8 years ago
December 23, 2016
काठमाडौं (हाम्रो खेलकुद)– औपचारिक निमन्त्रणा प्राप्त नपाएपछि राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्व सदस्य सचिव युवराज लामा सातौं राष्ट्रिय खेलकुदको उद्घाटनमा नजाने भएका छन् । पूर्वाञ्चलको विराटनगरमामा सातौं राष्ट्रिय खेलकुदको आज दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने कार्यक्रम छ ।
सुदूरपञ्चिमाञ्चलमा २०६८ मा सम्पन्न छैटौंं राष्ट्रिय खेलकुदको समापनमा सातौं आयोजनाको झन्डा तत्कालिन प्रधानमन्त्री बाबुराम भट्टराईसँग ग्रहण गरेपछि पूर्व सदस्य सचिव युवराज लामासँग हात मिलाउँदै पूर्वाञ्चल क्षेत्रिय खेलकुद विकास समितिका तत्कालिन अध्यक्ष किरण राई ।
अघिल्लो राष्ट्रिय खेलकुद खेलकुदका हर्ताकर्ता रहेका लामाले वर्तमान सदस्य सचिव केशबकुमार विष्टबाट औपचारिक निमन्त्रणा प्राप्त नभएका कारण नजाने फेसबुक स्ट्याटसमार्फत उल्लेख गरेका छन् । ४ बर्षे लामाको कार्याकालका दौरान २०६८ सालमा सुदूरपश्चिमाञ्चलमा राष्ट्रिय खेलकुदको छैटौं संस्करण सम्पन्न भएको थियो ।
त्यहि संस्करणको समापनमा पूर्वाञ्चलले सातौं संस्करणको आयोजनाको जिम्मेवारी पाएको थियो । फेसबुक स्ट्याटसमा युवा तथा खेलकुद मन्त्री दलजित श्रीपालीबाट मौखिक निमन्त्रण प्राप्त भएकोमा धन्यवाद सहित राष्ट्रिय खेलकुदको सफलताको कामना पनि गरेका छन् । राखेपले पूर्व खेलकुद मन्त्रीहरु र सदस्य सचिवहरुलाई निमन्त्रणा गर्ने निर्णय भने गरेको बताइएको छ ।
गत बर्ष जेठमा लामाको कार्याकाल पुरा भएको थियो । कार्यकालको अन्तिम एक बर्ष उनी र तत्कालिन खेलकुद मन्त्री पुरुषोत्तम पौडेलबीच चर्को विवाद चलेको थियो । चलचित्रकर्मी समेत रहेका लामा अहिले बाराको निजगढमा तारा इन जंगल सफारी एन्ड एयरपोर्ट होटल सञ्चालन गर्दै आएका छन् ।
April 1, 2025
एजेन्सी – पञ्जाब किंग्सले इण्डियन प्रिमियर लिग (आइपिएल) २०२५ मा लगातार दोस्रो जित हासिल गरेको छ । मंगलवार भएको खेलमा लगातार दोस्रो जित हात पार्ने क्रममा पञ्जाबले लखनउ सुपर जायन्ट्सलाई ८ विकेटले पराजित गर्यो । लखनउले दिएको १ सय ७२ रनको लक्ष्य पञ्जाबले १६.२ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो । पञ्जाबको जितमा ओपनर ओपनर […]
April 1, 2025
सुनिल गाउँले,सिमरा जीतपुरसिमरा गोल्डकप फुटबल प्रतियोगिताको १५ औं संस्करणबाराको सिमरा रंगशालामा यसै साता सुरु हुने भएको छ । आयोजक नव–जनजागृति युवा क्लबले मंगलबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको सबै तयारी पूरा भएको जानकारी गराएको छ । आयोजक क्लबका अध्यक्ष रामचन्द्र लामाका अनुसार फ्लड लाईटमा हुने प्रतियोगितामा ८ टोलीको सहभागिता रहनेछ । जीतपुरसिमरा उपमहानगरपालिकाको मुख्य सहयोगमा आयोजना […]
April 1, 2025
एजेन्सी – लखनउ सुपर जायन्ट्सले इण्डियन प्रिमियर लिग (आइपिएल) मा पञ्जाब किंग्सलाई मध्यम लक्ष्य दिएको छ । लखनउमा जारी खेलमा घरेलु टोलीले पञ्जाबविरुद्ध १ सय ७२ रनको लक्ष्य तयार गरेको हो । लखनउस्थित एकाना अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको लखनउले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ७१ रनको योगफल तयार […]