2 years ago
October 18, 2022
सुबास हुमागाईं, पोखरा
नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष ब्याडमिन्टनमा राष्ट्रिय वरीयताका शीर्ष ४ खेलाडीविना नै प्रतियोगिता संचालन भएको छ । नेपाल नम्बर १ दीपेश धामीसहितका ४ खेलाडी विदेशमै रहँदा राष्ट्रिय प्रतियोगिता केही खल्लो बन्न पुगेको छ ।
नेपाल ब्याडमिन्टन संघले पछिल्लो पटक सार्वजनिक गरेको वरीयता अनुसार दीपेश धामी २६ हजार ५ सय ७० अंकसहित नेपालको शीर्ष वरीयतामा छन् । दोस्रोमा रत्नजित तामाङ २४ हजार २ सय ४५ अंक जोडेका छन् । तेस्रोमा साजन कृष्ण ताम्राकार र चौथोमा विकाश श्रेष्ठ छन् । तर चारै खेलाडी हाल विदेशमा रहेका छन् ।
एपिएफबाट राजीनामा दिएर दीपेश र साजन विदेश लागेका हुन् । दीपेश अमेरिकामा छन् भने साजन क्यानडामा छन् । दुवै खेलाडी एपिएफमा भर्ती भएकाले पद छोडेर नै विदेश गएका हुन् । उनीहरुले अब नेपाल फर्किएपनि एपिएफबाट खेल्ने छैनन् ।
रत्नजित र विकास पनि अमेरिकामै छन् । त्यहाँ नियमित ब्याडमिन्टन प्रशिक्षण गर्ने उनीहरु स्थानीय प्रतियोगिता पनि खेल्दै आएका छन् । तर राष्ट्रिय खेलकुद नै छोडेपछि अब नेपालबाट अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने सम्भावना भने कम देखिन्छ ।
नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजी बहादुर श्रेष्ठले विदेशमा रहेका खेलाडीले संघलाई जानकारी दिएको बताए । ‘वहाँहरुले हामीलाई जानकारी गराउनुभएको छ । यो प्रतियोगिता खेल्न नसक्ने जानकारी संघलाई आएको छ । त्यसै अनुसार हामीले खेल तालिका बनाएका हौं । अन्य प्रतियोगिता खेल्न आउनुहुन्छ होला,’ श्रेष्ठले भने ।
शीर्ष खेलाडी नहुँदा चर्चा कमी भएपनि प्रतिस्पर्धामा कुनै असर नपर्ने उनको बुझाइ छ । ‘शीर्ष खेलाडी नहुँदा चर्चा कम हुन्छ होला । तर नयाँ प्रतिभा पनि कम छैनन् । युवा खेलाडीमा पनि राम्रो प्रतिभा छ । अन्य खेलाडीले आफूलाई प्रमाणित गर्ने अवसर पाउँछन्,’ उनले थपे । राष्ट्रिय खेलकुद नखेलेपनि नेपालबाट अन्तर्राष्ट्रिय प्रतिनिधित्व गर्ने विषयमा अहिले केहि नसोचेको उनले बताए ।
चार खेलाडी अनुपस्थित रहेपछि वरीयता अनुसार नेपाल पुलिस क्लबका विष्णु कटुवाल राष्ट्रिय खेलकुदका लागि शीर्ष वरीयता प्राप्त गरेका छन् । दोस्रो वरीयतामा रहेका त्रिभुवन आर्मी क्लबका नवीन श्रेष्ठलाई डेंगी संक्रमण भएपछि प्रतियोगिता थप कमजोर बनेको छ ।
टिम इभेन्टमा आर्मीबाट स्वर्ण जितेका नवीन दोस्रो दिनबाट डेंगी संक्रमण भएपछि खेल्न सकेनन् । उनको अनुपस्थितिसँगै पुरुष डबल्समा सुरोज महर्जन र उनको जोडीले स्पर्धा छोडे । त्यस्तै मिक्स डबल्समा पनि अनु राई र उनको जोडी प्रतिस्पर्धामा उत्रन सकेन । पुरुष एकलतर्फ नवीनका प्रतिद्वन्द्वी कर्णालीका जनक भडेलले बाइ पाउँदै अन्तिम ३२ मा स्थान बनाए ।
आर्मीकी प्रशिक्षक सरादेवी तामाङले नवीनको अनुपस्थितिले टोलीलाई घाटा भएको बताइन् । ‘राम्रो खेलाडी हो । टिम इभेन्टमा स्वर्ण जितेका थियौं । त्यसपछि ज्वरो आएर परिक्षण गर्दा डेंगी देखियो । अब बिरामी नै भएपछि के लाग्छ र । ब्याड लक रहेछ डबल्स र सिंगल दुवैमा राम्रो अवसर थियो,’ उनले भनिन् ।
पुरुषतर्फ सोमबार बेलुकीसम्म अन्तिम ३२ चरण सकिएको छ । स्वर्ण दावेदार पुलिसका विष्णु कटुवाल र प्रिन्स दाहालले प्रि क्वाटरफाइनलमा स्थान पक्का गर्दा पुलिसकै दीपक बोहोरा भने एपिएफका सुमन लिम्बुसँग पराजित भए । मंगलबारबाट प्रि क्वाटरफाइनलका खेल संचालन हुनेछन् ।
February 23, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफी २०२५ को दोस्रो राउण्डको पहिलो खेलमा भारत र पाकिस्तान भिड्दै छन् । समूह ए मा रहेका दुई देशबीचको खेल युएईको दुवई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा नेपाली समय अनुसार दिउँसो २ः४५ मा सुरु हुदैछ । भारतले पाकिस्तानमा खेल्न अस्विकार गरेपछि उसका सबै खेल युएईमा भइरहेको छ । डिफेन्डिङ च्याम्पियन पाकिस्तानले गत संस्करणको फाइनलमा […]
February 23, 2025
एजेन्सी – इङ्ग्लिस प्रिमियर लिग(इपिएल) मा एस्टन भिल्लाले चेल्सीलाई पराजित गरेको छ । शनिवार भएको खेलमा चेल्सी भिल्लासँग २-१ गोलले पराजित भएको हो । घरेलु मैदानमा भिल्लाको जितमा दुवै गोल मार्को असेन्सियोले गरे । पाहुना टोली चेल्सीका लागि भने एन्जो फर्नान्डेजले गोल गरे । खेलमासुरुवाती अग्रता भने चेल्सीले लिएको थियो । ९औं मिनेटमा नै फर्नान्डेजले […]
February 23, 2025
एजेन्सी – स्पेनिस ला लिगामा सहज जितका साथ बार्सिलोना पुनः शीर्ष स्थानमा उक्लिएको छ । आइतवार बिहान भएको खेलमा लस पाल्मसलाई २-० ले पराजित गर्दै बार्सिलोना शीर्ष स्थानमा उक्लिएको हो । पाल्मसको घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाको जितमा डानी ओल्मो र फेरान टोरेसले गोल गरे । खेलको ६२औं मिनेटमा ओल्मोले बार्सिलोनाका लागि पहिलो गोल गरे […]