default_image

8 years ago

December 23, 2016

सातौं राष्ट्रिय खेलकुदको औपचारिक सुरुवात

122 views

0 Bookmark

बिराटनगर (हाम्रो खेलकुद) – पूर्वाञ्चलमा सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता आजबाट औपचारिक रुपमा सुरु भएको छ  । विराटनगरस्थित सहिद रंगशालामा राष्ट्रपति विद्या भण्डारीले औपचारिक सुरुवात गरे लगतै ‘पूर्वाञ्चलमा खेलकुद सातौं, विविधतामा रमाएर बाँचौ’ भन्ने नाराका साथ बिराटनगरमा प्रतियोगिताको औपचारिक सुरुवात भएको हो ।

opening

आगामी पुस १५ गतेसम्म चल्ने राष्ट्रिय खेलकुद पूर्वाञ्चलको विभिन्न शहरमा आयोजना हुनेछ । बिराटनगरमा राष्ट्रियपती विद्या भण्डारीले सुरुवात गरेको प्रतियोगिताको अन्त्य एन्फा टेक्निकल सेन्टर धरानमा पुस १५ गते प्रधानमन्त्री पुष्पकमल दाहालले गर्नेछन् । प्रतियोगितमा ८ टोलिबाट ३,९७२ खेलाडिहरुले ३० खेलमा  २९४ स्वर्ण, २९४ रजत र ४४७ कास्यकालागी प्रतिस्पर्धा गर्नेछ ।

February 22, 2025

आर्सनल वेस्ट ह्यामसँग पराजित

एजेन्सी – आर्सनलले प्रिमियर लिगको शीर्षस्थानको लिभरपुलसँगको अंक अन्तर घटाउने मौका गुमाएको छ । वेस्ट ह्यामसँग शनिवार १-० ले पराजित भएपछि आर्सनलले लिभरपुलसँगको अन्तर घटाउन सकेन। वेस्ट ह्याले एमेरेट्स स्टेडियममा जितका ४ खेलको पराजित यात्रालाई रोकेको छ। ४४ औं‌ मिनेटमा जारोड बोवेनले गरेको गोलमा वेस्ट ह्यामले जित निकाल्यो । बोवेनको प्रिमियर लिगमा त्यो ५० गोल […]

February 22, 2025

इंग्लिसको शतकमा अस्ट्रेलियासँग इङ्ग्ल्याण्डको हार

एजेन्सी – जोस इंग्लिसको शतकमा अस्ट्रेलियाले इङ्ग्ल्याण्डलाई हराउँदै च्याम्पियन्स ट्रफीमा विजयी सुरुवात गरेको छ । समूह ‘बी’ को शनिवार भएको खेलमा अस्ट्रेलिया ५ विकेटले विजयी भएको छ । च्याम्पियन्स ट्रफीमा सन् २००९ पछि अस्ट्रेलियाको यो पहिलो जित हो । छैठौं संस्करणको फाइनलमा न्युजिल्याण्डलाई पराजित गर्दै च्याम्पियन बनेयता अस्ट्रेलियाले कुनै खेल जितेको थिएन । च्याम्पियन्स ट्रफीको […]

February 22, 2025

एनएसएलको मिनी अक्सनमा एन्फा पदाधिकारी नै अनुपस्थित

काठमाडौं (हाम्रो खेलकुद)- झन्डै दुई‌ वर्षदेखि सहिद स्मारक ए डिभिजन लिग गर्न नसकेका कारण अखिल नेपाल फुटबल संघ (एन्फा) को नेतृत्वको आलोचना हुने गरेको छ। एन्फाले गरेको पछिल्लो ए डिभिजन लिग यता नेपाल सुपर लिग (एनएसएल) लगातार दोस्रो पटक आयोजना गर्ने तयारी जोडतोडले चलिरहेको छ। आंशिक रुपमा घरेलु फुटबलमा आशाको सन्चार गर्न सफल एनएसएलको तेस्रो […]

Success

Thank you for your time.