default_image

2 years ago

December 2, 2022

नेपालको सुस्त सुरुवात

210 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा घरेलु टोली नामिबियाविरुद्ध सुस्त सुरुवात गरेको छ । युनाइटेड क्रिकेट क्लब ग्राउन्ड विन्डकमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले १४ ओभरमा १ विकेट गुमाउँदै ३७ रन बनाएको छ ।

नेपालका आसिफ शेख ३२ बलमा २ चौकासहित १४ रनमा क्रिजमा छन् । ज्ञानेन्द्र मल्ल १० बलमा १ चौकासहित ५ रनमा क्रिजमा छन् ।

नेपाललाई ओपनर आसिफ शेख र अर्जुन साउदले पहिलो विकेटका लागि ९.५ ओभरमा ३१ रनको साझेदारी गर्दै मध्यम सुरुवात दिलाए । स्पिनर बेर्नार्ड शोल्ट्जको बलमा अर्जुन १८ रनमा बोल्ड भए । ४२ बल खेलेका अर्जुनले २ चौका प्रहार गरे ।

नेपालले आजको खेलमा तीव्र गतिका बलर करण केसीलाई बेन्चमा राखेको छ । करणलाई बेन्चमा राख्दा नेपालले मैदानमा दुई स्पिनर मैदान उतारेको छ । आजको खेलमा नेपालले करण केसी, नन्दन यादव र हरिशंकर शाहलाई बेन्चमा राखेको छ ।

नेपालको प्लेइङ ११ :

आसिफ शेख, अर्जुन साउद (विकेटकिपर), ज्ञानेन्द्र मल्ल, रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, कुशल भुर्तेल, गुलशन झा, सोमपाल कामी, ललित नारायण राजवंशी र सागर ढकाल ।

default_image

October 28, 2024

रोकिएको खेल पुनः सुरु गर्न कसरी सम्भव भयो ?

सुबास हुमागाईं /प्रकाश तिमल्सिना, काठमाडौं दशरथ रंगशालामा आइतबार साँझ दुई पटकमा गरेर झन्डै सबा घन्टा रोकिएको नेपाल र भारतबीच महिला साफ च्याम्पियनसिपको दोस्रो सेमिफाइनल पुनः सन्चालन हुन कसरी सम्भव भयो ? यो धेरैका लागि अहिले पनि अन्योलको विषय छ । दोस्रो हाफमा नेपाल १० खेलाडीमा सिमित भएपछि भारतले गोल गरेको थियो । सबै खेलाडी गोलको […]

October 28, 2024

इङ्ग्लिस अलराउन्डर ल्यूक चितवनबाट खेल्ने

काठमाडौं(हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग(एनपिएल) को टोली चितवन राइनोजले इङ्ग्लिस अलराउन्डर ल्यूक मार्टिन बेनकेन्स्टाइनलाई अनुबन्ध गरेको छ । टोलीका दोस्रो विदेशी खेलाडी रुपमा चितवनले ल्यूकलाई अनुबन्ध गरेको आइतवार विज्ञप्तीमार्फत जानकारी गराएको छ । चितवनले पहिलो विदेशी खेलाडीका रुपमा दक्षिण अफ्रिकाका अनुभवी तीव्र गतिका बलर मार्चन्ट डे लांगलाई अनुबन्ध गरेको थियो । ल्यूकले यसै वर्ष […]

October 28, 2024

बार्यनको सहज जित

एजेन्सी – बायर्न म्युनिखले जर्मन बुन्डेसलिगामा सहज जित हासिल गरेको छ । बायर्नले आइतबार भएको खेलमा बोचुमविरुद्ध ५-० को जित हात पार्यो । बोचुमको घरेलु मैदानमा बायर्नलाई जित दिलाउन माइकल ओलिसे, जमाल मुसियाल, ह्यारी केन, लिरोय साने र किंग्सले कोम्यानले समान एक गोल गरे । खेलको १६औं मिनेटमा ओलिसेको गोलमार्फत बायर्नले अग्रता बनाएको थियो । […]

Success

Thank you for your time.