8 years ago
December 27, 2016
प्रकाश तिमल्सिना
काठमाडौं– एभिसी सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपमा पदक विहिन हुनु परेपनि नेपाली टोलीको प्रदर्शनमा क्रमशः सुधार भइरहेकोले निराश हुनु नपर्ने पूर्व प्रशिक्षक कपिल किशोर श्रेष्ठ बताएका छन् । बंगालदेशको ढाकामा मंगलबार तेस्रो स्थानको प्रतिस्पर्धामा नेपाल माल्दिससँग ३–१ ले पराजित भएपछि लगातार दोस्रो बर्ष पदक विहिन भएर फर्कनु पर्ने भएको छ ।
‘गत बर्षपछि हामी यहि अवस्थाबाट हारेर फर्केका थियौं । कुनै पनि खेलकुदमा एक दुई बर्षमै सफलता पाइन्छ भन्ने छैन,’श्रेष्ठले भने, ‘हामीले हेर्न भनेको विगतमा भन्दा प्रदर्शनमा सुधार भएको छ÷छैन भन्ने हेर्ने हो । त्यस हिसाबले खेलाडीको प्रदर्शनमा परिपक्कवता आइरहेको छ । आशा गरौं हाम्रो टोलीले अझै राम्रो गर्न सक्छ ।’ नतिजाका हिसाबले गत बर्ष र अहिले त्यति ठूलो अन्तर छैन ।
अघिल्लो पटक जुन टोलीसँग हारेको छ यसपटक ती टोलीमाथि जित्न सफल भएको नेपाल किर्गिस्तानसँग भने पराजित भएको छ । गत बर्ष टोली नेतृत्व गरेका श्रेष्ठले स्मरण गरे‘हामी गत बर्ष माल्दिभ्स र अफगानिस्तानसँग हारेका थियौं । यसपटक लिग चरणमा तीनलाई हराउन सफल भयौं । तर किर्गिस्तान र बंगलादेशसँग पहिला जिते पनि अहिले हार्नु परेको छ । खेलमा हार जित हुन्छ तर समग्रतामा हाम्रो प्रदर्शनमा सुधार भइरहेको छ ।’
नेपालले गर्ने तयारीका आधारमा अहिलेको प्रदर्शनलाई कमजोर मान्न नहुने उनको तर्क छ । ‘हामी तयारी कम गछौं आशा बढी गछौं । तर हाम्रो टोली पर्याप्त अभ्यास र मैत्रीपूर्ण खेल खेल्न नपाई सिधै प्रतियोगितामा जानुपर्छ । त्यसले नजिताको मात्र आशा गरेर हुँदैन’ उनको सुझाव थियो, ‘ यो च्याम्पियनसिपबाट खेलाडीहरुलाई राम्रो एक्सपोजर भएको छ । प्रशिक्षणलाई निरन्तरता र एक्सपोजर म्याच दिइराख्ने हो भने स्वदेशमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा हामी कांस्य पदकको दाबेदार बन्न सक्छौं । तर अन्तिम समयमा खेलाडीमा दबाब दिएर मात्र नजिता ल्याउन सकिन्न ।’
यसपटकको च्याम्प्यिनसिपमा समग्रतामा प्रदर्शन सन्तोषजनक भएपनि माल्दिभ्ससँगको तेस्रो स्थानको खेलमा अघिल्ला खेलका दाजोमा प्रदर्शन कमजोर भएको श्रेष्ठको ठम्माई छ । राष्ट्रिय टोलीदेखि स्थानिय विभागिय र अन्य थ्रुपै क्लबलाई प्रशिक्षण दिइरसकेका श्रेष्ठले भने यसपटक खेलाडीको प्रोपर पोजिसनका खेलाडी नखेलाइनु कमजोरी ठान्छन् ।
कप्तान इम रानालाई लिफ्टरबाट स्पाइकमा लादा टोलीको लयमा केही समस्या आएको श्रेष्ठको बुझाई छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्व मुख्य भलिबल प्रशिक्षक उनले भने, ‘इम पहिला स्पाइकर नै हुन् । तर पछिल्ला बर्षमा उनी लिफटरमा स्थापित भइसकेका थिए । अहिले फेरी उनलाई स्पाइकर खेलाउँदा अपेक्षा अनुसार भएन जस्तो लाग्छ । भलिबलमा ६ जनाको ६ जनालाई रिप्लेस खेलाडी हुन्छ । एउटा पोजिसनको खेलाडी घाइते हुँदा वा खेल्न नसक्दा त्यहि पोजिसनको अर्को खेलाडी उतार्नुपर्छ । त्यसमा हामी चुक्यौं भन्ने लाग्छ ।’
झन्डै ४ दशकदेखि अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाएपछि भलिबल केही बर्षअघि सम्म निकै सिथिल संघमा गणना हुन्थ्यो । केही बर्षयता मात्र भलिबल संघ पुनः सक्रिय हुन थालेको हो । ‘हामी केही बर्षयताबाट फेरी अन्तर्राष्ट्रिय भलिबलमा फर्केका छौं’ श्रेष्ठले भने, ‘त्यसैले निराश हुनु पर्ने केही छैन । संघले प्रशिक्षणमा ध्यान दिने हो भने हाम्रा खेलाडीले आउने दिनमा अझै राम्रो गर्न सक्छन् ।’
March 21, 2025
सुशील पन्त क्षेत्री, चितवन चितवनमा जारी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधिका शनिवार प्रतिस्पर्धा हुँदैछ। उपाधिका लागि दुई विभागीय टोली एपिएफ एफसी काठमाडौं र त्रिभुवन आर्मी एफसी भिड्दैछन् । भरतपुर ७ कृष्णपुरको मैदानमा खेल दिउँसो ३:३० बजे सुरु हुनेछ। प्रि म्याच कन्फ्रेन्समा दुवै टोलीले उपाधि जित्ने लक्ष्य रहेको बताएका छन् । एपिएफका प्रशिक्षक जनक सिंहले आफ्नो […]
March 21, 2025
सुमन अधिकारी, बुटवल रुपन्देहीको पुरानो तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिता शनिवार हुँदैछ । देविनगरस्थित एन्फा टेक्निकल खेलमैदान प्रतियोगिता आयोजना हुने प्रतियोगिताको तयारी पूरा भएको शुक्रवार पत्रकार सम्मेलन गरि रुपन्देही जिल्ला फुटबल संघका अध्यक्ष लोक पुनले बताए । उद्घाटन खेल आयोजक करेन्ट रुपन्देही ११ र एपिएफ फुटबल क्लबबीच हुनेछ । प्रतियोगितामा संकटा एफसी, मच्छिन्द्र एफसी, चर्च ब्याइज […]
March 21, 2025
काठमाडौं (हाम्रो खेलकुद)- फरवार्ड जिलेस्पी जंग कार्कीको गोलमा नेपालले सिंगापुरलाई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पराजित गरेको छ । सिंगापुरको राष्ट्रिय रंगशालामा भएको खेलमा नेपाल १-० ले विजयी भएको हो । सिंगापुरको सिनियर पुरुष राष्ट्रिय टोलीमाथि नेपालको यो पहिलो जित हो । नेपालका लागि जिलेस्पीले खेलको १२ औं मिनेटमा गोल गरेका थिए । मनिष डाँगीले दाया विंगबाट दिएको […]