2 years ago
October 14, 2022
पोखरा (हाम्रो खेलकुद) – गण्डकी प्रदेशको पुरुष भलिबल टोेेलीका मिडल ब्लकर प्रेम कुमालले खुट्टा भाँचिएपछि नवौं राष्ट्रिय खेलकुद गुमाउने भएका छन् ।
शुक्रबार पोखरा रंगशालास्थित भलिबल कोर्टमा बागमती प्रदेशविरुद्ध भएको खेलमा प्रेमले चोट बोकेका थिए । खेलको तेस्रो सेटमा उनको देव्रे खुट्टामा चोट लागेको थियो । उनी कोर्टमा लड्दा आफ्नै टोलीका खेलाडी उनीमाथि लडेका थिए ।
गण्डकीका प्रशिक्षक रमेश केसीले उनको दुई वटा हड्डी भाँचिएको जानकारी दिए । ‘प्रेमको देव्रे खुट्टाको दुई वटा हड्डी भाँचिएको छ । चोट लागेपछि कोर्टबाट नै अन्नपूर्ण अस्पतालमा लगेका थियौं । परिक्षण गरेपछि चोट हेरेर प्लास्टर लगाएपछि होटेलमा नै ल्याएर राखिएको छ,’ केसीले भने ।
गण्डकीले खेल जित्दै समूह विजेता बनेपनि अब प्रेमले बाँकी खेल गुमाउने छन् । उनलाई ठिक हुन डेढ महिना लाग्ने बुझिएको छ ।
बागमती प्रदेशलाई ३–१ ले हराउँदै समूह डीको विजेता बनेको हो । समूह डीको खेल अघि नै दुवै टोली क्वार्टफाइनल पुगिसकेका थिए । गण्डकीले बागमतीलाई २५–२०,१५–२५,२५–१८ र २५–१३ ले पराजित गरेको थियो ।
समूह विजेता गण्डकीले सेमिफाइनल प्रवेशका लागि समूह बीको उपविजेताको सामना गर्नेछ । त्यस्तै बागमतीले समूह बीको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । समूह बीमा आर्मी, प्रदेश १, मधेश प्रदेश रहेका छन् ।
त्यसअघि पहिलो खेलमा विभागीय टोली नेपाल पुलिस क्लबले विजयी सुरुवात गरेको छ । पुलिसले कर्णाली प्रदेशलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो । पुलिसले कर्णालीमाथि २५–१६, २५–११ र २५–१२ को सोझो सेटमा जित निकालेको हो । यस जितसँगै पुलिसले समूह ‘ए’ बाट क्वाटरफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । कर्णाली अंकविहीन हुँदा लुम्बिनीले कुनै खेल खेलेको छैन ।
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद)- फोर नेसन्स उमन्स इन्टरनेसनल च्याम्पियनसिपमा आज नेपालले म्यानमारलाई २-२ गोलको बराबरीमा रोकेको छ। दुई पटक कमब्याक गर्दै नेपालले फिफा वरियताको ५५ औं स्थानमा रहेको म्यानमार विरूद्ध बराबरी नतिजा निकालेको हो। फाइनल पुगिसकेको म्यानमार लिग विजेता र नेपाल उप विजेता रह्यो। आजको खेलमा नेपालकी स्टार स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’को प्रदर्शन प्रभावशाली रह्यो। उनले […]
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदीलाई पितृशोक परेको छ। उनका बुवा ७३ बर्षे तारानाथ सुवेदीको उपचारका क्रममा काठमाडौं मोडल हस्पिटलमा आज दिउँसो २ बजे निधन भएको हो । पछिल्लो केही समययता मुटुको समस्याका कारण उनको उपचार भईरहेको थियो । उनको श्रीमती, एक छोरा र एक छोरी छन् । उनको आजै पशुपतिको […]
February 23, 2025
हिमाल खरेल,भद्रपुर काउर्न बाजार प्रगति संघ बंगलादेश भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । भद्रपुरस्थित मेची रंगशालामा आज भएको तेस्रो क्वार्टर फाइनल खेलमा काउर्नले न्यु रोड टिम (एनआरटी) लाई २–० गोल अन्तरले हराउँदै सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो । काउर्नले सेमिफाइनलमा आयोजकको टिम भद्रपुर ब्लेजर्ससँग फाइनल प्रवेशका खेल्नेछ । […]