8 years ago
December 26, 2016
झापा (हाम्रो खेलकुद) – नेपाली सेनाले सातौँ राष्ट्रिय खेलकुद अन्र्तगत आइटिएफ तेक्वान्दोमा पनि १४ स्वर्ण पदकसहित वर्चस्व जमाएको छ । प्रतियोगिताको दोस्रो दिन सोमबार सेनालले ६ वटा स्वर्ण पदक थपेको छ । आयोजक पूर्वाञ्चलले ३ र एपिएफले २ स्वर्ण पदक जितेको छ । मध्यमाञ्चल र पश्चिमाञ्चलले समान १ स्वर्ण पदक जिते ।
दमकस्थित रेडक्रम भवनमा भएको स्पाइरिङतर्फ महिलाको ४५–५० केजी तौलसमुहमा आर्मीकी रुविका खड्काले स्वर्णका लागि मध्यमाञ्चलकी पुजा खुलाललाई हराइन् । ५१–५५ केजी तौलमा आर्मीकी रिना धिमालले स्वर्ण,पश्चिमाञ्चलकी शर्मिला महतले रजत ,एपिएफकी सञ्चिता लामा र मध्यमाञ्चलकी स्वेता राईले कांस्य पदक जितिन् ।
५६–६० केजी तौलमा आर्मीकी तुलसा राजथलाले स्वर्ण,मध्यपश्चिमाञ्चलकी मेनुका बुढामगरले रजत,पश्चिमाञ्चलकी सिमा खासु र सुपकी सविता उराउले कांस्य प्राप्त गरे । ६१–६५ केजी तौलमा आर्मी सिर्जना राईले स्वर्ण,पश्चिमाञ्चलकी उमिसा घर्तिले रजत,मध्यमाञ्चलकी उमा घले र मध्यपश्चिमाञ्चलकी किरण यादवले कांस्य हात पारे । त्यस्तै ६५ केजीमाथीको तौलसमुहमा आर्मीकी वसन्ती बुढामगरले स्वर्ण,पुर्वाञ्चलकी अनामिका राई रजत ,पश्चिमाञ्चलकी कामना पुन र सुपकी सुजता सिजापतिले कांस्य पदक जितिन् ।
स्पाइरिङतर्फ पुरुषको ४५–५० केजी तौलसमुहमा आर्मीका पुर्ण बहादुर मगरले स्वर्ण जित्दा पश्चिमाञ्चलका दिपक गौतमले रजत तथा पूर्वाञ्चलका प्रभात कार्की र मध्यमाञ्चलका सुनिल महतोले कांस्य पदक प्राप्त गरे । ५१–५५ केजी तौलमा एपिएफका योगेन्द्र धिमालले स्वर्ण,पश्चिमाञ्चलका विकल पौडेलले रजत,मध्यमाञ्चलका तारा तामाङ र मध्यपश्चिमाञ्चलका हिमाल लामाले कांस्य जिते ।
५५–६० केजी तौलमा पश्चिमा दिनेश बुढा मगरले स्वर्ण,मध्यपश्चिमाञ्चलका शंकर यादवले रजत ,आर्मी सविन्द्र तामाङ र पूर्वाञ्चलका बसन्त बुढाथोकीले कांस्य पदक हात पारे । ६१–६५ केजी तौलमा पुर्वाञ्चलका दिलन राईले स्वर्ण ,आर्मीका गेद बहादुर बस्नेतले रजत ,मध्यमाञ्चलका निमेश थापा र पश्चिमाञ्चलका राजन रसाइलीले कांस्य पदक प्राप्त गरे ।
March 24, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) मा आज दिल्ली क्यापिटल्स र लखनउ सुपर जायन्ट्सले एकअर्काको सामना गर्दै प्रतियोगिता सुरुवात गर्दैछन् । विषाखापटनमा खेल नेपाली समय अनुसार बेलुका ७ः४५ बाट सुरु हुनेछ । हरेक आइपिएलमा खेलाडीले आफ्ना पूर्व टोलीहरूको सामना गर्दै आएका हुन्छन् । तर, यस सिजनमा दिल्ली र लखनउबीचको खेलमा पूर्व खेलाडीको भिडन्तलाई रोमाञ्चक रुपमा लिईएको […]
March 24, 2025
एजेन्सी – नेदरल्याण्ड्सलाई पेनाल्टी सुटआउटमा ५-४ ले हराउँदै साविकक विजेता स्पेनले लगातार तेस्रो पटक युइएफए नेसन्स लिगको सेमिफाइनलमा पुगेको छ । दोस्रो लेग आइतवार ३-३ को रोमाञ्चक बराबरीमा सकिएको थियो । पहिलो लेगमा पनि २-२ को बराबरी थियो। समग्रमा ५-५ को बराबरीपछिको पेनाल्टीमा स्पेन भाग्यमानी रह्यो । पाहुना टोली नेदरल्याण्ड्सका लागि मेम्फिस डेपे, इयान मास्टेन […]
March 24, 2025
एजेन्सी – युइएफए नेसन्स लिगमा इटलीलाई पराजित गर्दै जर्मनी पहिलो पटक सेमिफाइनलमा पुगेको छ । क्वाटरफाइनलको दोस्रो लेगमा आइतवार जर्मनी र इटलीले ३–३ को बराबरी खेले । पहिलो लेगमा २-१ को जितले जर्मनी समग्रमा ५-४ को अग्रतासहित अन्तिम चारमा पुगेको हो। चौथो संस्करणमा आइपुग्दा जर्मनी पहिलो पटक सेमिफाइनलमा पुगेको हो । पाहुना टोलीका लागि मोइसे […]