8 years ago
December 25, 2016
सातौ राष्ट्रिय खेलकुद
विराटनगर – पूर्वाञ्चलमा जारी सातौ राष्ट्रिय खेलकुलको तेस्रो दिन आइतबार सेपाकताक्रोमा आर्मीले स्वर्ण पदक हात जितेको छ । धरान स्थित डिपो उच्च माविमा भएको सेपाकताक्रोको रेगो इभेन्टमा पश्चिमाञ्चललाई १६–२१ र २०–२२ को सोझो सेटमा हराउँदै आर्मीले पहिलो स्थान प्राप्त गरेको हो ।
सेमिफाइनलमा सुदुरपश्चिमाञ्चललाई २१–९ र २१–१७ ले हराउँदै आर्मीले अन्तिम दुईमा स्थान बनाएको थियो । आइतबार नै मध्यमाञ्चलले कास्य पदक जितेको छ । सुदुर पश्चिमाञ्चललाई २२–२४ र १८–२१ को सोझो सेटमा पराजित गर्दै मध्यमाञ्चलले तेस्रो स्थान प्राप्त गरेको थियो । सेपाकताक्रो अन्तर्गतकै पुरुष तर्फका डबल इभेन्ट र टिभ इभेन्ट, महिला तर्फको डबल ईभेन्ट डिपो उमाविको खेलमैदानमा संचालन भईरहेको छ ।
February 23, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफी २०२५ को दोस्रो राउण्डको पहिलो खेलमा भारत र पाकिस्तान भिड्दै छन् । समूह ए मा रहेका दुई देशबीचको खेल युएईको दुवई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा नेपाली समय अनुसार दिउँसो २ः४५ मा सुरु हुदैछ । भारतले पाकिस्तानमा खेल्न अस्विकार गरेपछि उसका सबै खेल युएईमा भइरहेको छ । डिफेन्डिङ च्याम्पियन पाकिस्तानले गत संस्करणको फाइनलमा […]
February 23, 2025
एजेन्सी – इङ्ग्लिस प्रिमियर लिग(इपिएल) मा एस्टन भिल्लाले चेल्सीलाई पराजित गरेको छ । शनिवार भएको खेलमा चेल्सी भिल्लासँग २-१ गोलले पराजित भएको हो । घरेलु मैदानमा भिल्लाको जितमा दुवै गोल मार्को असेन्सियोले गरे । पाहुना टोली चेल्सीका लागि भने एन्जो फर्नान्डेजले गोल गरे । खेलमासुरुवाती अग्रता भने चेल्सीले लिएको थियो । ९औं मिनेटमा नै फर्नान्डेजले […]
February 23, 2025
एजेन्सी – स्पेनिस ला लिगामा सहज जितका साथ बार्सिलोना पुनः शीर्ष स्थानमा उक्लिएको छ । आइतवार बिहान भएको खेलमा लस पाल्मसलाई २-० ले पराजित गर्दै बार्सिलोना शीर्ष स्थानमा उक्लिएको हो । पाल्मसको घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाको जितमा डानी ओल्मो र फेरान टोरेसले गोल गरे । खेलको ६२औं मिनेटमा ओल्मोले बार्सिलोनाका लागि पहिलो गोल गरे […]