2 years ago
September 8, 2022
सुबास हुमागाईं, काठमाडौं
नेपाल भलिबल संघको निर्वाचनमा जितेन्द्रबहादुर चन्द नेतृत्वको समूह निर्वाचित भएको छ । बुधबार सुरु भएको संघको नवौं चुनावी साधारण सभाको विहीबार विहान सम्पन्न निर्वाचनमा चन्द ७६ मत ल्याउँदै अध्यक्ष पदमा विजयी भएका हुन् ।
पछिल्लो कार्यसमितिमा महासचिव रहेका चन्दले अध्यक्ष पदमा निवर्तमान उपाध्यक्ष निरोज मास्केलाई पराजित गरे । उनले कुल १ सय २८ मत खसेकोमा ५० मत प्राप्त गरेकी मास्केलाई पछि पारेका हुन् । अध्यक्ष चन्दसँगै महासचिव पदमा उनकै प्यानलका रोशन कुमार श्रेष्ठ निर्वाचित भए । श्रेष्ठले ८५ मत ल्याउँदै ३९ मत प्राप्त गरेका मनवीर छन्त्याललाई पछि पारे । कोषाध्यक्ष पदमा चन्दकै निकट मानिएका श्यामकृष्ण श्रेष्ठ विजयी भए । उनले ७८ मतका साथ ४६ मत प्राप्त गरेकी रिता कोइरालालाई पराजित गरे ।
उपाध्यक्ष पदमा याम बहादुर गुरुङ (गण्डकी), उपेन्द्र कुमार यादव (मधेश प्रदेश), हर्क सिंह धामी (सुदूरपश्चिम), मदन खड्का (प्रदेश १) र भिम ओली (लुम्बिनी) निर्विरोध निर्वाचित भए । बागमती प्रदेशबाट उपाध्यक्षमा गौतम प्रसाद लासिवा विजयी भए । उनले ६४ मत ल्याउँदै ५९ मत प्राप्त गरेकी ज्योति केसीलाई ५ मतले हराए ।
उपाध्यक्षमा निर्विरोध भएको भनिएका भरतबहादुर शाह कर्णालीको नभएका कारण उनको उम्मेदवारी अन्तिम समयमा बदर भएको थियो । उपाध्यक्ष (कर्णाली) पद हाललाई रिक्त रहने बताइएको छ ।
सचिवमा सोम बहादुर श्रेष्ठ (मंगल) (कर्णाली), महम्मद फिरोज (मधेश), श्रीधर शर्मा (गण्डकी), गणेश सिंह ठगुन्ना (सुदूर) र सुनकेशरी माली (बागमती) प्रदेशबाट निर्विरोध निर्वाचित भए । बागमतीका श्रीराम बोगटीले उम्मेदवारी फिर्ता लिएपछि माली निर्विरोध चुनिएकी थिइन् । सचिव पदमा लुम्बिनी प्रदेशतर्फ भएको निर्वाचनमा झक बहादुर मिदुनले ७३ मत ल्याउँदै ३७ मत प्राप्त गरेका दीपक जिएमलाई पछि पारे । प्रदेश १ सचिवतर्फ विनोद सुवेदीले ६५ मतका साथ ४४ मत ल्याएका विश्वराज धिमाललाई पराजित गरे ।
सदस्यमा अन्जु श्रेष्ठ ८५, चन्द्र वदना राई ७५, राज कुमार गुरुङ ७३, जुनु पुन मगर ७३, जितेन्द्र श्रेष्ठ ६९, गंगा थापा श्रेष्ठ ६८, कुमार राई ६७, राज बहादुर खड्का ५९, दीपक लामा ५८, प्रविण श्रेष्ठ ५६ र दिनेश श्रेष्ठ ५२ मतका साथ निर्वाचित भए । ११ सदस्यको लागि सदस्यमा २२ जनाको उम्मेदवारी परेको थियो । सदस्यमा रामा शंकर चौधरी ४९, जय कुमार श्रेष्ठ ३८, ईश्वर बहादुर शाही ३६, थर्क कुमार चोमवाङ ३५, अशोक काजी थापा ३४, योगेन्द्र सुवेदी ३१, सुदर्शन जमरकट्टेल ३०, राम बहादुर खड्का २८, बाँच बहादुर रावत २३, श्याम कुमार आचार्य २२ र छल कुमारी छन्त्याल १४ मत प्राप्त गरे । चुँडा कुमारी खड्का र राजेश कार्कीले सदस्य पदबाट उम्मेदवारी फिर्ता लिएका थिए ।
संघको निर्वाचनमा १ सय ३१ मतदातामा ३ जनाबाहेक सबैले मतदान गरेका थिए । १० पदाधिकारी मतदानअघि नै निर्विरोध निर्वाचित भएपछि सुरु भएको मतदानमा १ सय २८ जनाले मतदान गरेका थिए । संघका पूर्व अध्यक्ष दानबहादुर तामाङ, निर्वतमान उपाध्यक्षद्वय एनबहादुर शाही र कुमारराज सुवेदीले भने मतदानमा उपस्थित भएनन् । दक्षिण अफ्रिकाका राजदुत समेत रहेका तामाङ केहि दिन अघि त्यसतर्फ गएका थिए ।
४१ सदस्यीय कार्यसमितिमा १ अध्यक्ष, ७ उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष, ७ सचिव र ११ सदस्य गरी २८ जना निर्वाचित हुनेछन् । बाँकी १३ मध्ये १२ जनालाई निर्वाचित कार्यसमितिले मनोनित गर्नेछ । संघका निवर्तमान अध्यक्ष पदेन सदस्यका रुपमा रहनेछन् ।
अन्तिम मत परिणाम :
अध्यक्ष
निरोज मास्के ५०
जितेन्द्र बहादुर चन्द ७६
महासचिव
रोशन कुमार श्रेष्ठ ८५
मनवीर छन्त्याल ३९
उपाध्यक्ष
गौतम प्रसाद लासिवा ६४
ज्योति केसी ५९
सचिव
लुम्बिनी
झक बहादुर मिदुन ७३
दीपक जिएम ३७
प्रदेश १
विनोद सुवेदी ६५
विश्वराज धिमाल ४४
कोषाध्यक्ष
श्याम कृष्ण श्रेष्ठ ७८
रिता कोइराला ४६
सदस्य
राज बहादुर खड्का ५९
कुमार राई ६७
दीपक लामा ५८
राज कुमार गुरुङ ७३
अन्जु श्रेष्ठ ८५
ईश्वर बहादुर शाही ३६
बाँच बहादुर रावत २३
छल कुमारी छन्त्याल १४
जुनु पुन मगर ७३
दिनेश श्रेष्ठ ५२
गंगा थापा श्रेष्ठ ६८
जितेन्द्र श्रेष्ठ ६९
रामा शंकर चौधरी ४९
चन्द्र वदना राई ७५
अशोक काजी थापा ३४
सुदर्शन जमरकट्टेल ३०
राम बहादुर खड्का २८
जय कुमार श्रेष्ठ ३८
थर्क कुमार चोमवाङ ३५
योगेन्द्र सुवेदी ३१
श्याम कुमार आचार्य २२
प्रविण श्रेष्ठ ५६
March 1, 2025
हिमाल खरेल, बिर्तामोड पाँच वर्षपछि हुन लागेको पाँचौँ संस्करणको मेचीनगर गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । कोभिड १९ तथा अन्य प्राविधिक कारणले चौथो संस्करण भएपछि रोकिएको मेचीनगर गोल्डकपको पाँचौँ संस्करणको तयारी तीव्र गतिमा भइरहेको आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरका उपाध्यक्ष अशोक राईले बताए । काँकरभिट्टा माविको खेलमैदानमा हुने प्रतियोगिताका […]
March 1, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफी अन्तर्गत आज समूह ‘बी’ को अन्तिम खेलमा बाहिरिसकेको इङ्ल्यान्डले दक्षिण अफ्रिकाको सामना गर्दैछ। दक्षिण अफ्रिकालाई जितले सेमिफाइनलमा पुर्याउने छ।पाकिस्तानको कराँचीमा नेपाली समयअनुसार दिउँसो २ः४५ बजे खेल सुरु हुनेछ। दक्षिण अफ्रिका र इङ्ल्यान्ड भिड्दै गर्दा सेमिफाइनलमा पुग्ने झिनो आशामा अफगानिस्तान पनि रहेको छ। यदि इङ्ल्याण्डले दक्षिण अफ्रिकालाई हराएको खण्डमा भने अफगानिस्तानको संभावना […]
March 1, 2025
एजेन्सी – इङ्ग्ल्यान्ड च्याम्पियन्स ट्रफीको समूह चरणबाट बाहिरिएपछि कप्तान जोस बटलरले ह्वाइट बल कप्तानको पदबाट राजीनामा दिएका छन्। ३४ वर्षीय बटलरले अन्तिम पटक आज इङ्ग्ल्यान्डको कप्तानी गर्नेछन् । आज च्याम्पियन्स ट्रफीमा इङ्ग्ल्यान्डले दक्षिण अफ्रिकाको सामना गर्दैछ। पाकिस्तानको कराँचीमा नेपाली समयअनुसार दिउँसो २ः४५ बजे खेल सुरु हुनेछ। अफगानिस्तानसँग बुधवार हारेसँगै इङ्ग्ल्यान्ड च्याम्पियन्स ट्रफीबाट बाहिरिएको थियो। बटलरको […]