3 years ago
August 27, 2022
मुस्ताङ (हाम्रो खेलकुद) – टप अफ द वर्ल्ड गल्फ क्लासिकमा श्याम तामाङ र सुष्मा सिंहले क्रमशः पुरुष र महिलातर्फको उपाधि जितेका छन् ।
शनिबार मुस्ताङ जिल्लाको लोमाङथाङ्स्थित मुस्ताङ गल्फ कोर्षमा भएको प्रतियोगितामा काठमाडौंका श्यामले २२ अंक जोड्दै उपाधि जिते । पोखराका बलराम थापाले २० अंक जोड्दै दोस्रो भए । बेस्ट ग्रसको उपाधि रविन्द्र सैनीले जिते । उनले १४ ग्रस अंक जोडेका थिए ।
महिलातर्फ उपाधि सुष्मा सिंहले जितिन् । उनले १५ अंक जोडेकी थिइन् । क्लोजेस्ट टु द पिन श्याम सिम्खडा र लंगेस्ट ड्राइभ रविन्द्र सैनीले जिते । होल इन वनमा घोडा पुरस्कार राखेपनि कसैले सो पुरस्कार प्राप्त गरेनन् ।
कोर्ष समुद्री सतहबाट ४ हजार ६ सय ४५ मिटरको उचाईमा रहेको बताइएको छ । भारतको सिक्किममा रहेको याक गल्फ कोर्ष यसअघि सर्वाधिक उचाइमा रहेको गल्फ कोर्षका रुपमा परिचित थियो । याक गल्फ कोर्ष समुन्द्री सतहबाट ३ हजार ९ सय ७० मिटरको उचाईमा रहेको छ ।
प्रतियोगितामा ३६ गल्फरले सहभागिता थिए । सहभागी मध्य ३ महिला गल्फर रहेका छन् । काठमाडौंबाट २१, पोखराबाट १० तथा मुस्ताङ र बुटवलबाट समान २-२ गल्फर सहभागी छन् । एक अमेरिकी गल्फरले पनि खेलेका थिए ।
गल्फ कोर्ष गण्डकी प्रदेश सांसद इन्द्रधारा विष्टको अगुवाईमा निर्माण भएको हो । सांसद विकास कोषबाट १०लाख खर्चेर गल्फ कोर्ष निर्माण गरिएको हो । कोर्ष हाललाई ९ होलको रहेको छ । ३६ पार कोर्षमा २ पार-३, ५ पार-४ र २ पार-५ होल रहेको छ ।
प्रतियोगिता ३/४ स्टेबलफर्ड फर्म्याटमा खेलिएको थियो । लोमान्थाङ् गाउँपालिकाले आयोजना गरेको प्रतियोगितालाई नेपाल प्रोफेसनल गल्फर्स एसोसिएसन र नेपाल गल्फ संघले प्राविधिक सहयोग गरेको छ । हिमालय गल्फ कोर्षका भुवन गुरुङले कोर्ष निर्माणमा सहयोग गरेका थिए ।
March 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल स्पाइनल कर्ड इन्ज्युरी खेलकुद संघ (एनएससिआइए) को आयोजनामा अन्तर उपत्यका क्लबस्तरीय ह्विलचियर बास्केटबल प्रतियोगितामा सोमवार सुरु हुने भएको छ। प्रतियोगिता त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्ड हलमा चैत ४ र ५ गते प्रतियोगिता हुने संघले गोकर्णेश्वर नगरपालिका ६, नारायणटारमा शनिवार पत्रकार सम्मेलन गर्दै जानकारी दिएको छ। प्रतियोगितामा पुरुषतर्फ ७ र महिलातर्फ […]
March 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – ओपनर तृतराज दासको शतकमा त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार चौथो जित निकालेको छ । आर्मीले शनिवार कोशी प्रदेशलाई ७ विकेटकोले हराएको छ । २ सय ३१ रनको लक्ष्य आर्मीले ४७.१ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । आर्मीको जितमा ओपनर तृतराज दासले नट आउट […]
March 15, 2025
काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता नेपाल पुलिस क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा जितको सिलसिलालाई जारी राखेको छ । लगातार चौथो जित निकाल्ने क्रममा पुलिसले शनिवार मधेश प्रदेशलाई १ सय ९३ रनले हराएको छ । दाङको लमहीमा २ सय ८९ रनको विशाल लक्ष्य पछ्याएको मधेश २६.१ ओभरमा सबै विकेट गुमाएर ९५ रनमा […]