default_image

2 years ago

September 3, 2022

भलिबल संघको अध्यक्षमा मास्के र चन्दबीच प्रतिस्पर्धा हुने!

212 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल भलिबल संघको अध्यक्ष पदमा निर्वाचन हुने सम्भावना बढेको छ । जितेन्द्र बहादुर चन्दले उम्मेदवारी दिने भएपछि अध्यक्ष पदमा निर्वाचन हुने भएको हो ।

वर्तमान कार्यसमितिमा महासचिव रहेका चन्दले आइतबार पत्रकार सम्मेलनमार्फत औपचारिक रुपमा उम्मेदवारी घोषणा गर्ने तयारी गरेको बताए । संघको साधारण सभा भदौ २२ गते हुँदैछ । उपाध्यक्ष निरोज मास्केले यसअघि नै अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरिसकेकी छन् । पूर्व खेलाडी समेत रहेका चन्दले प्रतिवद्धता पत्रसहित उम्मेदवारी घोषणा गर्ने जानकारी दिए ।

महासचिवका रुपमा चन्दको यो दोस्रो कार्यकाल हो । मास्के सदस्य, कोषाध्यक्ष हुँदै उपाध्यक्ष निर्वाचित भएकी थिइन् । चन्द एभिसी सेन्ट्रल जोनका कोषाध्यक्ष हुन् । उनलाई वर्तमान अध्यक्ष मनोरञ्जनरमण शर्माको साथ रहेको विश्वास गरिएको छ ।
उता मास्केको उम्मेदवारी घोषणामा पूर्व अध्यक्षद्वय गंगाबहादुर थापा र दानबहादुर तामाङले साथ रहने बताएका थिए ।

औपचारिक रुपमा प्यानलको घोषणा नगरेपनि मास्के र चन्द दुवै प्यानलसहित निर्वाचनमा प्रतिस्पर्धा गर्ने तयारीमा रहेको भलिबल वृतमा चर्चा छ । महासचिव पदका लागि सचिव मनवीर छन्त्यालले पनि उम्मेदवारी घोषणा गरिसकेका छन् । अन्य पदमा भने अहिले सम्म उम्मेदवारी सर्वजनिक भएको छैन । उनी मास्के निकट मानिन्छन् ।

March 1, 2025

मेचीनगर गोल्डकपको तयारी अन्तिम चरणमा

हिमाल खरेल, बिर्तामोड पाँच वर्षपछि हुन लागेको पाँचौँ संस्करणको मेचीनगर गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । कोभिड १९ तथा अन्य प्राविधिक कारणले चौथो संस्करण भएपछि रोकिएको मेचीनगर गोल्डकपको पाँचौँ संस्करणको तयारी तीव्र गतिमा भइरहेको आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरका उपाध्यक्ष अशोक राईले बताए । काँकरभिट्टा माविको खेलमैदानमा हुने प्रतियोगिताका […]

March 1, 2025

च्याम्पियन्स ट्रफी – दक्षिण अफ्रिका र इङ्ल्यान्ड भिड्दै

एजेन्सी – च्याम्पियन्स ट्रफी अन्तर्गत आज समूह ‘बी’ को अन्तिम खेलमा बाहिरिसकेको इङ्ल्यान्डले दक्षिण अफ्रिकाको सामना गर्दैछ। दक्षिण अफ्रिकालाई जितले सेमिफाइनलमा पुर्याउने छ।पाकिस्तानको कराँचीमा नेपाली समयअनुसार दिउँसो २ः४५ बजे खेल सुरु हुनेछ। दक्षिण अफ्रिका र इङ्ल्यान्ड भिड्दै गर्दा सेमिफाइनलमा पुग्ने झिनो आशामा अफगानिस्तान पनि रहेको छ। यदि इङ्ल्याण्डले दक्षिण अफ्रिकालाई हराएको खण्डमा भने अफगानिस्तानको संभावना […]

March 1, 2025

इङ्ल्यान्डका कप्तान बटलरको राजीनामा

एजेन्सी – इङ्ग्ल्यान्ड च्याम्पियन्स ट्रफीको समूह चरणबाट बाहिरिएपछि कप्तान जोस बटलरले ह्वाइट बल कप्तानको पदबाट राजीनामा दिएका छन्। ३४ वर्षीय बटलरले अन्तिम पटक आज इङ्ग्ल्यान्डको कप्तानी गर्नेछन् । आज च्याम्पियन्स ट्रफीमा इङ्ग्ल्यान्डले दक्षिण अफ्रिकाको सामना गर्दैछ। पाकिस्तानको कराँचीमा नेपाली समयअनुसार दिउँसो २ः४५ बजे खेल सुरु हुनेछ। अफगानिस्तानसँग बुधवार हारेसँगै इङ्ग्ल्यान्ड च्याम्पियन्स ट्रफीबाट बाहिरिएको थियो। बटलरको […]

Success

Thank you for your time.