default_image

3 years ago

August 26, 2022

टप अफ द वर्ल्ड गल्फ क्लासिकमा ३६ गल्फर

239 views

0 Bookmark

मुस्ताङ (हाम्रो खेलकुद) – विश्वकै सर्वाधिक उचाइमा गल्फ कोर्ष उद्घाटन गर्ने लक्ष्यसहित आयोजना हुने टप अफ द वर्ल्ड गल्फ क्लासिकमा ३६ गल्फरले प्रतिस्पर्धा गर्ने भएका छन् ‌।

शनिबार मुस्ताङ जिल्लाको लोमान्थाङस्थित मुस्ताङ गल्फ कोर्षमा हुने प्रतियोगिताको पूर्व सन्ध्यामा आयोजकले सम्पूर्ण तयारी पूरा भएको जानकारी दिँदै पुरस्कार समेत घोषणा गरेको हो । कोर्ष समुद्री सतहबाट ४ हजार ६ सय ४५ मिटरको उचाईमा रहेको बताइएको छ । भारतको सिक्किममा रहेको याक गल्फ कोर्ष यसअघि सर्वाधिक उचाइमा रहेको गल्फ कोर्षका रुपमा परिचित थियो । याक गल्फ कोर्ष समुन्द्री सतहबाट ३ हजार ९ सय ७० मिटरको उचाईमा रहेको छ ।

प्रतियोगितामा ३६ गल्फरले सहभागिता जनाउनेछन् । सहभागी मध्य ३ महिला गल्फर रहेका छन् । काठमाडौंबाट २१, पोखराबाट ११ तथा मुस्ताङ र बुटवलबाट समान २-२ गल्फर सहभागी छन् । प्रतियोगिताको तेस्रो होलमा होल इन वन गर्नेलाई घोडा पुरस्कार रहेको छ ।

गल्फ‌ कोर्ष गण्डकी प्रदेश सांसद इन्द्रधारा विष्टको अगुवाईमा निर्माण भएको हो । सांसद विकास कोष र लोमान्थाङ गाउँपालिकाको सहयोगमा गल्फ कोर्ष निर्माण भएको बताइएको छ । कोर्ष हाललाई ९ होलको रहेको छ । ३६ पार कोर्षमा २ पार-३, ५ पार-४ र २ पार-५ होल रहेको छ ।

प्रतियोगिता ३/४ स्टेबलफर्ड फर्म्याटमा हुनेछ । प्रतियोगिताका विजेता, उपविजेता, महिला विजेता, बेस्ट ग्रस, क्लोजेस्ट टु द पिन, लंगेस्ट ड्राइभ र मस्ट बर्डिज गर्ने खेलाडीलाई पुरस्कृत गरिनेछ । प्रतियोगितालाई नेपाल प्रोफेसनल गल्फर्स एसोसिएसन र नेपाल गल्फ संघले प्राविधिक सहयोग गरेको छ ।

March 15, 2025

क्लबस्तरीय ह्विलचियर बास्केटबल हुँदै

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल स्पाइनल कर्ड इन्ज्युरी खेलकुद संघ (एनएससिआइए) को आयोजनामा अन्तर उपत्यका क्लबस्तरीय ह्विलचियर बास्केटबल प्रतियोगितामा सोमवार सुरु हुने भएको छ। प्रतियोगिता त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्ड हलमा चैत ४ र ५ गते प्रतियोगिता हुने संघले गोकर्णेश्वर नगरपालिका ६, नारायणटारमा शनिवार पत्रकार सम्मेलन गर्दै जानकारी दिएको छ। प्रतियोगितामा पुरुषतर्फ ७ र महिलातर्फ […]

March 15, 2025

तृतको शतकमा आर्मीको लगातार चौथो जित

काठमाडौं (हाम्रो खेलकुद) – ओपनर तृतराज दासको शतकमा त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार चौथो जित निकालेको छ । आर्मीले शनिवार कोशी प्रदेशलाई ७ विकेटकोले हराएको छ । २ सय ३१ रनको लक्ष्य आर्मीले ४७.१ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । आर्मीको जितमा ओपनर तृतराज दासले नट आउट […]

March 15, 2025

पुलिसलाई निरन्तर सफलता

काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता नेपाल पुलिस क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा जितको सिलसिलालाई जारी राखेको छ । लगातार चौथो जित निकाल्ने क्रममा पुलिसले शनिवार मधेश प्रदेशलाई १ सय ९३ रनले हराएको छ । दाङको लमहीमा २ सय ८९ रनको विशाल लक्ष्य पछ्याएको मधेश २६.१ ओभरमा सबै विकेट गुमाएर ९५ रनमा […]

Success

Thank you for your time.