default_image

2 years ago

October 13, 2022

नवौं राष्ट्रिय खेलकुद : भलिबलको खेल तालिका सार्वजनिक

915 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद) – नवौं राष्ट्रिय खेलकुद अन्तर्गत भलिबलतर्फ खेल तालिका सार्वजनिक भएको छ । महिलातर्फ ७ प्रदेश र ३ विभागीयसहित १० टोलीको सहभागिता रहनेछ भने पुरुष तर्फ गैर आवासीय नेपाली संघ (एनआरएनए) पनि थपिनेछ ।

महिलातर्फको खेल म्याग्दीस्थित बेनी बजारमा हुँदैछ । महिलाको समूह ए मा नेपाल एपिएफ क्लब, कर्णाली र त्रिभुवन आर्मी क्लब छन् । समूह बीमा बागमती, प्रदेश १ र मधेश रहेका छन् । बागमतीमा होंगांजी न्यु डायमन्डका अधिकांश खेलाडी खेल्नेछन् ।

समूह सीमा नेपाल पुलिस क्लब र लुम्बिनी छन् । समूह डी मा आयोजक गण्डकी र सुदूरपश्चिमले प्रतिस्पर्धा गर्नेछन् । हरेक समूहको शीर्ष दुई टोलीले क्वाटरफाइनलमा प्रतिस्पर्धा गर्नेछन् । फाइनल कार्तिक २ गते हुनेछ ।

यस्तै पुरुष भलिबल भने पोखरा रंगशालामा नै हुने तालिका रहेको छ । पुरुषतर्फ ११ टोलीलाई ४ समूहमा विभाजन गरिएको छ । हरेक समूहबाट शीर्ष दुई टोलीले क्वाटरफाइनलमा स्थान पक्का गर्नेछन् । फाइनल खेल कार्तिक ३ गते हुनेछ ।

समूह ए मा नेपाल पुलिस क्लब, कर्णाली र लुम्बिनी छन् । समूह बी मा त्रिभुवन आर्मी क्लब, प्रदेश १ र मधेश छन् । समूह सी मा नेपाल एपीएफ क्लब, एनआरएनए र सुदूरपश्चिमले प्रतिस्पर्धा गर्नेछन् । समूह डी मा गण्डकी प्रदेश र बागमती भिड्नेछन् ।

February 24, 2025

विराटले तोडे सचिनको कीर्तिमान

एजेन्सी – भारतीय क्रिकेट टोलीका पूर्व कप्तान विराट कोहलीले महान् क्रिकेटर सचिन तेन्दुल्करको कीर्तिमान तोडेका छन् । कोहलीले आइतवार पाकिस्तानविरुद्धको च्याम्पियन्स ट्रफी खेल दौरान सबैभन्दा कम इनिङमा १४ हजार ओडिआई रन बनाउने सचिनको कीर्तिमान तोडेका हुन् । कोहलीले २ सय ८७ इनिङमा १४ हजार रन पूरा गर्ने कीर्तिमान बनाएका हुन् । यसअघि सचिनले ३ सय […]

February 24, 2025

लिभरपुलसँग सिटी पराजित

एजेन्सी – इंग्लिस प्रिमियर लिगको शीर्ष टोली लिभरपुलले आइतवार म्यानचेस्टर सिटीलाई २-० ले हराएको छ । सिटीको घरेलु मैदानमा भएको खेलमा लिभरपुललाई दिलाउन मोहम्मद सलाह र डोमिनिक स्जोबोस्लाईले गोल गरे । १४औं मिनेटमा सलाहको गोलमा लिभरपुलले अग्रता लिएयो । ३७औं मिनेटमा स्जोबोस्लाईले लिभरपुलका लागि अर्को गोल गरे । जितसँगै लिभरपुल २७ खेलबाट ६४ अंकका साथ […]

February 24, 2025

रियल म्याड्रिडको जित

एजेन्सी – रियल म्याड्रिड आइतवारको खेल‌ जित्दै स्पेनिस ला लिग अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । रियलले जिरोनालाई २-० ले हराएको हो । घरेलु मैदानमा टोलीलाई जित दिलाउन लुका मोड्रिच र भेनिसियस जुनियरले गोल गरे । ४१औं मिनेटमा मोड्रिचले गोल गर्दै रियललाई अग्रता लियो । ८३औं मिनेटमा जुनियरले गोल गर्दै रियलको जितलाई सहज बनाए। […]

Success

Thank you for your time.