default_image

3 years ago

October 16, 2022

नवौंको स्वर्ण ११ महिने छोरीलाई समर्पण

1093 views

0 Bookmark

विजय नेपाली, पोखरा

हरेक खेलाडीको आफ्नै कथा हुन्छ । कीर्तिमान कायम गर्ने होस् या उपाधि चुमेका, सबै फरक अवस्थामा प्रतिस्पर्धा गरिरहेका हुन्छन् । पोखरामा जारी नवौं राष्ट्रिय खेलकुदको सेरोफेरोमा एक आमाले ११ महिने छोरीेलाई स्वर्ण पदक समर्पण गरिन् ।

शनिबार महिला ह्यान्डबलको फाइनल खेल भएको थियो । अत्यन्तै प्रतिस्पर्धात्मक फाइनल खेलमा त्रिभुवन आर्मी क्लबले एपिएफ क्लबलाई १७–१६ ले हरायो । एपिएफलाई हराउने टोलीमा थिइन् २८ वर्षिया मन्जु रावत । पदक वितरण सकिएपछि उनले जितेको स्वर्ण पदक आफ्नो छोरीलाई लगाइदिइन् ।

११ महिने छोरीलाई काखमा च्यापेर प्रतियोगितामा सहभागिता जनाएकी उनी आर्मीको महत्त्वपूर्ण खेलाडी समेत हुन् । आफ्नो दुध खाँदै गरेको शिशुलाई छाडेर खेल्न कठिन हुन्छ । उनले सहभागिता मात्रै जनाइनन्, टिमलाई स्वर्ण दिलाउन महत्त्वपूर्ण योगदान समेत दिइन् ।

२०७२ सालदेखि निरन्तर ह्यान्डबलमा लागेकी उनी सुरुमा नखेल्ने सोचमा थिइन् तर टिमलाई खेलाडीको खाँचो भएपछि नकार्न सकिनन् । सातौं राष्ट्रिय खेलकुद देखि नियमित खेल्दै आएकी उनले दुई दिन अघिसम्म आफैं छोरी हेर्ने गरेकी थिइन् । टिमले सेमिफाइनलको यात्रा तय गरेपछि भने उनका श्रीमान बिदा मिलाएर श्रीमतीलाई सहयोग गर्न आइपुगे ।

‘मेरा श्रीमान् पनि आर्मी हुनुहुन्छ । अस्तिसम्म म आफैंले नानीलाई हेरेको थिए । मेरो खेल चलिरहँदा दाईहरुले हेरिदिनुभयो । अस्तिबाट वहाँ आउनुभएपछि हल्का भयो,’ उनले भनिन् ।

‘मलाई खेलकुदमा निकै चाख लाग्छ । मेरो घरपरिवाले पनि मलाई हौसला दिनुभयो । जाउँ म हेरिदिन्छु भन्छन्,’ घर परिवारले छोरीको स्याहार सुसार गर्ने बताएपनि उनको मनले नमानेपछि छोरीलाई काखमा च्यापेर आइन् ।

मन्जुले आफ्नो जित नभई छोरीको जित भएको बनाइन् । ‘मलाई आशा थियो की हामीले एपिएफलाई जित्छौँ भन्ने । जे होस् हामीले जित्यौं । खुसी लागेको छ । आगामी वर्षपनि जित्छौं । यो मेरो छोरीको लागि हो ।’

उनले ११ महिने शिशुलाई हुर्किइसकेको र आफु निरन्तर खेलमै रहने बताइन् । नानी सानो भएपछि घरपरिवारले चिन्ता व्यक्त गरेको सुनाउँदै टिमका लागि आफू आवश्यक रहेकाले सुत्केरी भएको कुरा भुलेर नै प्रशिक्षणमा लागेको बताइन् ।

‘खेल खेल्नु अघि छोड्छस् की पनि भनेका थिए । तर, मैले खेल्छु नै भने । सामान्य तरिकाले नै बच्चा जन्मिएपछि पाँच महिनामा प्रशिक्षण गर्न सुरु गरेको हुँ’ ,उनले सुनाइन्, ‘मैले सक्छु भन्ने आँट आयो । आर्मीलाई यतिबेला खेलाडीको खाँचो छ । यतिबेला मिसन भएकाले खेलाडीको कमी महसुस भयो र खेल्छु भन्ने आँट आयो ।’

‘यसमा घरपरिवारले साथ दियो । छोरीले पनि साथ दियो । अरुका बच्चा रुने गर्छन मेरो छोरी सबैसँग मान्छ त्यसैले सहज भयो । खेल्दै आए आज जितें पनि ।’

May 3, 2025

गुजरातले हैदराबादलाई हरायो

एजेन्सी – गुजरात टाइटन्सले इण्डियन प्रिमियर लिग (आइपिएल) मा आजको खेल जित्दै अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। गुजरातले सनराइजर्स हैदरबादलाई ३८ रनले हराएको छ। जितको लागि २ सय २५ रनको लक्ष्य पछ्याएको हैदरबादले २० ओभरमा ६ विकेट गुमाएर १ सय ८६ रन मात्र बनाएको छ। हैदराबादका लागि अभिषेक शर्माले अर्धशतक बनाए। अन्य ब्याटरले लामो इनिङ […]

May 2, 2025

राष्ट्रिय महिला हक्की – गण्डकीको दोस्रो जित

काठमाडौं (हाम्रो खेलकुद)- गण्डकी प्रदेशले राष्ट्रिय पुरुष तथा महिला हक्की प्रतियोगिताको महिलातर्फ दोस्रो जित निकालेको छ । ललितपुरको च्यासल फुटबल मैदानमा शुक्रवार भएको महिलातर्फको खेलमा गण्डकीले मधेश प्रदेशलाई २-१ ले पराजित गर्यो । गण्डकीको जितमा मयुरी राईले २ गोल गरिन् । उनी प्लेअर अफ दी म्याच पनि भइन् । मधेशकी गीताकुमारी म्रिङचिङले १ गोल फर्काए […]

May 2, 2025

इरानी टोली सेमिफाइनलमा

पोखरा (हाम्रो खेलकुद)- प्रथम लायन्स कप आमन्त्रित पुरुष भलिबल प्रतियोगितामा इरानको‌ टोली सेमिफाइनलमा प्रवेश गर्न सफल भएको छ। पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा आज भएको खेलमा इरानको टोलीले गण्डकी प्रदेशलाई ३-१ ले हराउँदै सेमिफाइनलको यात्रा तय गरेको हो। इरानको टिमले सुरूवात राम्रो गर्यो। पहिलो सेट २५-१४ ले जित्यो। तर घरेलु टोली गण्डकीले खेलमा फर्कने संकेत […]

Success

Thank you for your time.