय टोलीबाट इन्डोर खेलमा पाउन नसकेको सफलता बीच भलिबलबाट पाउँदा बोल्ने कुनै शब्द नरहेको बताइन् । łपदक नेपालीलाई समर्पण गर्न चाहन्छौ. । मैले लामो समय इन्डोर खेलमा खेले । त्यहाँबाट यतिको सफलता दिलाउन पाएकी थिइन् । बीच भलिबलबाट यो ऐतिहासिक रजत पदक जित्दा बोल्ने कुनै शब्द छैन ।’ कमला पुनसँग मिलेर पदक जितेकी कोपिलाले भनिन् ।
उनले थपिन् ‘हामीले पर्याप्त पुर्वाधारविना नै यो ऐतिहासिक पदक जित्न सफल भएका छौं । पर्याप्त पुर्वाधार र नियमित प्रशिक्षण हुन सके स्वर्णपदक नै जित्न सक्ने क्षमता नेपाली खेलाडीमा छ । यसमा संघ र सरकारलाई ध्यानाकर्षण गराउन चाहान्छु ।’
टोलीका प्रशिक्षक भरत शाहले पनि आफ्नो समयमा बीच भलिबलमा थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जितेपनि फिभ र एभीसीबाट मान्यता प्राप्त यति ठुलो प्रतियोगिता जित्न नसकेको यसपल्ट प्रशिक्षकको रुपमा यो रजत जित्दा एकदमै खुसी लागेको बताए । ‘मैले खेलाडीको रुपमा बीच भलिबल धेरै खेले । तर, यति ठुलो उपाधि जित्न सकेको थिएन । फिभ र एभीसीबाट मान्यता प्राप्त यो रजत नै नेपालले बिच भलिबलका पाएको ठुलो सफलता हो ।’
शाह भने, ‘खेलाडी र प्रशिक्षकको रुपमा पहिलोपटक यति ठूलो सफलता पाएको छु । पुर्वाधारविना नै खेलाडीले कक्सबजारमा उच्च मिहेनतका साथ खेले । रजत पदक जित्दाको हिस्सा बन्न पाउँदा खुशी छ ।’
नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्र बहादर चन्दले छोटो समयमा बावजुत खेलाडीले गरेको मिहेनतका कारण यो सफलता हात पारेको बताउँदै संघले टोलीलाई जनही २५ हजार रुपैया प्रदान गर्ने घोषणा गरेको छ । यस्तै अध्यक्ष चन्दले इन्डोर हलसँगै बिच भलिबलको लागि पनि सरकारलाई झकझक्याई रहने बताए । यस्तै राष्ट्रिय खेलकुद परिषद (राखेप) सरकारले प्रदान गर्ने भनिएको पुरस्कारको लागि पनि पहल गरिने बताए ।
बिहीबार भएको महिलातर्फको फाइनलमा नेपाल पुलिस क्लबका कोपिला र कमलाको जाडी श्रीलंकाकी चथुरिका र दीपिकाको जोडीसँग २–० ले पराजित भएको थियो । शनिबार भएको पुरुषतर्फको फाइनलमा नेपाली सेनाका मानबहादुर र दिलको जोडी माल्दिभ्सका एडाम नासिम र स्लेमको जोडीसँग २–० ले नै पराजित भएको थियो ।
महिलातर्फ बंगलादेश र उज्वेकिस्तानको समान दुई टोली तथा नेपाल र श्रीलंकाको समान एक टोली गरी कुल ६ टोलीको सहभागिता रहेको थियो । पुरुषतर्फ आयोजक नेपालसहित माल्दिभ्स, आयोजक बंगलादेश, कीर्गिस्तान र भुटानको सहभागिता रहेको थियो । प्रतियोगितालाई एफआईभिबीले मान्यता दिएको थियो ।
February 28, 2025
एजेन्सी – अस्ट्रेलिया आइसिसी च्याम्पियन्स ट्रफी क्रिकेटको सेमिफाइनलमा पुगेको छ । समूह ‘बी’ मा शुक्रवार अफगानिस्तानसँगको खेल वर्षाका कारण नतिजाविहीन बनेपनि अस्ट्रेलिया ४ अंकसहित अन्तिम चारमा पुगेको हो । अस्ट्रेलिया १६ वर्षपछि सेमिफाइनलमा पुगेको हो । सन् २००९ मा उपाधि जितेकलो अस्ट्रेलियाले २०१३ र २०१७ को च्याम्पियन्स ट्रफीमा कुनैपनि खेल जितेन । पाकिस्तानको लाहोरमा आज […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- चौथो कृष्ण प्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिताको पहिलो दिन शुक्रवार नेपाल पुलिस क्लबले दबदबा कायम गरेको छ । ४ वटा काता र एउटा कुमुतेमा गरी भएको कुल ५ स्वर्णको छिनोफानो हुँदा पुलिसले ४ स्वर्ण पदक हात पार्यो। सातदोबाटोस्थित कराते एकेडेमीमा भएको पुरुष एकल कातामा पुलिसका सोनिम मानन्धरले स्वर्ण जिते। उनले फाइनलमा […]
February 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- पाकिस्तानमा आयोजना हुने भनिएको १४ दक्षिण एसियाली खेलकुद (साग) को विषयमा भएको छलफलमा नेपाल ओलम्पिक कमिटी एनओसी) को नामबाट देशको सहभागिता हुने विषयमा भाग लिने वा कुनै निर्णय गर्ने कुरा पूर्णतः अवैधानिक भएको राष्ट्रिय खेलकुद परिषद (राखेप) ले जनाएको छ। एनओसी अध्यक्षको हैसियतमा जीवनराम श्रेष्ठले मंगलवार पाकिस्तानको लाहोरमा भएको दक्षिण एसियाली ओलम्पिक […]