default_image

2 years ago

September 16, 2022

भारतविरुद्ध नेपाललाई अग्रता

207 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – छैटौं महिला साफ च्याम्पियनसिप अन्तर्गत भारतविरुद्ध जारी पहिलो सेमिफाइनलमा नेपालले पहिलो हाफमा १-० को अग्रता लिएको छ ।

नेपालले पहिलो हाफको इन्ज्युरी समयमा अग्रता लिएको हो । रश्मीकुमारी घिसिङले गोल गर्दै नेपाललाई अघि बढाइन् । उनले प्रिती राईको क्रसलाई पेनाल्टी क्षेत्र भित्र नियन्त्रणमा लिँदै गोल गरिन् ।

त्यसअघि २३अ‍ौं मिनेटमा अन्जु तामाङको क्रसमा दाङमेइ ग्रेसको प्रहार सटिक हुन सकेन । लगत्तै अर्कोतर्फ गिता रानाको फ्रिकिक पोस्टबाट निकै टाढा गयो ।

३३ अ‍ौं मिनेटमा प्रिती राईले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहार पोस्टभन्दा माथिबाट बाहिरियो । लगत्तै भारतले डिफेन्समा गम्भीर गल्ती गरेपनि नेपालले फाइदा उठाउन सकेन । रन्जना चानुको ब्याकपास गोलरक्षक अदिति चौहानले मिस गरेपनि नेपाली फरवार्डले बल क्लियर हुनुअघि त्यहाँसम्म पुग्न सकेनन् ।

४२ अ‍ौं मिनेटमा सोम्या गुगुलोथको क्रसमा ग्रेस चिप्लिन पुग्दा उनको प्रहार पोस्टतर्फ जान सकेन ।

July 6, 2024

जर्मनीलाई हराउँदै स्पेन युरोको सेमिफाइनलमा

एजेन्सी – आयोजक जर्मनीलाई अतिरिक्त समयमा पराजित गर्दै स्पेन युरो कप २०२४ को सेमिफाइनलमा प्रवेश गरेको छ । दुई उपाधि दावेदार बीचको खेलमा स्पेनले अतिरिक्त समयमा जर्मनी माथि २-१ को जित हात पारेको हो । निर्धारित ९० मिनेट १-१ को बराबरीमा सकिएपछि खेल अतिरिक्त समयले निर्धारण भएको थियो । अतिरिक्त समयको पनि अन्तिम समयमा स्पेनले […]

July 5, 2024

हर्दीको पहिलो जित

सुशिल पन्त क्षेत्री,चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा आज हर्दी युवा समाजले जित हासिल गरेको छ । लिगमा पहिलो जित निकालेको हर्दीले शुक्रबार एभरेष्ट क्लबलाई ३-० ले हराएको हो । हर्दीको जितमा सन्तोष थिङले ह्याट्रिक गरे । सन्तोषले खेलको सातौं, ४५ औं र ४७ औं मिनेटमा गोल गरे । लिगमा ह्याट्रिक गर्ने […]

July 5, 2024

दुई उपाधि दावेदारको क्वाटरफाइनल भिडन्त

एजेन्सी – युरो २०२४ मा हालसम्म सबैभन्दा बलियो देखिएका दुई टोलीले क्वाटरफाइनलको सुरुवात गर्दैछन् । अलग जोश र घरेलु भूमिमा उपाधिका लागि तत्पर घरेलु टोली जर्मनी तथा युवा जोशले भरिपूर्ण स्पेन आज ९:४५ बजे सेमिफाइनलमा स्थान बनाउनका लागि भिड्दै छन् । जर्मनीले १९९६ यता युरो कपको उपाधि जित्न सकेको छैन । युरो जितेयता विश्वकप कै […]

Success

Thank you for your time.