default_image

3 years ago

July 18, 2022

पीजीटीआई खेल्न शुक्रलाई गल्फ परिवारको साथ

212 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – भारतको व्यावसायिक गल्फ टुर, प्रोफेसनल गल्फ टुर अफ इन्डिया (पीजीटीआई) मा सहभागिता जनाइरहेका नेपालका नम्बर १ प्रो शुक्रबहादुर राईलाई नेपालका गल्फ प्रवर्द्धकहरुले आर्थिक सहयोग गरेका छन् ।

सोमबार एक कार्यक्रममाझ १३ व्यक्ति एवं संस्थाको तर्फबाट संकलित आठ लाख रुपैयाँ शुक्रलाई हस्तान्तरण गरिएको हो । शुक्रले आगामी एक वर्ष पीजीटीआई खेल्न र एक महिना बेंगलोरस्थित तरुण सरदेशाई गल्फ एकेडेमीमा प्रशिक्षण गर्ने खर्चस्वरूप गल्फ पारखीहरुले उनलाई सहयोग गरेका हुन् । सहयोगदाताहरुले शुक्रले बिना कुनै दबाब खेल्दै पीजीटीआईमा उपाधि जित्ने लक्ष्यसहित जाउन् भन्ने आशा राखेको बताए ।

शुक्रले आफूलाई हौसल दिने सम्पूर्णलाई धन्यवाद व्यक्त गरे । ‘यो कदमले मलाई पीजीटीआईमा निकै सहयोग पुग्नेछ । आफ्नो तर्फबाट सक्दो राम्रो प्रयास गर्नेछु । सहयोग गर्नुहुने सबैलाई धन्यवाद भन्न चाहन्छु,’ उनले भने ।

शुक्रले गत वर्ष पीजीटीआईको छनोटमा सफल हुँदै फुल कार्ड जितेका थिए । उनले हालसम्म खेलेका ६ प्रतियोगितामध्य ३ वटामा कट पार गरेका छन् । उनले गुरुग्राम चालेन्जमा ३८ औं स्थान हासिल गरेका थिए ।

शुक्रले २० जुलाईदेखि १४ अगस्टसम्म एक महिना बेंगलोरमा प्रशिक्षण लिनेछन् । त्यसपछि उनी लगातार पीजीटीआईको प्रतियोगितामा व्यस्त रहनेछन् । उनले यसबीचमा पनि एकेडेमीमा रहेर प्रशिक्षण गर्नेछन् ।

पीजीटीआई अन्तर्गत शुक्रले अगस्ट १७ देखि डिसेम्बर १८ सम्म १६ प्रतियोगितामा प्रतिस्पर्धा गर्न पाउनेछन् । यी प्रतियोगिताको पुरस्कार राशी ४० लाख भारतीय रुपैयाँ देखि ३ करोड भारतीय रुपैयाँसम्म रहेको छ ।

सहयोग गर्ने व्यक्ति एवं संस्थाहरु :

रविन्दर सैनी, पर्नोर्ड रिकार्ड – दुई लाख रुपैयाँ

सुहृद घिमिरे – ५० हजार रुपैयाँ

चन्द्र टन्डन – ५० हजार रुपैयाँ

आरआर पाण्डे – ५० हजार रुपैयाँ

टासी घले – ५० हजार रुपैयाँ

प्रवेश फुयाल – ५० हजार रुपैयाँ

टिजी श्रेष्ठ – ५० हजार रुपैयाँ

किशन अग्रवाल – ५० हजार रुपैयाँ

टेण्डी शेर्पा – ५० हजार रुपैयाँ

नोर्बु छिरिङ शेर्पा – ५० हजार रुपैयाँ

दीपक आचार्य – ३० हजार रुपैयाँ

संजय लामा – २० हजार रुपैयाँ

ब्रिटिस गोर्खा समाज – १ लाख रुपैयाँ

प्रतियोगिता सुची :

March 17, 2025

झापामा एनएसएलको ट्रफी प्रदर्शन

हिमाल खरेल, बिर्तामोड नेपाल सुपर लिग (एनएसएल) ट्रफी झापाका विभिन्न स्थानमा प्रदर्शन गरिएको छ । काठमाडौंमा चैत १६ गते सुरु हुने एनएसएलको ट्रफी आज झापा जिल्ला खेलकुद विकास समितिअन्तर्गत मेची रंगशाला भद्रपुरमा प्रदर्शन गरिएको झापा तथा भद्रपुर झापा गोल्डकपका सचिवालयले जानकारी दिइएको छ। रंगशाला परिसरमा आयोजित ट्रफी प्रदर्शनी कार्यक्रममा समितिका अध्यक्ष प्रशान्त भण्डारी, नेपाल उद्योग […]

March 17, 2025

भोजपुरमा बासिखोरा रन हुने

हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा बासिखोरा रन २०८१ हुने भएको छ । प्रतियोगिता विभिन्न ४ विधामा हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार चैत ३० गते बासिखोरामा हुने प्रतियोगितामा महिला/पुरुष खुला, यु १८, यु १३ र ४० वर्षमाथिको विधा समावेश गरिएको छ । महिला/पुरुष खुला, यु १८ र ४० वर्षमाथिको समूहमा […]

March 17, 2025

प्लानिङ ब्वाइजको लगातार जित

काठमाडौं (हाम्रो खेलकुद)- सहिद स्मारक बी डिभिजन लिगमा च्यासल युथ क्लबलाई ४-० को हार चखाउँदै प्लानिङ ब्वाइज क्लबले लगातार दोस्रो जित हात पारेको छ। एन्फा कम्प्लेक्समा आज भएको खेलको पहिलो हाफमा दुवै टोलीबाट गोल हुन सकेन । दोस्रो हाफमा भने प्लानिङ ब्वाइजले सानदार प्रदर्शन गर्यो । ५५ औं मिनेटमा सुजन डंगोलले गोलको खाता खोले । […]

Success

Thank you for your time.