default_image

2 years ago

October 18, 2022

अभावै अभावमा आर्चरी : खेल सकिन लाग्दा पनि सामाग्री आएन

1075 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद) – बाहिर खुबै हर्ष छ, नवौं संस्करणमा आइपुग्दा आर्चरी खेलमा पहिलो पटक देशभरबाट यति धेरै खेलाडी र टोली सहभागी भएका छन् । भित्री मनमा भने असाध्यै पीडा छ, खेलको महाकुम्भ आयोजना गर्न खेलकुदको सर्वोच्च निकाय राखेपले आवश्यक खेल सामाग्री नै दिएन ।

आर्चरी खेलको विकास तथा विस्तारमा तन, मन, ध्यान लगाएका आर्चरी खेलकर्मी सबैको मनोभावना अहिले यस्तै छ । नवौं राष्ट्रिय खेलकुदमा समाविष्ट आर्चरी खेल खेलाउन उनीहरुलाई ठूलो सकस परिरहेको छ । राष्ट्रिय खेलकुद परिषद्लाई पटक पटक समयमै ध्यानाकर्षण गराउँदा पनि मागको कुनै सुनुवाई भएन । खेल सकिने बेला हुँदा पनि न्यूनतम आवश्यकीय खेल सामाग्री प्राप्त भएन । असोज २९ गतेदेखि सुरु खेल कार्तिक २ गते सकिँदैछ ।

आर्चरी संघको केन्द्रदेखि जिल्लासम्मका अधिकारीहरु आफ्नो खेललाई सफलतापूर्वक सम्पन्न गर्न व्यक्तिगत ढंगमै लागिरहेका छन् । अभावै अभावका बीच पनि पोखरा रंगशालाको आर्चरी मैदानमा उल्लासमय ढंगले खेल चलिरहेको छ । खेलहरु अन्नपूर्ण आर्चरी क्लबको पूरानो टार्गेट बोर्ड र टार्गेट फेस प्रयोग गरी भइरहेको छ । जुन खेलाउन योग्य छैनन् ।

एक सय बढी खेलाडी सहभागी प्रतियोगिता तीन ईभेन्टमा खेलाइएको छ । स्टान्डर्ड (३० मिटर), कम्पाउण्ड (५० मिटर) र रिकर्भ (७० मिटर) विधामा खेल भइरहेका छन् । यसका लागि आर्चरी खेल संघका अधिकारीहरुले राखेपसमक्ष ३० वटा टार्गेट बोर्ड, ५ सय टार्गेट फेसको माग गरेको बताउँछन् ।

राखेपले दिने भनिएको सामाग्री सूची ।

‘पहिलो पटक ९ टोलीको सहभागी रहँदा हामी असाध्यै उत्साहित थियौं, छौं । १ सय बढी खेलाडीहरु ३ विधामा स्पर्धा गर्ने हुँदा हामीलाई कम्तिमा ३० वटा टार्गेट बोर्ड आवश्यक हो । टार्गेट फेस पनि नबिग्रिएको स्पष्ट चित्र हुनुपर्छ । त्यसैले ५ सय जति मागेका पनि थियौं ।’ नेपाल आर्चरी संघका अध्यक्ष दीपकराज गुरुङले भने ।

राखेपको प्राविधिक उपसमितिले १० वटा मात्रै टार्गेट बोर्ड र २०० टार्गेट फेस भए पुग्ने भनेर निर्णय गरेपछि संघका अधिकारीहरुले कम्तिमा २० वटा बोर्ड हुनैपर्ने भनेर माग गरेको थियो । तर, २९ गते खेल सुरु हुने बिहान मात्र ७ वटा बोर्ड उनीहरुले फेला पारे । रंगशालामा आइसकेको छ भनेर थाहा भएपछि लिन जाँदा कामै नलाग्ने स्तरको बोर्ड देखिएको महासचिव रमेश प्रसाद शिवाकोटीले बताए ।

‘आर्चरीको टार्गेट बोर्ड भनेर ७ वटा आयो । त्यो काम लाग्ने बोर्ड नै होइन । त्यही बोर्ड पनि आएको थाहा दिएनन् । हेर्दा त सेतो फम् जस्तो, एरो नै वारपार हुने ।’ शिवाकाटीले भने– ‘राखेपले आर्चरी खेलका लागि आवश्यक सामाग्री नै दिएन । अनि कसरी खेलाउने ? तैपनि एकै पटक सकिने खेल २ पटक गरी खेलाएका छौँ । पछाडि पूरानो बोर्ड राखेर कामचलाउ तरिकाले खेलाइरहेका छौं ।’

गण्डकी प्रदेश आर्चरी संघका अध्यक्ष एवं केन्द्रीय वरिष्ठ उपाध्यक्ष बसन्त थकाली आर्चरी खेललाई सफलतापूर्वक सम्पन्न गर्न खटिइरहेका छन् । अहिले आर्चरी खेल यसरी चल्न सकेकै आर्चरी संघको सक्रियताले मात्रै हो । राखेपबाट केही नपाउँदा पनि उनीहरु भोक, थकान नभनी लागिरहेका छन् ।

रंगशालामै आइपुगेको सामान पनि उनीहरुले थाहा पाएका छैनन्, अनअफिसियलबाट थाहा भएपछि गाडीलाई ११ सय तिरेर ७ वटा बोर्डलाई खेलस्थलसम्म लगेको देखियो । कास्की जिल्ला आर्चरी संघका अध्यक्ष योगेन्द्र शेरचन राज्यले आर्चरी खेलमा लगानी गरे राम्राे पदक भित्राउन सकिने बताउँछन् ।

अभाव र भद्रगोलबीच अहिले गण्डकीमा राष्ट्रिय खेलकुद चलिरहेको छ । खेलाडीहरुले उस्तै सास्ती भोगेका छन् भने राखेपले आवश्यक सामाग्री नदिँदा सम्बन्धित खेल संघका अधिकारीहरु पीडामा छन् । आर्चरी संघका महासचिव रमेश प्रसाद शिवाकोटी थप्छन्– ‘एक घण्टासम्म लगातार आतशवाजी गर्न बजेट हुने, खेलका लागि सामान किन्न बजेट नहुने ? राखेप स्वयंले दिने भनेर निर्णय गरेको सामाग्री अझै किन आएन ?’

March 20, 2025

आर्मी राष्ट्रिय महिला फुटबलको फाइनलमा

सुशील पन्त क्षेत्री,चितवन त्रिभुवन आर्मी फुटबल क्लब चितवनमा जारी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । दोस्रो सेमिफाइनलमा आज रौतहट एफसीलाई हराउँदै आर्मी उपाधि नजिक पुगेको हो । रोमाञ्चक खेलमा आर्मी ६-३ ले विजयी भयो । खेलको ३० सेकेन्डमा आर्मीविरुद्ध रौतहटले अग्रता लिएको थियो । त्यसपछि आर्मी खेलमा फर्कियो । आर्मीको जितमा चन्द्रा […]

March 20, 2025

बुटवलमा राष्ट्रिय ब्याडमिन्टन सुरु

सुमन अधिकारी, बुटवल बुटवल ब्याडमिन्टन क्लबको आयोजनामा तेस्रो राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता बिहीवार सुरु भएको छ । ३ दिनसम्म चल्ने प्रतियोगितामा विभागीय टोलीसँगै एक सय टिमका करिब २ सय खेलाडीको सहभागिता रहेको क्लबका सचिव भानु केसीले जानकारी दिए । प्रतियोगिताको पहिलो दिन मेन्स डबल्स र भेट्रानका केहि खेल भएका छन् । शुक्रवार मेन्स तथा वुमन्स सिंगलका […]

March 20, 2025

सम्बाको नाममा ‘साम्बा चोक’ नामाकरण गरिने

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ को सम्मानमा साम्बा चोक नामाकरण गरिएको छ। मस्र्याङदी गाउँपालिका ९ खुदीपुल वारीको क्षेत्रलाई ‘साम्बा’ चोक नामाकरण गरिने भएको हो । साम्बा मस्र्याङ्दी गाउँपालिका ९ पामचोकमा जन्मिएकी हुन् । साम्बाको सम्मानमा चोकको नामाकरण गर्न लागिएको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले जानकारी दिए । गाउँपालिकाको चैत ३ गते […]

Success

Thank you for your time.