default_image

2 years ago

December 4, 2022

डीआरएस पनि पब्जी विश्वकपको अन्तिम चरणमा छनोट

887 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालको पब्जी टोली द रिअल सोल्जर्स (डीआरएस) पब्जी मोबाइल ग्लोबल च्याम्पियनसिपको अन्तिम चरणमा छनोट भएको छ । यसअघि नेपालकै ट्रेन्ड टु किल (टि२के) छनोट भएको प्रतियोगितामा डीआरएस तेस्रो चरण पार गर्दै छनोट भएको हो । यससँगै दुवै टोलीले कम्तिमा १ करोड नेपाली रुपैयाँ पुरस्कार पाउने पक्का भएको छ ।

गत आइतबार सम्पन्न पहेंलो समूहको खेलमा समग्रमा तेस्रो स्थान हासिल गर्दै टि२केले अन्तिम चरणमा स्थान बनाएको थियो । यता नेपालबाट सहभागी द रियल सोल्जर्स (डिआरएस) र स्काइलाइट्ज गेमिङले आ-आफ्नो समूहमा शीर्ष ११ मा रहँदै सर्भाइभल चरणका लागि छनोट भएका थिए ।

डीआरएस दोस्रो चरण मानिएको सर्भाइभल स्टेजको शीर्ष १६ मा स्थान बनाउँदै छनोटको तेस्रो चरणमा अघि बढेको थियो । सर्भाइभल स्टेजमा डीआरएस १ सय १४ अंकसहित सातौं स्थानमा थियो । स्काइलाइट्ज भने ६० अंकसहित २१ औं स्थानमा रहेर छनोटबाट बाहिरियो ।

तेस्रो चरण अर्थात लास्ट स्टेजमा डीआरएस शीर्ष ५ मा पर्दै पब्जीको विश्वकप मानिने पिएमजिसीका लागि छनोट भएको हो । डीआरएसले १ सय ११ अंक जोड्दै चौथो स्थान हासिल गरेको थियो ।

यता टि२केले पहिलो चरणमै कुल २ सय १४ अंक जोड्दै शीर्ष ३ मा‌ पर्न सफल रहेर अन्तिम चरणमा स्थान बनाएको थियो । यस समूहमा जापानको रिजेक्ट टोली र टि२केको समान अंक भएपनि प्लेसमेन्ट अंकका आधारमा टि२के अघि बढ्न सफल भयो । रिजेक्टले तेस्रो चरणमा स्थान बनाएपनि ११ औं स्थान हासिल गरेपछि विश्वकपका लागि छनोट हुन सकेन ।

टि२के टिम

यसअघि पहिलो चरणमा डिआरएसले रातो समूहमा १ सय ८२ अंकसहित छैटौं स्थान हासिल गरेको थियो । स्काइलाइट्ज भने १ सय ७६ अंकसाथ नवौं भएको थियो ।

मलेसियाको कुआलालम्पुरमा सम्पन्न समूह चरणबाट शीर्ष तीन टोलीले सिधै अन्तिम चरणमा स्थान बनाएका थिए । अन्तिम चरण अर्को वर्ष जनवरीमा जकार्तामा हुनेछ । त्यस्तै हरेक समूहबाट चौथो देखि ११ औं स्थान हासिल गर्ने टोलीले सर्भाइभल स्टेज र लास्ट स्टेज हुँदै विश्वकप छनोट हुने प्रावधान थियो । सहभागी ४८ टोलीलाई रातो, हरियो र निलो समूहमा विभाजन गरिएको थियो ।

March 6, 2025

दिवानको कप्तानीमा कर्णालीको टोली घोषणा

काठमाडौं(हाम्रो खेलकुद) – प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि कर्णाली प्रदेशको टिम घोषणा भएको छ । बिहीवार कर्णाली प्रदेश क्रिकेट संघले दिवान पुनको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको छ । आगामी आइतवारबाट प्रतियोगिता सुरु हुनेछ । पहिलो पटक प्रतियोगिताका सबै खेल काठमाडौं बाहिर हुदैछ । यस संस्करणको प्रतियोगिता लुम्बिनी प्रदेशका ३ क्रिकेट […]

March 6, 2025

पुलिस विराट गोल्डकपको सेमिफाइनलमा

विराटनगर (हाम्रो खेलकुद)- विभागीय टोली नेपाल पुलिस क्लब विराटनगरमा जारी नवौं संस्करणको रमपम विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा बिहीवार भएको दोस्रो क्वाटरफाइनल खेलमा  साविक विजेता समेत रहेको अर्को विभागीय टोली एपीएफ एफसीलाई २-० गोलले पराजित गर्दै अन्तिम चारमा पुगेको हो । पुलिसका अरुण गाहा र मनिष सेढाईले गोल गरे । उज्वल […]

March 6, 2025

पृथुको कप्तानीमा बागमतीको टोली घोषणा

काठमाडौं(हाम्रो खेलकुद) – प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि बागमती प्रदेशको टिम घोषणा भएको छ । बिहीवार बागमती प्रदेश क्रिकेट संघले पृथु बासकोटाको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको छ । केही महिना अघि सम्पन्न एलिट कपमा बागमतीको कप्तानी गरेका सन्दीप लामिछाने बिना नै टोलीको घोषणा भएको हो । आजै सम्पन्न प्रदेश छनोट […]

Success

Thank you for your time.