8 years ago
December 24, 2016
सुनसरी (हाम्रो खेलकुद) – सातौ राष्ट्रिय खेलकुदको भलिबलमा महिला तर्फको दोस्रो खेलमा पश्चिमाञ्चले विभागिय टोलि नेपाल आर्मीलाई ३-१ को सेटमा पराजित गरेको छ ।
पश्चिमाञ्चलले नेपाल आर्मीलाई पहिलो दुइ सेटमा २५-२०,२५-१५ ले पछी पारे पनि आर्मिले तेस्रो सेट २१-२५ ले जित्दै खेलमा फर्किने प्रयास गरेको थियो । तर चौथो सेट २५-१४ ले कब्जा गर्दै पश्चिमाञ्चलले आफ्नो पहिलो खेलमा जित हात पारेको हो ।
यसघी पहिलो खेलमा एपिएफले मध्यपश्चिमाञ्चलमाथि ३-० को सोजो सेटले जित हात पारेको थियो ।
December 27, 2024
मेलम्ची (हाम्रो खेलकुद)– नेपाल गोजु–रियो कराते–दो सघं शाखा डोजो मेलम्चीको आयोजनामा अर्को महिना राष्ट्रिय खुला कराते प्रतियोगिता हुने भएको छ । प्रतियोगिता माघ ४ र ५ गते मेलम्चीमा हुनेछ । खेलकुद माध्यमबाट मेलम्ची नगरपालिकालाई र युवा पुस्तालाई खेल क्षेत्रमा आकर्षित गराउने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको प्रतियोगिता आयोजक समितिका संयोजक एवम् नेपाल गोजु–रियो कराँते–दो सघंका […]
December 27, 2024
फेयर प्ले प्रकाश तिमल्सिना, काठमाडौं आफूले जे बोल्यो त्यहि सहि र जहाँ उभियो त्यहि ठाँउ ठिक सोच्ने नेपाली खेलकुदको एउटा प्रवृत्ति नै छ । अनेक तानावाना बुनेर पदमा टिकी रहनेहरुको उदाहरण नेपाली खेलकुदमा पर्याप्त छ । उनीहरुलाई लाग्छ आफू विना खेल संघ र खेल अघि बढ्नै सक्दैन । त्यसको एउटा उदाहरण हुन् नेपाल ओलम्पिक कमिटी […]
December 27, 2024
काठमाडौं(हाम्रो खेलकुद) – तारकेश्वर युवा क्लबद्वारा आयोजित स्युचाटार क्रिकेट लिग इन्डोर टि-टेन प्रतियोगिता सुरु भएको छ । लिग अन्तर्गत पहिलो दिन ६ वटा खेलहरु सम्पन्न भएको छ । शुक्रवार भएका ६ खेलमा किंग्स क्रिकेट एकेडेमी, हसनटार युथ क्लब, स्टुडियो सेभेन, चक्रवर्ती ल कलेज र नवज्योति युवा परिवार विजयी भएका छन् । काठमाडौंको स्युचाटारस्थित तारकेश्वर युवा […]