8 years ago
December 28, 2016
काठमाडौं (हाम्रो खेलकुद)– बंगलादेशमा एभिसी सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपमा भाग लिएर नेपाली राष्ट्रिय भलिबल टोली बुधबार दिउँसो स्वदेश फर्कदैछ । च्याम्पियनसिपमा लगातार दोस्रो पटक चौथो हुँदै टोली फर्कन लागेको छ । तेस्रो स्थानका लागि माल्दिभ्ससँग मंगलबार भएको प्रतिस्पर्धा ३–१ ले गुमएपछि भएपछि नेपाल पदक विहिन भएको थियो ।
आयोजक बंगलादेश सेन्ट्रल जोन च्याम्पियन बन्यो भने किर्गिस्तान दोस्रो भएको छ । माल्दिभ्सलाई लिगमा ३–१ ले हराएको नेपाल दोस्रो खेलमा बंगलादेशसँग सोझो ३ सेटमा पराजित भएको थियो । अघिल्लो बर्ष तेस्रो स्थानमा अफगानिस्तानसँग पराजित नेपालले यसपटक त्यहि टोलीमाथि ३–२ को जित निकालेको थियो ।
किर्गिस्तानसँग पनि नेपाली टोली पराजित भएपछि तेस्रो पदकका लागि भिड्ने मौका पाएको थियो । जहाँ नेपाल फेरी एक पटक चुक्न पुग्यो । पदक विहिन भएर फर्कनु पर्दा दुःख लागेको जनाउँदै नेपाली टोलीका प्रशिक्षक जगदिश भट्टले टोलीको प्रदर्शनमा अझै सुधारको आवश्यकता रहेको र त्यसका लागि नियमित प्रशिक्षण हुनुपर्ने बताएका छन् ।
नेपाल भलिबल संघका सचिव समेत रहेको भट्ट सरकारले खेल क्षेत्रमा पर्याप्त लगानी नगर्दा सम्म अपेक्षा अनुसारको सफलता पाउन नसक्ने बताउँछन् । संघका अध्यक्ष मनोरञ्जनरमण शर्मा, महासचिव जितेन्द्रबहादुर चन्द, १२ खेलाडीसहित १८ सदस्यीय टोली दिउँसो त्रिभुवन विमानस्थलमा ओर्लनेछन् ।
March 21, 2025
सुशील पन्त क्षेत्री, चितवन चितवनमा जारी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधिका शनिवार प्रतिस्पर्धा हुँदैछ। उपाधिका लागि दुई विभागीय टोली एपिएफ एफसी काठमाडौं र त्रिभुवन आर्मी एफसी भिड्दैछन् । भरतपुर ७ कृष्णपुरको मैदानमा खेल दिउँसो ३:३० बजे सुरु हुनेछ। प्रि म्याच कन्फ्रेन्समा दुवै टोलीले उपाधि जित्ने लक्ष्य रहेको बताएका छन् । एपिएफका प्रशिक्षक जनक सिंहले आफ्नो […]
March 21, 2025
सुमन अधिकारी, बुटवल रुपन्देहीको पुरानो तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिता शनिवार हुँदैछ । देविनगरस्थित एन्फा टेक्निकल खेलमैदान प्रतियोगिता आयोजना हुने प्रतियोगिताको तयारी पूरा भएको शुक्रवार पत्रकार सम्मेलन गरि रुपन्देही जिल्ला फुटबल संघका अध्यक्ष लोक पुनले बताए । उद्घाटन खेल आयोजक करेन्ट रुपन्देही ११ र एपिएफ फुटबल क्लबबीच हुनेछ । प्रतियोगितामा संकटा एफसी, मच्छिन्द्र एफसी, चर्च ब्याइज […]
March 21, 2025
काठमाडौं (हाम्रो खेलकुद)- फरवार्ड जिलेस्पी जंग कार्कीको गोलमा नेपालले सिंगापुरलाई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पराजित गरेको छ । सिंगापुरको राष्ट्रिय रंगशालामा भएको खेलमा नेपाल १-० ले विजयी भएको हो । सिंगापुरको सिनियर पुरुष राष्ट्रिय टोलीमाथि नेपालको यो पहिलो जित हो । नेपालका लागि जिलेस्पीले खेलको १२ औं मिनेटमा गोल गरेका थिए । मनिष डाँगीले दाया विंगबाट दिएको […]