default_image

2 years ago

July 25, 2022

माल्दिभ्समाथि नेपालको शानदार जित

406 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– नेपालले भारतका भुवनेश्वरमा सोमबार सुरु भएको साफ यू २० च्याम्पियनसिप फुटबलमा दमदार सुरुवात गरेको छ । पहिलो खेलमा माल्दिभ्सलाई ४–० ले हराउँदै च्याम्पियनसिपमा बलियो दाबेदारी प्रस्तुत गरेको छ ।

भुवनेश्वरको कालिंका रंगशालामा भएको उद्घाटन खेलमा नेपाललाई जित दिलाउन दीपेश गुरुङ, सुगम सुवाल, क्रितिशरत्न छुन्जु, मनग्य नकर्मी गोल गरेका थिए । दीपेशले नेपालका लागि पहिलो गोल गरेका थिए । ४२ औं मिनेटमा रिबाउन्डमा प्राप्त बललाई झण्डै २५ यार्डबाट दीपेशले गोल गोल गरेका थिए । कप्तान आयुष घलानको फ्रिकिक प्रहारमा आएको बललाई माल्दिभ्सका गोलकिपरले पन्च गरेपछि रिबाउन्डमा प्राप्त बललाई दीपेशले गोल परिणत गरेका थिए ।

लगत्तै नेपालले गोलअन्तर दोब्बर गर्ने मौका पाएको थियो । तर, माल्दिभ्सका रक्षकहरुले सफल हुन दिएनन् । त्यसअघि ३१ औं मिनेटमा सुगम सुवालले गोलका लागि गरेको प्रयास सफल हुन सकेन । उनको प्रहार पोष्ट नजिकबाट बाहिरिएको थियो । डेनमार्कबाट छनोटमा भाग लिन स्वदेश फर्केका सुगमले ५८ औं मिनेटमा टोलकिा लागि दोस्रो गोल गरेका थिए । विपक्षी रक्षकहरुलाई छलाउँदै सुगमले पेनाल्टी बक्सबा दोस्रो बारमा गोल गरेका थिए ।

क्रिटिशले ६२ औं मिनेटमा पेनाल्टीमार्फत गोल गरे । कप्तान आयुषलाई माल्दिभ्सका खेलाडीले पेनाल्टी बक्समा फाउल गरेपछि नेपालले पेनाल्टी पाएको थियो । परिवर्तित मनग्यले इन्जुरी समयको चौथो मिनेटमा गोल गर्दै टोलीको जितलाई फराकिलो पारेका थिए । उनी ८३ औं मिनेटमा क्रितिशको ठाँउमा मैदानमा प्रवेश गरेका थिए । युवा टोलीका गोलकिपर इश्वर गुरुङले उच्च प्रदर्शन गरेका थिए । उनले विपक्षीका दुई पटक गोलको अवसरलाई रोकेका थिए ।

सिनियर राष्ट्रिय टोलीको समेत अनुभव बटुलिसकेका आयुषको कप्तानीमा नेपाली टोलीले यू २० मा चुनौती प्रस्तुत गरेको छ । यसअघि यू–१८ र यू–१९ को नाममा हुँदै आएको च्याम्पियसिप यसपालीदेखि यू–२० को नामबाट हुँदैछ । यसअघि नेपालले सुरुवाती दुई संंस्करण जित्दा पछिल्लो संस्करण भारतले जितेको थियो ।

नेपालले अर्को खेल बुधबार श्रीलंकासँग खेल्नेछ । नेपालले साउन १५ गते आयोजक भारतको सामना गर्नेछ । राउन्ड रोविनको अन्तिम खेल नेपालले साउन १७ गते बंगलादेशसँग खेल्नेछ । सहभागी ५ टोलीको राउन्ड रोविन पछि शीर्ष २ टोलीले फाइनल खेल्नेछन् ।

January 8, 2025

एन्फा महिला लिग – आर्मी र वालिङ आमनेसामने हुदै

काठमाडौं (हाम्रो खेलकुद) – एन्फा महिला फुटबल लिगमा बुधवार वालिङ नगरपालीका र विभागीय टोली त्रिभुवन आर्मी क्लब आमने सामने हुदै छन् । खेल सातदोबाटोस्थित एन्फाको मैदानमा खेल दिउँसो ३ बजे सुरु हुनेछ । अन्तिम चरणको लिगमा एक जित र एक बराबरीको साथ आर्मी तेस्रो स्थानमा छ । सुरुवाती दुवै खेलमा पराजित वालिङ अंक बिहीन रुपमा […]

January 8, 2025

आर्सनलमाथि न्युक्यासलको जित

एजेन्सी – न्युक्यासलले इङ्ग्लिस लिग कपको सेमिफाइनल खेलको पहिलो लेगमा आर्सनललाई पराजित गरेको छ । बुधवार बिहान आर्सनलको घरेलु मैदान एमिरेट्स स्टेडियममा भएको खेलमा न्युक्यासल २-० गोलले विजयी भएको हो । पाहुना टोली न्युक्यासलको जितमा अलेक्जान्डर इसाक र एन्थोनी गोर्डनले गोल गरे । दोस्रो लेगको खेल आगामी फेब्रुअरी ५ मा हुनेछ । इसाकले खेलको ३७औं […]

January 7, 2025

गोर्खा ब्वाइज फर्साटिकर कपको क्वाटरफाइनलमा

सुमन अधिकारी, बुटवल रुपन्देहीमा जारी १२ औं फर्साटिकर कप–२०८१ मंगलवार बुटवलको गोर्खा ब्वाइज क्लब विजयी हुँदै अन्तिम आठमा प्रवेश गरेको छ । फर्साटिकर युवा क्लबको आयोजना सञ्चालित प्रतियोगिताको चौथो दिन समूह ‘बी’ मा गोर्खा ब्वाइजले पाल्पा न्यु युथ युनियनलाई ३-१ ले पराजित गरेको हो । गोर्खा ब्वाइजका मनिष तामाङले २ र अनुज गैरेले १ गोल […]

Success

Thank you for your time.