8 years ago
December 22, 2016
काठमाडौं (हाम्रो खेलकुद)– सुदूरपश्चिमाञ्चलमा छटौं राष्ट्रिय खेलकुद सम्पन्न भएको झन्डै ६ बर्षपछि सातौं राष्ट्रिय खेलकुद पूर्वाञ्चलमा शुक्रबार औपचारिक रुपमा सुरु हुँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार दिउँसो राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन गर्ने कार्यक्रम रहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले जनाएको छ ।
प्रतियोगितामा भाग लिने खेलाडी, प्रशिक्षक, व्यवस्थापकलगायत सबै पूर्वाञ्चलमा पुगिसकेको छन् भने कतिपय पुग्ने क्रममा छन् । प्रतियोगितामो महिला फुटबल पुस २ र पुरुष फुटबल भने बिहीबार सुरु भइसकेको छ । उद्घाटनका लागि बिहीबार पनि अभ्यास चलेको थियो ।
अन्तिम तयारी यस्तो थियो (तस्बिर)मा
November 15, 2024
एजेन्सी – इङ्ग्ल्याण्डका तीव्र गतिका बलर जोफ्रा आर्चर इण्डियन प्रिमियर लिग(आइपिएल) को अन्तिम अक्सन सुचीमा अटाएका छैनन् । आइपिएलले शुक्रवार जारी गरेको ५ सय ७४ जना अन्तिम खेलाडीको सुचीमा आर्चरले स्थान नपाएका हुन् । अक्सनको अन्तिम सुचीमा ३ सय ६६ भारतीय र २ सय ८ जना विदेशी खेलाडी अटाउदा आर्चरले स्थान बनाउन नसकेका हुन् । […]
November 15, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला भलिबल टोली तथा नेपाल पुलिस क्लबकी स्पाइकर उषा भण्डारी भाटभटेनी सुपर मार्केटको स्पोर्ट्स ब्रान्ड एम्बासडर नियुक्त भएकी छन् । महाराजगन्जस्थित आफ्नै भवनमा शुक्रवार आयोजित पत्रकार सम्मेलनमा भाटभटेनीले उषालाई एक वर्षका लागि आफ्नो स्पोर्ट्स ब्रान्ड एम्बासडर घोषणा गरेको हो । सोही अवसरमा खेल पोशाक कम्पनी टि टेन स्पोर्ट्सले पनि उषालाई […]
November 15, 2024
काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी लायन्सले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) का लागि वेस्ट इण्डिजका तीव्र गतिका बलर रामोन सिम्नोड्सलाई अनुबन्ध गरेको छ । लुम्बिनीले चौथो विदेशी खेलाडीका रुपमा रामोनलाई अनुबन्ध गराएको शुक्रवार विज्ञप्ती मार्फत जनाएको छ । २० वर्षिया बायाँ हाते तीव्र गतिका बलर रामोनले आइसिसी यु १९ क्रिकेट विश्व कप २०२२ मा वेस्ट इन्डिजका […]