default_image

8 years ago

December 27, 2016

स्यान्टु टेबल टेनिसका नयाँ च्याम्पियन, नवितालाई निरन्तर सफलता

180 views

0 Bookmark

विराटनगर (हाम्रो खेलकुद) – नेपाल पुलिसका स्यान्टु श्रेष्ठ टेबल टेनिसमा नयाँ राष्ट्रिय च्याम्पियन बनेका छन् । महिलातर्फ पुलिसकी नविता महर्जनले स्वर्ण पदक जितेकी छिन् । स्यान्टुले पुरुष एकलको फाइनलमा मंगलबार एपिएफका शिवसुन्दर गोथेलाई १२–१०, ११–७, ८–११, ११–४, ५–११, ११–९ ले पराजित गर्दै स्वर्ण पदक जितेका हुन् । स्यान्टुले सेमिफाइनलमा तीन पटकका च्याम्पियन पुलिसकै दिप साउनलाई हराएका थिए । सफलताले आगामी दिनमा खेल्नको लागि अझ हौसला मिलेको श्रेष्ठले बताए ।

unnamed

एपिएफका शिवसुन्दरले रजतमा नै चित्त बुझाए भने आर्मीका मणि कुमार तामाङ र एपिएफका अम्मरलाल मल्लले कास्य पाएका छन् । मणिले एपिएफका पुरुषोत्तम बज्राचार्यलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेका थिए । बज्राचार्य दिप साउन विजेता भएको समयका उपविजेता थिए ।

सहिद रङ्गशालाको कर्वड हलमा मंगलबार भएको टेबल टेनिस अन्तर्गत महिला एकलको फाइनलमा नविता पुलिसाकै एलिन महर्जनलाई ११–०, ११–८, १०–१२, ११–४, ९–११, ११–८ ले हराइन् । नविताले लगातार ६ पटक च्याम्पिएन हुँदै स्वर्णमा नाम लेखाउन सफल भएकी हुन । नविताले आगामी दिनमा पनि सफल हुन सक्नेमा आफू सक्षम रहेको बताईन । नेपाल आर्मीका श्वेच्छा नेवाङ र नेपाल आर्मीका नै रविना महर्जनले कास्य पाए । पूर्वाञ्चलमा जारी सातौं राष्ट्रिय खेलकुद अन्तर्गत टेबल टेनिसमा नेपाल पुलिसले ६ वटा र आर्मीले एउटा स्वर्ण पदक जितेको छ ।

February 19, 2025

पाकिस्तानले टस जित्यो

एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।

February 19, 2025

साम्बालाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कारबाट पुरस्कृत गरिने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ लाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार-२०८१ बाट पुरस्कृत गरिने भएको छ । सरकारले विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउने प्रतिभाशाली नागरिकलाई प्रदान गर्ने पुरस्कार अन्तर्गत विभिन्न विधाका १० जना पुरस्कृत हुँदा खेलकुदबाट साम्बा पुरस्कृत हुने भएकी हुन् । राष्ट्रिय प्रजातन्त्र दिवस २०८१ का अवसरमा […]

February 19, 2025

च्याम्पियन्स ट्रफीको लाइभ आइसिसी टिभीमा

काठमाडौं (हाम्रो खेलकुद)- पाकिस्तान र युएइमा संयुक्त रुपमा आयोजना हुने च्याम्पियन्स ट्रफी २०२५ का सबै खेलको नेपालमा प्रत्यक्ष प्रसारण हुने भएको छ । नेपाल क्रिकेट संघ(क्यान) ले सोमवार प्रतियोगिताका सबै खेल आइसिसी डट टिभिमा प्रत्यक्ष प्रशारण हुने जनाएको हो । प्रत्यक्ष प्रसारण हेर्न एप स्टोर तथा प्ले स्टोरबाट आइसिसी टिभी डाउनलोड गर्नु पर्नेछ । पाकिस्तान […]

Success

Thank you for your time.