2 years ago
November 13, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली टोली द रियल सोल्जर्स (डीआरएस) गेमिङले विश्व प्रसिद्ध मोबाइल खेल प्लेयर ब्याटल अन्डरग्राउन्ड्स (पब्जी) को ग्लोबल च्याम्पियनसिप (पिएमजिसी) मा प्रतिस्पर्ध गर्दैछ । आइतबार हुने समूह चरणको अन्तिम दिन डीआरएस शीर्ष ३ मा स्थान बनाउँदै अन्तिम चरणका लागि छनोट हुने लक्ष्यमा छ ।
समूह रातोमा परेको डीआरएस तेस्रो दिनको खेल सकिँदा १ सय ६३ अंक जोड्दै पाँचौ स्थानमा छ । पहिलो दिन ४८ अंक जोड्दै औसत सुरुवात गरेको डीआरएसले दोस्रो दिन १२ औं राउन्डमा चिकेन डिनरसहित ६७ अंकको सानदार प्रदर्शन गर्यो । तेस्रो दिन डीआरएसले औसत प्रदर्शनसाथ ४८ अंक नै जोड्यो ।
हाल समूह रातोको अंक तालिकामामा ब्राजिलको इन्फ्लुएन्स केमिन २ सय ३५ अंकसहित शीर्षस्थानमा छ । थाइल्याण्डको बुरिराम युनाइटेड २ सय ३३ अंक जोड्दै दोस्रो स्थानमा छ । यी दुईले शीर्ष २ स्थान हासिल गर्न लगभग पक्का देखिन्छ ।
तेस्रो स्थानका लागि चीनको एलजीडी गेमिङ्ग (१८१), टर्कीको एसटुजी ईस्पोर्ट्स (१७५) र डीआरएस (१६३) बीच प्रतिस्पर्धा हुने देखिन्छ । डीआरएस शीर्ष ११ मा ५३ अंकको अग्रतामा रहेकाले अर्को चरण पुग्ने लगभग पक्का भइसकेको छ । टोली शीर्ष ३ मा रहेर सिधै अन्तिम चरण पुग्न चाहन्छ ।
४ दिन संचालन हुने समूह चरणमा कुल २४ राउन्ड खेल हुनेछ । आइतबार अन्तिम दिन अन्तिम ६ राउन्डबाट समूहको अन्तिम स्थान टुंगो लाग्नेछ । मलेसियाको कुआलालम्पुरमा भइरहेको समूह चरणबाट शीर्ष तीन टोलीले सिधै अन्तिम चरणमा स्थान बनाउने छन् । अन्तिम चरण अर्को वर्ष जनवरीमा जकार्तामा हुनेछ ।
त्यस्तै हरेक समूहबाट चौथो देखि ११ औं स्थान हासिल गर्ने टोलीले सर्भाइभल स्टेज खेल्दै फाइनल पुग्ने अर्को अवसर पाउनेछन् । हरेक समूहका पुछारका ५ टोली भने बाहिरिनेछन् । सहभागी ४८ टोलीलाई रातो, हरियो र निलो समूहमा विभाजन गरिएको छ । नेपालबाट स्काइलाइट्ज गेमिङ हरियो समूह र ट्रेन्ड टु किल (टि२के) पहेंलो समूहमा रहेका छन् । स्काइलाइट्ज शनिबार मलेसिया प्रस्थान गरिसकेको छ ।
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रधानमन्त्री कप (पिएम) राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले विजयी सुरुवात गरेको छ। खराब ब्याटिङ प्रदर्शन गरेको बागमती प्रदेशलाई सोमवार आर्मीले १ सय ३४ रनको फराकिलो अन्तरमा हरायो। बागमतीको यो लगातार दोस्रो हार हो। भैरवहाको सिद्धार्थ क्रिकेट स्टेडियममा भएको खेलमा बागमतीले जितको लागि २ सय ६३ रनको लक्ष्य पछाएको थियो। जहाँ बागमती […]
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- श्रीलंकामा हुने एसियन जोनल ३.२ चेस च्याम्पियनसिप २०२५ नेपाली टोली त्यसतर्फ प्रस्थान गरेको छ । वोर्ल्ड चेस फेडेरेशन (फिडे) र एशियन चेस फेडेरेशन (एसिएफ) को तत्त्वावधान एवं श्रीलंका चेस फेडेरेशनको आयोजनामा फागुन २७ देखि चैत ५ गते (मार्च १@ देखि १८) सम्म हुनेछ । च्याम्पियन्सिपमाआयोजक श्रीलंका सहित नेपाल, बंगलादेश, पाकिस्तान, माल्दिभ्स र […]