default_image

8 years ago

December 27, 2016

सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपमा पदक जित्ने नेपाललाई अर्को मौका

142 views

0 Bookmark

प्रकाश तिमल्सिना
काठमाडौं – बंगलादेशमा जारी एभिसी सेन्ट्रल जोनबाट भलिबल च्याम्पियनसिपबाट कम्तिमा रजत पदक जितेर फर्कने मौका नेपाली टोलीले गुमाइसकेको छ । चार दशक लामो अन्तर्राष्ट्रिय सहभागितामा नेपाललाई त्यस्तो अवसर विरलै मात्र पाइन्छ । लिगको अन्तिम खेलमा सोमबार किर्गिस्तानसँग ३–१ सेटमा पराजित भएपछि नेपाल फाइनल पुग्न असफल भयो । फाइनल पुगेको भए कम्तीमा रजत पदकसहित नेपाली टोली स्वदेश फर्कन्थ्यो । यद्दपी, नेपाली टोली सामू अर्को पदक जित्ने एउटा मौका अझै बाँकी छ ।

vb

बंगालदेशको ढाकामा जारी एभिसी सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपमा माल्दिभ्सविरुद्ध हुने तेस्रो स्थानको प्रतिस्पर्धाका लागि होटलबाट आयोजनास्थल तर्फ जाने क्रममा नेपाली टोली । तस्बिर सौजन्य – नेपाल भलिबल संघ ।

किर्गिस्तान र आयोजक बंगलादेशबीच फाइनल हुनुअघि नेपालले तेस्रो स्थानका लागि माल्दिभ्सको सामना गर्दैछ । माल्दिभ्सलाई हराउन सके नेपाली टोली कांस्य पदक लिएर फर्कनेछ । माल्दिभ्स त्यहि टोली हो जसलाई हराउँदै नेपालले सेन्ट्रल जोनको यात्रा सुरु गरेको थियो । माल्दिभ्सलाई नेपालले १७ बर्षपछि पहिलो पटक यहि च्याम्पियनसिपमा हराएको थियो । गत बर्ष सेन्ट्रल जोनको पहिलो सहभागितामा नेपाल चौथो भएर फर्केको थियो । त्यति बेला तेस्रो स्थानका लागि भएको खेलमा टोली अफगानिस्तानसँग पराजित भएको थियो, यसपटक नेपालले अफगानिस्तानको चुनौतिलाई पनि ३–२ सेटले पार लगाउँदै पदक जितेर फर्कने संकेत गरेको थियो ।

यसपटक अहिले सम्मको प्रदर्शन हेर्दा नेपाल कांस्यको हकदार छ । कांस्य जित्न सके त्यो नेपालको पहिलो अन्तर्राष्ट्रिय पदक हुनेछ । ४० बर्ष लामो अन्तर्राष्ट्रिय सहभागितामा नेपाल पदक विहिन रहँदै आएको छ । त्यसको दाजोमा नेपालको महिला टोलीले भने दक्षिण एसियाली खेलकुद (साग) मा तीन पदक कास्य पदक जितिसकेको छ ।

vb3

खेलाडीका साथ मुख्य प्रशिक्षक जगदिश भट्ट ।

टोलीका मुख्य प्रशिक्षक जगदिश भट्टलाई किर्गिस्तानसँग भन्दा पनि बंगलादेशसँगको हारमा बढी चित्त दुःखाई छ । ‘किर्गिस्तानबाहेक सहभागी अन्य टोलीको स्तर लगभग समान छ । किर्गिस्तानका खेलाडी अनुभव र उचाईका कारण केही माथि छन्’ उनले भने, ‘तर बंगलादेशलाई हराउन सकेको भए हामीले इतिहास रच्थ्यौं, त्यो हार हाम्रो लागि अलिक महंगो भयो ।’ भट्ट र उनको टोली पदक जित्नेमा आशावादी छ । माल्दिभ्सलाई पहिलो खेलमा हराएका कारण पनि टोली बढी उत्साहि छ । तर, सँगै सचेत पनि । भट्ट भन्छन्,‘माल्दिभ्स पनि राम्रो टोली हो, हिजो पनि बंगलादेशलाई कडा टक्कर थियो । हामीसँग पनि निकै प्रतिस्पर्धा भएको थियो । खेलमा भाग्यको पनि त्यत्तिकै साथ चाहिन्छ । आजको दिन कसका लागि राम्रो छ त्यसमा सफलता निर्भर गर्छ ।’

दुई जना महत्वपूर्ण खेलाडी चोटग्रस्त हुनु नेपाली टोलीका लागि चिन्ताको विषय बनेको छ । टोलीका अलराउन्डर नरेन्द्र गिरी अफगानिस्तानसँगको खेलमा चोटग्रस्त बनेपछि खेल्नै नसक्ने अवस्थामा पुगेका छन् । धनबहादुर भट्टको बायाँ खुट्टामा फोका उठेर खेल्न कठिन भइरहेको छ । त्यसका बाबजुद आजको खेलमा उनलाई खेलाउने प्रशिक्षक भट्टले योजना बनाएका छन् । ‘नेपाल भबिलका लागि यो पदक कति महत्वपूर्ण छ भन्ने हामीले बुझेका छौं’ भट्टले भने,‘यसलाई हामीले दबाब होइन, हौसलाका रुपमा लिनुपर्छ । आज पदक जित्न सके नेपाली भलिबलमा पनि भविष्य देख्ने युवा जमात बढ्ने सम्भावना रहन्छ ।’

तीन बर्षअघि काठमाडौंमा प्रथम दक्षिण एसियाली आमन्त्रण भलिबल च्याम्पियनसिपमा कांस्य पदक जित्नु नेपालको अहिलेसम्मको एकमात्र सफलता हो । एसियाली भलिबल च्याम्पियनसिपको आधिकारिक प्रतियोगितामा आज पदक जित्न सके नेपाली भलिबल एतिहासकै सबै भन्दा ठूलो सफलता बन्नेछ ।

vb1

बंगालदेशको ढाकामा जारी एभिसी सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपमा माल्दिभ्सविरुद्ध हुने तेस्रो स्थानको प्रतिस्पर्धाका लागि होटलबाट आयोजनास्थल तर्फ जाने क्रममा नेपाली टोली । तस्बिर सौजन्य – नेपाल भलिबल संघ ।

March 21, 2025

चितवन महिला फुटबल फाइनल – उपाधि जित्नेमा दुवै टोलीको दाबी

सुशील पन्त क्षेत्री, चितवन चितवनमा जारी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधिका शनिवार प्रतिस्पर्धा हुँदैछ। उपाधिका लागि दुई विभागीय टोली एपिएफ एफसी काठमाडौं र त्रिभुवन आर्मी एफसी भिड्दैछन् । भरतपुर ७ कृष्णपुरको मैदानमा खेल दिउँसो ३:३० बजे सुरु हुनेछ। प्रि म्याच कन्फ्रेन्समा दुवै टोलीले उपाधि जित्ने लक्ष्य रहेको बताएका छन् । एपिएफका प्रशिक्षक जनक सिंहले आफ्नो […]

March 21, 2025

तिलोत्तमा गोल्डकप -रुपन्देहीले ११ र एपिएफबीच उद्घाटन खेल

सुमन अधिकारी, बुटवल रुपन्देहीको पुरानो तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिता शनिवार हुँदैछ । देविनगरस्थित एन्फा टेक्निकल खेलमैदान प्रतियोगिता आयोजना हुने प्रतियोगिताको तयारी पूरा भएको शुक्रवार पत्रकार सम्मेलन गरि रुपन्देही जिल्ला फुटबल संघका अध्यक्ष लोक पुनले बताए । उद्घाटन खेल आयोजक करेन्ट रुपन्देही ११ र एपिएफ फुटबल क्लबबीच हुनेछ । प्रतियोगितामा संकटा एफसी, मच्छिन्द्र एफसी, चर्च ब्याइज […]

March 21, 2025

जिलेस्पीको गोलमा सिंगापुरमाथि नेपालको पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद)- फरवार्ड जिलेस्पी जंग कार्कीको गोलमा नेपालले सिंगापुरलाई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पराजित गरेको छ । सिंगापुरको राष्ट्रिय रंगशालामा भएको खेलमा नेपाल १-० ले विजयी भएको हो । सिंगापुरको सिनियर पुरुष राष्ट्रिय टोलीमाथि नेपालको यो पहिलो जित हो । नेपालका लागि जिलेस्पीले खेलको १२ औं मिनेटमा गोल गरेका थिए । मनिष डाँगीले दाया विंगबाट दिएको […]

Success

Thank you for your time.