default_image

2 years ago

October 15, 2022

नवौं गल्फमा सुभाषलाई स्वर्ण, बागमतीको दुवै टिम च्याम्पियन

235 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबका सुभाष तामाङले नवौं राष्ट्रिय खेलकुद अन्तर्गत गल्फको एकलतर्फ स्वर्ण पदक जितेका छन् ।

पोखरा–१४ स्थित हिमालयन गल्फ कोर्षमा शनिबार भएको अन्तिम दिनको प्रतिस्पर्धामा सुभाषले बागमतीका सद्भाव आचार्यलाई एक स्ट्रोकले पछि पार्दै स्वर्ण जिते । प्रदेश नं १ का युवराज भुजेलले कास्य पदक जिते । सुभाषले समग्रमा १ अन्डर १ सय ३७ स्कोर जोड्दा सद्भाव १ इभन पार १ सय ३८ स्कोरमा रहे । युवराजले ३ ओभर १ सय ४१ स्कोर बनाए ।

अघिल्लो दिन २ स्ट्रोकको अग्रतामा रहेका सुभाष एक समय सद्भावभन्दा २ स्ट्रोकले पछि थिए । १६ औं होलसम्म अग्रतामा रहेका सद्भाव १७ औं होलमा १ स्ट्रोकले अघि थिए । तर अन्तिम होलमा सुभाषले बर्डी प्रहार गर्दा सद्भावले बोगी खेपे । अन्तिम पटका लागि ग्रीनमा तीन सट खर्च गरेपछि सद्भाव स्वर्णबाट बन्चित भए ।

महिलातर्फ बागमतीकी कश्मिरा शाहले उत्कृष्ट पुनरागमन गर्दै स्वर्ण पदक जितिन् । बागमतीकै तारा कार्की चित्रकारले रजत तथा प्रदेश १ की सुष्मा सिग्देलले कास्य जितिन् । अन्तिम दिन ८ ओभर ७७ स्कोर जोड्दै उनले समग्रमा २३ ओभर १ सय ६१ स्कोर जोडिन् । ताराले १४ ओभर ८३ स्कोरसहित समग्रमा २६ ओभर १ सय ६४ स्कोर बनाइन् । सुष्माले समग्रमा १ सय ६५ स्कोर जोडिन् ।

पुरुष टिममा बागमतीले स्वर्ण जित्यो । सद्भाव आचार्य, टासी छिरिङ, वाङचेन धोन्दुप र नोर्बु छिरिङ शेर्पाले कुल ४ सय ३२ स्कोर जोड्दै पहिलो स्थान हासिल गरे । युवराज भुजेल, राजेन राई, सुन्दर राई र सुमन परियार सम्मिलित प्रदेश १ ले ४ सय ४९ स्कोरसहित रजत प्राप्त गरे । सुभाष तामाङ, निश्चय रायमाझी, विष्णु बहादुर कार्की र झलेन्द्र भट्टराईले कास्य पदक जिते

महिलातर्फ पनि बागमतीले नै स्वर्ण जित्यो । कश्मिरा शाह, तारा चित्रकार र प्रतिभा राईले कुल ३ सय २५ स्कोर बनाए । दोस्रो भएको प्रदेश १ ले २ सय ५८ स्कोर जोड्यो । प्रदेश १ बाट सुष्मा सिग्देल, सुमित्रा लिम्बु र सम्झना दाहाल खत्रीले खेलेका थिए । जुनी गुरुङ, टिका गुरुङ र सुनिता राना सम्मिलित गण्डकीले कास्य जिते ।

गल्फ संघका कोषाध्यक्ष किशन अग्रवाल, गण्डकी प्रदेश गल्फ संघका अध्यक्ष लक्षिम प्रसाद गुरुङ र राखेप सदस्य राजेश गुरुङले विजयी खेलाडीलाई पदक वितरण गरे ।

April 1, 2025

पञ्जाबको लगातार दोस्रो जित

एजेन्सी – पञ्जाब किंग्सले इण्डियन प्रिमियर लिग (आइपिएल) २०२५ मा लगातार दोस्रो जित हासिल गरेको छ । मंगलवार भएको खेलमा लगातार दोस्रो जित हात पार्ने क्रममा पञ्जाबले लखनउ सुपर जायन्ट्सलाई ८ विकेटले पराजित गर्यो । लखनउले दिएको १ सय ७२ रनको लक्ष्य पञ्जाबले १६.२ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो । पञ्जाबको जितमा ओपनर ओपनर […]

April 1, 2025

जीतपुरसिमरा गोल्डकपमा यसै साता सुरु हुने

सुनिल गाउँले,सिमरा जीतपुरसिमरा गोल्डकप फुटबल प्रतियोगिताको १५ औं संस्करण‌बाराको सिमरा रंगशालामा यसै साता सुरु हुने भएको छ । आयोजक नव–जनजागृति युवा क्लबले मंगलबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको सबै तयारी पूरा भएको जानकारी गराएको छ । आयोजक क्लबका अध्यक्ष रामचन्द्र लामाका अनुसार फ्लड लाईटमा हुने प्रतियोगितामा ८ टोलीको सहभागिता रहनेछ । जीतपुरसिमरा उपमहानगरपालिकाको मुख्य सहयोगमा आयोजना […]

April 1, 2025

पञ्जाबविरुद्ध लखनउको मध्यम लक्ष्य

एजेन्सी – लखनउ सुपर जायन्ट्सले इण्डियन प्रिमियर लिग (आइपिएल) मा पञ्जाब किंग्सलाई मध्यम लक्ष्य दिएको छ । लखनउमा जारी खेलमा घरेलु टोलीले पञ्जाबविरुद्ध १ सय ७२ रनको लक्ष्य तयार गरेको हो । लखनउस्थित एकाना अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको लखनउले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ७१ रनको योगफल तयार […]

Success

Thank you for your time.