2 years ago
December 2, 2022
एजेन्सी – कतारमा जारी फिफा विश्व कप २०२२ मा आज शुक्रबार समूह चरणका अन्तिम खेल हुँदैछन् । आज समूह ‘जी’ र ‘एच’ का अन्तिम चार खेलमा प्रतिस्पर्धा हुँदैछ ।
यि चार खेलकाे नतिजासँगै विश्वकपकाे प्रि–क्वाटर फाइनल समिकरण पूरा हुनेछ । हालसम्म १४ टाेलीले अन्तिम १६ मा स्थान बनाइसकेका छन् ।
समूह ‘एच’ अन्तर्गत आज दक्षिण कोरिया र पोर्चुगल तथा घाना र उरुग्वेबीच खेल हुनेछ । यी दुई खेल नेपाली समय अनुसार राति ८:४५ बजेपछि हुनेछ ।
यो समूहबाट पोर्चुगल अन्तिम १६ मा पुगिसकेको छ । अरु तीन टोली दक्षिण कोरिया, घाना र उरुग्वेको नकआउट चरणमा पुग्ने सम्भावना उत्तिकै छ । दक्षिण काेरियालाई अघिल्लाे चरण पुग्न पोर्चुगललाई हराउनु पर्ने हुन्छ । बराबरी या हारले दक्षिण काेरिया समूह चरणबाटै बाहिरिनेछ ।
यसअघि नै समूह चरण पार गरिसकेकाे पोर्चुगललाई दक्षिण काेरियाविरुद्व जुनसुकै नतिजा आएपनि केही फरक पर्ने छैन । तर टाेली अपराजित रहँदै समूह चरण पार गर्न चहान्छ ।
अर्काे खेलमा घाना र उरुग्वे दुवैकाे लागि निकै महत्वपूर्ण छ । दुवै टाेली जित निकाल्दै अन्तिम १६ मा पुग्न चहान्छ । पाेर्चुगलसँग दक्षिण काेरियाले हार या बराबरीकाे नतिजा निस्कदा घानालाई बराबरीकाे नतिजा नै अघिल्लाे चरण पुग्न पर्याप्त हुनेछ । उरुग्वेलाई भने जित बाहेककाे विकल्प छैन ।
याे समूहमा पाेर्चुगलकाे २ खेलबाट ६ अंक छ । घानाकाे ३ तथा दक्षिण काेरिया र उरुग्वकाे समान १ अंक छ ।
यस्तै समूह ‘जी’ मा सर्बिया र स्विट्जरल्यान्ड तथा क्यामरुन र ब्राजिलबीच खेल हुँदैछ । यो समूहको दुई खेल राति १२:४५ बजे सुरु हुनेछ । समूह ‘जी’ बाट ब्राजिल नकआउट चरणमा पुगिसक्दा स्विट्जरल्यान्ड, क्यामरुन र सर्बियाको नकआउट चरणमा पुग्ने सम्भावना छ ।
क्यामरुनलाई अघिल्लाे चरण पुग्न ब्राजिललाई हराउनु पर्ने हुन्छ । बराबरी या हारले क्यामरुन समूह चरणबाटै बाहिरिनेछ । यसअघि नै समूह चरण पार गरिसकेकाे ब्राजिललाई क्यामरुनविरुद्व जस्ताेसुकै नतिजा आएपनि केही फरक पर्ने छैन । तर ब्राजिल शतप्रतिशत जित निकाल्दै समूह विजेतार बनेर अघि बढ्न चहान्छ ।
अर्काे खेलमा स्विट्जरल्यान्ड र सर्विया दुवैकाे लागि निकै महत्वपूर्ण छ । दुवै टाेली जित निकाल्दै अन्तिम १६ मा पुग्न चहान्छ । ब्राजिलसँग क्यामरुनले हार या बराबरीकाे नतिजा निस्कदा स्विट्जरल्यान्डलाई बराबरीकाे नतिजा नै अघिल्लाे चरण पुग्न पर्याप्त हुनेछ । सर्वियालाई भने जित बाहेककाे विकल्प छैन ।
याे समूहमा ब्राजिलकाे ६ अंक छ । स्विट्जरल्यान्डकाे ३ तथा क्यामरुन र सर्वियाकाे समान १ अंक छ ।
March 7, 2025
हिमाल खरेल,बिर्तामोड विराटनगर सिटी एफसीलाई सडनडेथमा हराउँदै इलामको रेड हर्स एफसी झापाको तेस्रो बुट्टाबारी च्यालेन्ज कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । बिर्तामोड–६ स्थित हरियाली खेलमैदानमा बिहीवार भएको तेस्रो क्वार्टरफाइनलमा निर्धारित समय र टाइब्रेकरमा पनि बराबरी भएपछि सडन डेथमा रेड हर्सले बाजी मार्यो । टाइब्रेकरमा ३-३ को बराबरीपछि खेल सडनडेथमा पुगेको थियो। समग्रमा रेड […]
March 6, 2025
काठमाडौं(हाम्रो खेलकुद) – प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि कर्णाली प्रदेशको टिम घोषणा भएको छ । बिहीवार कर्णाली प्रदेश क्रिकेट संघले दिवान पुनको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको छ । आगामी आइतवारबाट प्रतियोगिता सुरु हुनेछ । पहिलो पटक प्रतियोगिताका सबै खेल काठमाडौं बाहिर हुदैछ । यस संस्करणको प्रतियोगिता लुम्बिनी प्रदेशका ३ क्रिकेट […]
March 6, 2025
विराटनगर (हाम्रो खेलकुद)- विभागीय टोली नेपाल पुलिस क्लब विराटनगरमा जारी नवौं संस्करणको रमपम विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा बिहीवार भएको दोस्रो क्वाटरफाइनल खेलमा साविक विजेता समेत रहेको अर्को विभागीय टोली एपीएफ एफसीलाई २-० गोलले पराजित गर्दै अन्तिम चारमा पुगेको हो । पुलिसका अरुण गाहा र मनिष सेढाईले गोल गरे । उज्वल […]