3 years ago
August 12, 2022
एजेन्सी – घरेलु टोली आयरल्यान्डले दोस्रो टि२० आई खेलमा अफगानिस्तानमाथि ५ विकेटको जित हात पारेको छ । योसँगै पाँच टि२० आई खेलको सिरिजमा आयरल्यान्डले लगतार दोस्रो जितका साथ २–० को अग्रता लिएको छ ।
जितको लागि १ सय २३ रनको विजयी लक्ष्य पछ्याएको आयरल्यान्डले १९ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । आयरल्यान्डको जितमा कप्तान एन्ड्रीयु बलबर्नीले ३६ बलमा ६ चौका र १ छक्कासहित सर्वाधिक ४६ रन बनाए ।
लोर्कन टकरले २७, पउल स्टर्लिङले ४, ह्यारी टेक्टर ५ र जर्ज डोकरेलले २५ रन बनाए । अफगानिस्तानका मोहम्मद नाबीले सर्वाधिक दुई विकेट लिए । राशिद खान भने ४ ओभरमा २७ रन खर्चिदै लगातार विकेटविहीन वने ।
त्यसअघि सिभिल सर्भिस क्रिकेट क्लबमा टस जितेर पहिला ब्याटिङ रोजेको अफगानिस्तानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय २२ रन बनाएको थियो । अफगानिस्तानका हशमतुल्लाह शाहिदीले ४२ बलमा ३ चौकासहित सर्वाधिक ३६ रन बनाए । इब्राहिम जद्रान १७, अजमतुल्लाह ओमरजाई ११ र नविन उल हक १० रनमा आउट भए ।
आयरल्यान्डका जोश लिटिल, मार्क आदिर, कर्टिन क्याम्फर र ग्यारेथ डेलानीले दुई दुई विकेट लिए । पहिलो खेलमा आयरल्यान्ड ७ विकेटले पराजित भएको थियो । तेस्रो खेल आज राती हुनेछ ।
May 3, 2025
एजेन्सी – गुजरात टाइटन्सले इण्डियन प्रिमियर लिग (आइपिएल) मा आजको खेल जित्दै अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। गुजरातले सनराइजर्स हैदरबादलाई ३८ रनले हराएको छ। जितको लागि २ सय २५ रनको लक्ष्य पछ्याएको हैदरबादले २० ओभरमा ६ विकेट गुमाएर १ सय ८६ रन मात्र बनाएको छ। हैदराबादका लागि अभिषेक शर्माले अर्धशतक बनाए। अन्य ब्याटरले लामो इनिङ […]
May 2, 2025
काठमाडौं (हाम्रो खेलकुद)- गण्डकी प्रदेशले राष्ट्रिय पुरुष तथा महिला हक्की प्रतियोगिताको महिलातर्फ दोस्रो जित निकालेको छ । ललितपुरको च्यासल फुटबल मैदानमा शुक्रवार भएको महिलातर्फको खेलमा गण्डकीले मधेश प्रदेशलाई २-१ ले पराजित गर्यो । गण्डकीको जितमा मयुरी राईले २ गोल गरिन् । उनी प्लेअर अफ दी म्याच पनि भइन् । मधेशकी गीताकुमारी म्रिङचिङले १ गोल फर्काए […]
May 2, 2025
पोखरा (हाम्रो खेलकुद)- प्रथम लायन्स कप आमन्त्रित पुरुष भलिबल प्रतियोगितामा इरानको टोली सेमिफाइनलमा प्रवेश गर्न सफल भएको छ। पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा आज भएको खेलमा इरानको टोलीले गण्डकी प्रदेशलाई ३-१ ले हराउँदै सेमिफाइनलको यात्रा तय गरेको हो। इरानको टिमले सुरूवात राम्रो गर्यो। पहिलो सेट २५-१४ ले जित्यो। तर घरेलु टोली गण्डकीले खेलमा फर्कने संकेत […]