8 years ago
December 25, 2016
विराटनगर (हाम्रो खेलकुद) – नेपाली सेनाका रविना महर्जन र स्वेच्छा नेम्वाङको जोडीले सातौं राष्ट्रिय खेलकुदमा टेबल टेनिस उमन्स डबल्समा स्वर्ण पदक जितेका छन् । मेन्स डबल्सको स्वर्ण पदक नेपाल पुलिसका प्रदीप रोक्का र विनेश खनियाँको जोडीले जितेको छ ।
पूर्वाञ्चलमा जारी राष्ट्रिय खेलकुदको दोस्रो दिन आइतबार रविना र स्वेच्छाको जोडीले फाइनलमा पुलिसका नविता श्रेष्ठ र एलिना महर्जनको जोडीलाई ७–११, ११–७, ११–६, ७–११ र ११–३ ले हराउँदै पहिलो स्थान प्राप्त गरेको हो । एपिएफका शेलिषा र सोनु तथा आर्मीका दिक्षा र सिक्काको जोडीले कांस्यमा पदक प्राप्त गर्यो ।
मेन्स डबल्सको फाइनलमा प्रदीप रोक्का र विनेशको जोडीले एपिएफका शिवसुन्दर गोथे र अमरलाल मल्लको जोडीलाई ११–९, ११–९, ३–११ र ११–९ ले हराएको थियो । पुलिसका दीप साउन र स्यान्टु श्रेष्ठ तथा पुरुषोत्तम र चन्दन शाहीले कास्य पदक जित्यो ।
शहिद रंगशालास्थित कभर्डहलमा भएको उमन्स र मेन्स दुवै टिम ईभेन्टस्मा पुलिसले स्वर्ण पदक जितेको छ । पुलिसले दुवै फाइनलमा अर्को विभागिय टोली एपिएफलाई ३–१ ले पराजित गरेको थियो । आर्मी र मध्यमाञ्चलले कास्य पदक जिते । मेन्समा मध्यमाञ्चल र पूर्वाञ्चलले कास्य पदक जित्यो ।
मिक्स डबल्समा पुलिसका स्यान्टु श्रेष्ठ र एलिना महर्जनको जोडी र दीप साउन र नविताको जोडी फाइनल प्रवेश गरेको छ । स्यान्टु र एलिनाको जोडीले सेमिफाइनलमा आर्मीका कृष्ण र रविना महर्जनको जोडीलाई ११–८, ११–७ र ११–७ ले हरायो । दीप र नविताको जोडीले एपिएफका पुरुषोत्तम र सोनुको जोडीलाई ६–११, ११–४, ११–४, ८–११ र ११–८ ले पराजित गर्दै फाइनलको यात्रा तय गरेको थियो ।
February 19, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको पहिलो खेलमा पाकिस्तानले टस जितेको छ। न्युजिल्यान्ड विरुद्धको खेलमा टस जितेको पाकिस्तानले पहिले बलिङ गर्ने भएको छ। आयोजक पाकिस्तान प्रतियोगिताको साविक विजेता पनि हो।
February 19, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ लाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार-२०८१ बाट पुरस्कृत गरिने भएको छ । सरकारले विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने प्रतिभाशाली नागरिकलाई प्रदान गर्ने पुरस्कार अन्तर्गत विभिन्न विधाका १० जना पुरस्कृत हुँदा खेलकुदबाट साम्बा पुरस्कृत हुने भएकी हुन् । राष्ट्रिय प्रजातन्त्र दिवस २०८१ का अवसरमा […]
February 19, 2025
काठमाडौं (हाम्रो खेलकुद)- पाकिस्तान र युएइमा संयुक्त रुपमा आयोजना हुने च्याम्पियन्स ट्रफी २०२५ का सबै खेलको नेपालमा प्रत्यक्ष प्रसारण हुने भएको छ । नेपाल क्रिकेट संघ(क्यान) ले सोमवार प्रतियोगिताका सबै खेल आइसिसी डट टिभिमा प्रत्यक्ष प्रशारण हुने जनाएको हो । प्रत्यक्ष प्रसारण हेर्न एप स्टोर तथा प्ले स्टोरबाट आइसिसी टिभी डाउनलोड गर्नु पर्नेछ । पाकिस्तान […]