2 years ago
November 28, 2022
काठमाडौं (हाम्रो खेलकुद) – कप्तान अनुराग सिंह र मध्यक्रमका ब्याटर मिलन बोहराको उत्कृष्ट ब्याटिङमा सुदूरपश्चिम प्रदेशले वाई वाई यू१९ राष्ट्रिय प्रतियोगितामा प्रदेश एकलाई २ सय ६५ रनको बलियो लक्ष्य दिएको छ ।
टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको सुदूरले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ६४ रन बनायो । सुदूरको लागि कप्तान अनुराग सिंहले १ सय १२ बलमा ८ चौका र १ छक्कासहित सर्वाधिक ८३ रनको योगदान दिए । मिलन बोहराले ७६ बलमा ८ चौकार १ छक्कासहित ६४ रनमा आउट भए ।
तेस्रो विकेटका लागि मिलन र अनुरागसिंहले १ सय ३ रनको शतकीय साझेदारी गर्दै बलियो योगफलको आधार तय गरेका थिए । मिलन दीपेश कंडेलको बलमा बोल्ड भएपछि शतकीय साझेदारी तोडिएको थियो । अनुराग अभिनय राजवंशीको बलमा कट एण्ड बोल्ड आउट भएपछि शतक बनाउन चुकेका थिए ।
दीपक बोहरा ३५ बलमा ३ चौका र १ छक्कासहित ३२, विशाल ऐर १३, ओपनर दीपक बोहरा १, सुनिल चन्द ४ र हेमन्त धामी २ रनमा आउट भए । गजेन्द्र बोहरा १६ बलमा २ चौका र १ छक्कासहित २४ र आकाश चन्दले १४ बलमा २ छक्कासहित २० रनमा आउट भए ।
प्रदेश एकका अभिनय राजवंशीले १० ओभरमा १ मेडनसहित ४१ रन खर्चेर ४ विकेट लिए । आषिश मगरले ९ ओभरमा ६१ रन खर्चेर २ विकेट लिए । दीपेश कंडेलले १० ओभरमा १ मेडन राख्दा ३३ रन खर्चेर २ विकेट लिए ।
May 3, 2025
एजेन्सी – गुजरात टाइटन्सले इण्डियन प्रिमियर लिग (आइपिएल) मा आजको खेल जित्दै अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। गुजरातले सनराइजर्स हैदरबादलाई ३८ रनले हराएको छ। जितको लागि २ सय २५ रनको लक्ष्य पछ्याएको हैदरबादले २० ओभरमा ६ विकेट गुमाएर १ सय ८६ रन मात्र बनाएको छ। हैदराबादका लागि अभिषेक शर्माले अर्धशतक बनाए। अन्य ब्याटरले लामो इनिङ […]
May 2, 2025
काठमाडौं (हाम्रो खेलकुद)- गण्डकी प्रदेशले राष्ट्रिय पुरुष तथा महिला हक्की प्रतियोगिताको महिलातर्फ दोस्रो जित निकालेको छ । ललितपुरको च्यासल फुटबल मैदानमा शुक्रवार भएको महिलातर्फको खेलमा गण्डकीले मधेश प्रदेशलाई २-१ ले पराजित गर्यो । गण्डकीको जितमा मयुरी राईले २ गोल गरिन् । उनी प्लेअर अफ दी म्याच पनि भइन् । मधेशकी गीताकुमारी म्रिङचिङले १ गोल फर्काए […]
May 2, 2025
पोखरा (हाम्रो खेलकुद)- प्रथम लायन्स कप आमन्त्रित पुरुष भलिबल प्रतियोगितामा इरानको टोली सेमिफाइनलमा प्रवेश गर्न सफल भएको छ। पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा आज भएको खेलमा इरानको टोलीले गण्डकी प्रदेशलाई ३-१ ले हराउँदै सेमिफाइनलको यात्रा तय गरेको हो। इरानको टिमले सुरूवात राम्रो गर्यो। पहिलो सेट २५-१४ ले जित्यो। तर घरेलु टोली गण्डकीले खेलमा फर्कने संकेत […]