3 years ago
August 15, 2022
काठमाडौं (हाम्रो खलकुद)– त्रिभुवन आर्मी क्लबकी सुष्मिता खड्का र कान्तिपुर भ्याली पिङपङ क्लबका आरिष महर्जनले १६ औं हरेराम जोशी मेमोरियल खुल्ला टेबुल टेनिस प्रतियोगिताको एकलको उपाधि जितेका छन् ।
आइतबार भएको महिलातर्फको फाइनलमा सुष्मिताले भक्तपुरकी दिप देउला ७–११, ८–११, ११–७, ११–६, ११–१२ ले हराउँदै उपाधि जितेकी थिइन् । गड स्पिन एकेडेमी श्रृया बज्राचार्य र प्रतिका कुँवर संयुक्त रुपमा तृतिय भए ।
पुरुष फाइनलमा आरिषले गड स्पिन टेबल टेनिस क्लबका मनीष खरेललाई ४–११, ८–११, ११–६, ११–५, ११–८ ले हराउँदै उपाधि जितेका हुन् । एपिएमका आशिष मेहता र कीतिपुर संयुक्तका जयराम महर्जन संयुक्त रुपमा तेस्रो भए ।
February 22, 2025
एजेन्सी – आर्सनलले प्रिमियर लिगको शीर्षस्थानको लिभरपुलसँगको अंक अन्तर घटाउने मौका गुमाएको छ । वेस्ट ह्यामसँग शनिवार १-० ले पराजित भएपछि आर्सनलले लिभरपुलसँगको अन्तर घटाउन सकेन। वेस्ट ह्याले एमेरेट्स स्टेडियममा जितका ४ खेलको पराजित यात्रालाई रोकेको छ। ४४ औं मिनेटमा जारोड बोवेनले गरेको गोलमा वेस्ट ह्यामले जित निकाल्यो । बोवेनको प्रिमियर लिगमा त्यो ५० गोल […]
February 22, 2025
एजेन्सी – जोस इंग्लिसको शतकमा अस्ट्रेलियाले इङ्ग्ल्याण्डलाई हराउँदै च्याम्पियन्स ट्रफीमा विजयी सुरुवात गरेको छ । समूह ‘बी’ को शनिवार भएको खेलमा अस्ट्रेलिया ५ विकेटले विजयी भएको छ । च्याम्पियन्स ट्रफीमा सन् २००९ पछि अस्ट्रेलियाको यो पहिलो जित हो । छैठौं संस्करणको फाइनलमा न्युजिल्याण्डलाई पराजित गर्दै च्याम्पियन बनेयता अस्ट्रेलियाले कुनै खेल जितेको थिएन । च्याम्पियन्स ट्रफीको […]
February 22, 2025
काठमाडौं (हाम्रो खेलकुद)- झन्डै दुई वर्षदेखि सहिद स्मारक ए डिभिजन लिग गर्न नसकेका कारण अखिल नेपाल फुटबल संघ (एन्फा) को नेतृत्वको आलोचना हुने गरेको छ। एन्फाले गरेको पछिल्लो ए डिभिजन लिग यता नेपाल सुपर लिग (एनएसएल) लगातार दोस्रो पटक आयोजना गर्ने तयारी जोडतोडले चलिरहेको छ। आंशिक रुपमा घरेलु फुटबलमा आशाको सन्चार गर्न सफल एनएसएलको तेस्रो […]