8 years ago
December 27, 2016
प्रकाश तिमल्सिना
काठमाडौं – नेपाल एभिसी सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपमा फेरी पदक विहिन भएको छ । बंगलादेशको ढाकामा जारी च्याम्पियनसिपको मंगलबार भएको तेस्रो स्थानको खेलमा माल्दिभ्ससँग ३–१ ले पराजित भएपछि नेपाल लगातार दास्रो बर्ष पदक विहिन भएर फर्कने भएको छ । गत बर्ष पहिलो सहभागितामा पनि नेपाल यहि अवस्थामा अफगानिस्तानसँग पराजित भएर फर्केको थियो ।
च्याम्प्यिनसिपको पहिलो खेलमा माल्दिभ्सलाई नै हराएको नेपाल आजको खेलमा भने सुरुआतबाटै पछि परेको थियो । कांस्य पदकका लागि भएको खेलमा नेपाल २२–२५,१४–२५,२५–१९ र २१–२५ ले पराजित भएको थियो । झन्डै ४० बर्षयता अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिइरहेको नेपाल अहिले सम्म पदक जित्न असफल रहँदै आएको छ । तीन बर्षअघि अन्तर्राष्ट्रिय आमन्त्रणमा कास्य पदक जित्नुनै नेपालको अहिले सम्मको उच्च सफलता हो ।
March 21, 2025
सुशील पन्त क्षेत्री, चितवन चितवनमा जारी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधिका शनिवार प्रतिस्पर्धा हुँदैछ। उपाधिका लागि दुई विभागीय टोली एपिएफ एफसी काठमाडौं र त्रिभुवन आर्मी एफसी भिड्दैछन् । भरतपुर ७ कृष्णपुरको मैदानमा खेल दिउँसो ३:३० बजे सुरु हुनेछ। प्रि म्याच कन्फ्रेन्समा दुवै टोलीले उपाधि जित्ने लक्ष्य रहेको बताएका छन् । एपिएफका प्रशिक्षक जनक सिंहले आफ्नो […]
March 21, 2025
सुमन अधिकारी, बुटवल रुपन्देहीको पुरानो तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिता शनिवार हुँदैछ । देविनगरस्थित एन्फा टेक्निकल खेलमैदान प्रतियोगिता आयोजना हुने प्रतियोगिताको तयारी पूरा भएको शुक्रवार पत्रकार सम्मेलन गरि रुपन्देही जिल्ला फुटबल संघका अध्यक्ष लोक पुनले बताए । उद्घाटन खेल आयोजक करेन्ट रुपन्देही ११ र एपिएफ फुटबल क्लबबीच हुनेछ । प्रतियोगितामा संकटा एफसी, मच्छिन्द्र एफसी, चर्च ब्याइज […]
March 21, 2025
काठमाडौं (हाम्रो खेलकुद)- फरवार्ड जिलेस्पी जंग कार्कीको गोलमा नेपालले सिंगापुरलाई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पराजित गरेको छ । सिंगापुरको राष्ट्रिय रंगशालामा भएको खेलमा नेपाल १-० ले विजयी भएको हो । सिंगापुरको सिनियर पुरुष राष्ट्रिय टोलीमाथि नेपालको यो पहिलो जित हो । नेपालका लागि जिलेस्पीले खेलको १२ औं मिनेटमा गोल गरेका थिए । मनिष डाँगीले दाया विंगबाट दिएको […]