default_image

2 years ago

November 16, 2022

ललितलाई ओडिआईमा पहिलो विकेट

167 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालका स्पिनर ललितनारायण राजवंशीले युएईसँगको दोस्रो खेलमा आफ्नो ओडिआई करिअरको पहिलो विकेट लिएका छन् । टियु क्रिकेटमा मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको युएईले १७ ओभरमा २ विकेट गुमाउँदै ८७ रन बनाएको छ ।

युएईका ओपनर मोहम्मद वासिम ४६ बलमा ३ चौका र ४ छक्कासहित ५० रनमा आउट भएका छन् । ललितले १५ औं ओभरको अन्तिम बलमा वासिमलाई आउट गर्दै ओडिआई करिअरको पहिलो विकेट लिएका छन् । टियु एण्डबाट आएका ललितको बलमा वासिम फस्ट स्लिपमा आरिफ शेखबाट क्याच हुन पुगे ।

पहिलो विकेटका लागि ओपनर मोहम्मद वासिम र वृत्य अरविन्दले ११.५ ओभरमा ७२ रनको साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाए । आक्रामक सुरुवात गरेको युएईलाई चोभार एण्डबाट आएका दीपेन्द्रले आफ्नो पहिलो ओभरमै नेपाललाई सफलता दिलाएका थिए ।

वृत्य दीपेन्द्रको बलमा डीप मिडविकेटमा सोमपाल कामीबाट २५ रनमा क्याच आउट हुन पुगे । उनले ३९ बलमा ४ चौका प्रहार गरे । युएईले पहिलो पावर प्लेमा कुनै विकेट नगुमाई ७० रन बनाउँदै विष्फोटक सुरुवात गरेको थियो । युएईका ओपनर वासिम र वृत्यले पहिलो ओडिआई खेलमा १४.२ ओभरमा ७५ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए ।

नेपालले आजको खेलमा हरिशंकर शाहलाई बेन्चमा राख्दै आरिफ शेखलाई मौका दिएको छ । युएईले भने अहमद राजा र जुनैद्द सिद्दिकलाई बेन्चमा राखेको छ । सबीर अली र विष्णु सुकुमारनलाई मौका दिएको छ ।

October 18, 2024

अमेरिकाविरुद्ध नेपालको मध्यम योगफल

काठमाडौं (हाम्रो खेलकुद) – अमेरिकाविरुद्धको पहिलो टि ट्वान्टीमा नेपालले १ सय ६४ रनको मध्यम योगफल तयार गरेको छ । डालसस्थित ग्रान्ड प्रेरीमा जारी पहिलो टि ट्वान्टी आई खेलमा नेपालले १ सय ६४ रनको योगफल तयार गरेको हो । टस जितेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ६४ रनको मध्यम […]

October 18, 2024

नेपालले दुवै ओपनर गुमायो

काठमाडौं(हाम्रो खेलकुद) – अमेरिकाविरुद्धको पहिलो टि ट्वान्टी खेलमा नेपालले दुवै ओपनरलाई गुमाएको छ । डालसस्थित ग्रान्ड प्रेरीमा जारी पहिलो टि ट्वान्टी आई खेलमा नेपालले पहिलो विकेटका रुपमा अनिलकुमार शाह आउट भएका थिए । शाह तीव्र गतिका बलर अलि खानको शिकार बने । पहिलो विकेटका लागि अनिल र आसिफले ४८ रन जोडे । खानको बलमा शाह […]

October 17, 2024

भारतको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – साफ महिला च्याम्पियनसिप अन्तर्गत उद्घाटन खेलमा भारतले पाकिस्तानमाथि जित दर्ता गर्दै विजयी सुरुवात गरेको छ । दशरथ रंगशालामा भारतले ५-२ को जित दर्ता गर्दै महत्त्वपूर्ण ३ अंक जोडेको छ । भारतले सुरुवाती समयमै गोल गर्दै सानदार सुरुवात गरेको थियो । पहिलो हाफमै एक समय ४-० को अग्रतामा रहेको भारत दोस्रो हाफमा […]

Success

Thank you for your time.