default_image

8 years ago

December 20, 2016

सूर्य नेपाल इस्टर्न ओपनको दोस्रो दिन शिवरामको एकल अग्रता

159 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालका नम्बर एक व्यवसायिक खेलाडी शिवराम श्रेष्ठले धरानमा जारी सूर्य नेपाल इस्टर्न ओपनमा दोस्रो दिन ४ स्ट्रोकको अग्रता लिएका छन् । दोस्रो दिन मंगलबार १ ओभर ७१ को प्रदर्शन गरेका शिवरामले समग्रमा २ अन्डर १ सय ३८ को स्कोर बनाएका छन् ।

unnamed-1

निर्भाना कन्ट्री क्लबमा जारी सूर्य नेपाल गल्फ टुर २०१६(१७ को पहिलो प्रतियोगितामा पहिलो दिन संयुक्त रुपमा शीर्षस्थानमा रहेका सञ्जय लामाले दास्रो दिन खराब प्रदर्शन गरे । उनले मंगलबार ५ ओभर ७५ को कार्ड बनाए । समग्रमा उनको प्रदर्शन २ ओभर १ सय ४२ स्कोर रह्यो ।

रवि खड्का, भुवन नगरकोटी र धनबहादुर थापा ३ ओभर १ सय ४३ स्कोरका साथ संयुक्त रुपमा तेस्रो स्थानमा रहे । दोस्रो दिन रविनले इभन पार ७०, भुवनले १ ओभर ७१ र धनले ३ ओभर ७३ को प्रदर्शन गरेका थिए । ४ ओभर १ सय ४४ को कार्ड बनाएका धरानका एमेच्योरद्धय शिवकुमार माझी र शुक्रबहादुर राई संयुक्त रुपमा छैटौं स्थानमा छन् । शुक्रले १ अन्डर ६९ र शिवकुमारले २ ओभर ७२ को कार्ड बनाएका थिए ।

सूर्य प्रसाद शर्मा र एमेच्योर टंकबहादुर कार्की ६ ओभर १ सय ४६ स्कोरका साथ संयुक्त रुपमा आठौं स्थानमा छन् । दोस्रो दिन सूर्यले १ ओभर ७१ र टंकले ३ अन्डर ६७ को कार्ड बनाए ।  धरानका व्यवसायिक गल्फर बलबहादुर राई र सविन सापकोटा शीर्ष १० मा पर्न सफल भए । उनीहरुले ७ ओभर १ सय ४७ को कार्ड बनाएका छन् । दोस्रो दिन बलबहादुरले ३ ओभर ७३ र सविनले ४ ओभर ७४ को कार्ड बनाए ।

६ एमेच्योरसहित २७ खेलाडी कट बनाउन सफल भए । मंगलबार १८ होलमा ती २७ जनाबीच अन्तिम चरणको प्रतिस्पर्धा हुनेछ । नेपाल प्रोफेसनल गल्फर्स एसोसिएसनको आयोजना र सूर्य नेपाल प्रालीको प्रायोजनमा जारी प्रतियोगितामा ३१ व्यवसायिक र २५ एमेच्योरसहित ५६ जनाको सहभागिता रहेको छ । ६ लाख रुपैयाँ पुरस्कार राशी रहेको प्रतियोगिताको विजेताले १ लाख १० हजार, दोस्राले ७० हजार र तेस्रोले ५० हजार रुपैयाँ पाउनेछन् ।

March 14, 2025

फुटबलर प्रीति सम्मानित

काठमाडौं (हाम्रो खेलकुद)- तेश्रो यलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिताको उदघाटनमा आज नेपाली राष्ट्रिय फुटबल टोलीकी चर्चित खेलाडी प्रीति राई सम्मानित भएकी छिन्। नखिपोट युथ क्लबको आयोजित प्रतियोगितामाप्रीतिलाई २५ हजार रुपैयाँ सहित सम्मान गरिएको हो । ललितपुर महानगरपालिका वडा १४ का अध्यक्ष अमृतजंग महत र आयोजक क्लबका कोषाध्यक्ष सुजन राईले प्रीतिलाई प्रशंसा पत्र र नगदसहित सम्मान […]

March 14, 2025

लुम्बिनी र मधेश आइजिपी कपको फाइनलमा‌

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी प्रदेश र मधेश प्रदेश प्रहरी कार्यालय प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को उपाधिका लागि भिड्ने भएका छन्। शुक्रवार भएको सेमिफाइनलमा लुम्बिनीले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयलाई १ सय ९ र मधेशले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान टिमलाई १२ रनले हराउँदै फाइनल पुगेका हो। पहिलो सेमिफाइनलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनीले […]

March 14, 2025

एनएसएल – दुई विजेताबिच उद्धघाटन खेल हुने

काठमाडौं (हाम्रो खेलकुद)- यसै महिना हुने एनसेल नेपाल सुपर लिग (एनएसएल) तेस्रो संस्करणकोखेलतालिका आज सार्वजनिक भएको छ। उदघाटन खेलमा चैत १६ गते डिफेन्डिङ च्याम्पियन ललितपुर सिटी एफसी र पहिलो संस्करणको विजेता काठमाडौं रेजर्सबीच प्रतिस्पर्धा हुनेछ। दशरथ रंगशालामा हुने एनएसएलको दोस्रो खेल चैत १७ गते बुटवल लुम्बिनी र झापा एफसी आमनेसामने हुनेछन्। चैत १८ गते एफसी […]

Success

Thank you for your time.