default_image

2 years ago

November 11, 2022

पिएमजिसीमा डीआरएसको औसत सुरुवात

249 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – विश्व प्रसिद्ध मोबाइल खेल प्लेयर ब्याटल अन्डरग्राउन्ड्स (पब्जी) को ग्लोबल च्याम्पियनसिप (पिएमजिसी) को समूह चरणको पहिलो दिन नेपालको द रियल सोल्जर्स (डीआरएस) गेमिङले औसत सुरुवात गरेको छ ।

समूह रातोमा परेको डीआरएसले पहिलो दिन शुक्रबार सुरुवाती ६ राउण्डको अन्त्यमा ४८ अंक जोड्दै सातौं स्थानमा रहेको छ । डीआरएसले एलिमिनेसनबाट १६ तथा स्थानको आधारमा ३२ अंक प्राप्त गरेको हो ।

डीआरएसले पहिलो दिन रक्षात्मक खेल खेल्दै औसत प्रदर्शन गरेको हो । सुरुवात राम्रो हुन नसकेपनि त्यसपछि लगातार शीर्ष ६ भित्र रहन सफल भयो । पहिलो राउण्डमा एक किलसहित १४ औं स्थानमा रहेको टोलीले दोस्रो राउन्डमा ४ किलसहित सातौं स्थान पायो ।

तेस्रो राउन्डमा ३ किलसहित दोस्रो, चौथोमा २ किलसहित पाँचौ र पाँचौ राउन्डमा ४ किलसहित चौथो भयो । अन्तिम राउन्डमा २ किलसहित टोली छैटौं स्थानमा रहयो ।

४ दिन संचालन हुने समूह चरणमा कुल २४ राउन्ड खेल हुनेछ । मलेसियाको कुआलालम्पुरमा भइरहेको समूह चरणबाट शीर्ष तीन टोलीले सिधै अन्तिम चरणमा स्थान बनाउने छन् । अन्तिम चरण अर्को वर्ष जनवरीमा जकार्तामा हुनेछ ।

त्यस्तै हरेक समूहबाट चौथो देखि ११ औं स्थान हासिल गर्ने टोलीले सर्भाइभल स्टेज खेल्दै फाइनल पुग्ने अर्को अवसर पाउनेछन् । हरेक समूहका पुछारका ५ टोली भने बाहिरिनेछन् । सहभागी ४८ टोलीलाई रातो, हरियो र निलो समूहमा विभाजन गरिएको छ । नेपालबाट स्काइलाइट्ज गेमिङ हरियो समूह र ट्रेन्ड टु किल (टि२के) पहेंलो समूहमा रहेका छन् ।

हाल समूहमा ब्राजिलको इन्फ्लुएन्स केमिन ९७ अंकसहित शीर्षस्थानमा छ । इराकको निग्मा ग्यालेक्सी (८३) र कजाकस्तानको टाइटन गेमिङ (७६) क्रमश: दोस्रो र तेस्रो छन् ।

March 10, 2025

बिबिसीले श्री कुमारीलाई हरायो

काठमाडौं (हाम्रो खेलकुद)- सहिद स्मारक बी डिभिजन लिगमा ब्रिगेड ब्वाइज क्लब (बिबिसी) ले विजयी सुरुवात गरेको छ। आज भएको खेलमा बिबिसीले श्री कुमारी क्लबलाई २-१ गोल अन्तरले पराजित गर्यो। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा आशिष गुरुङले १५ औं मिनेटमा गोल गर्दै बिबिसीलाई अग्रता दिलाए। यही गोलमा बिबिसीले पहिलो हाफमा १-० को अग्रता बनायो। दोस्रो हाफ […]

March 10, 2025

पुलिसको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – प्रधानमन्त्री कप राष्टिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले जितबाट प्रतियोगिताको सुरूवात गरेको छ । पुलिसले लुम्बिनी प्रदेशलाई ८७ रनले हरायो । जितको लागि २ सय ५० रनको लक्ष्य पछाएको लुम्बिनी प्रदेश ५० ओभरमा ९ विकेट गुमाउँदै १ सय ६२ रनमा समेटियो। लुम्बिनीले खराब सुरूवात गर्यो। दुई विकेट गुमाउँदा १६ रन बनाएको […]

March 10, 2025

किरणको शतकमा सुदुरको पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद) – प्रधानमन्त्री कप राष्टिय क्रिकेट प्रतियोगितामा सुदुरपश्चिम प्रदेशले पहिलो जित हात पारेको छ । लमहीस्थित क्रिकेट मैदानमा सुदरले गण्डकी प्रदेशलाई ६ विकेटले हरायो । सुदरको जितमा किरण ठगुन्नाको अविजित सानदार शतक प्रमुख बन्यो । जितका लागि २ सय २१ रनको लक्ष्य पछाएको सुदरले ४३ ओभरमा ४ विकेट गुमाउँदै सहजै लक्ष्य पुरा गर्यो […]

Success

Thank you for your time.