default_image

3 years ago

July 16, 2022

सुभाषलाई भारतीय एकेडेमीको छात्रवृत्ति

438 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय गल्फ टोलीका सदस्य तथा १३ औं सागका दोहोरो स्वर्णधारी सुभाष तामाङलाई भारतको तरुण सरदेशाई गल्फ एकेडेमीले छात्रवृत्ति प्रदान गर्ने भएको छ ।

नेपाल गल्फ संघको समन्वयमा गत महिना प्रशिक्षणका लागि सुभाष र अर्का युवा एमेच्योर सद्भाव आचार्य भारत पुगेका थिए । एसियाली खेलकुदको तयारीका लागि सुभाष गल्फ संघको खर्चमा तीन महिनाका लागि भारत पुगेका थिए । तर एकेडेमीले लामो समयसम्म सुभाषको प्रशिक्षण खर्च भने आफैं व्यहोर्ने जनाएको छ । सद्भाव भने परिवारकै खर्चमा दुई वर्ष अध्ययन र प्रशिक्षण गर्न पुगेका हुन् ।

भारतको तरुण सरदेशाई एकेडेमीले नै सुभाषको प्रतिभाबाट प्रभावित भएर उनको यात्रामा साथ दिन चाहेको बताएको छ । गरिब परिवारमा हुर्केका सुभाषको संघर्ष गाथा लेख्दै एकेडेमीले गल्फ संघसँग लामो सहकार्य गरेर अघि बढ्ने जनाएको छ । एकडेमीले संघका अध्यक्ष टासी घलेको खोजबाट अघि बढेका सुभाषलाई अब एकेडेमीले पनि उज्ज्वल भविष्यका लागि आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने बताएको छ ।

सुभाष हाल विश्व वरीयतामा १ सय १२ स्थानमा रहेका छन् । उनले १३ औं सागमा दोहोरो स्वर्ण जित्दै कलिलो उमेरमा आफ्नो कौशल देखाएका थिए । उनी हाल एसियाली खेलकुदको तयारीमा जुटेका छन् । उनले सुर्य नेपाल गल्फ टुरमा थुप्रै एमेच्योर प्रतियोगिता जित्नुका साथै तीन पटक प्रो खेलाडीलाई पछि पार्दै मुख्य प्रतियोगिताकै उपाधि पनि जितेका छन् ।

March 17, 2025

मधेशविरुद्ध लुम्बिनीको मध्यम योगफल

काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेश प्रदेशविरुद्ध मध्यम योगफल तयार गरेको छ । दाङमा जारी खेलमा लुम्बिनीले १ सय ५९ रनको मध्यम लक्ष्य तयार गरेको हो । लमही क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनी प्रदेश ४६ ओभरमा १ सय ५८ रनको मध्यम योगफलमा समेटिएको हो । लुम्बिनीका […]

March 17, 2025

सुदूरपश्चिमविरुद्ध पुलिसको मध्यम योगफल

काठमाडौं(हाम्रो खेलकुद) – साबिक विजेता नेपाल पुलिस क्लब प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा सुदूरपश्चिम प्रदेश मधयम योगफल तयार गरेको छ । रुपेन्देहीमा जारी खेलमा सुदूरपश्चिमविरुद्ध पुलिस १ सय ६० रनको योगफलमा समेटिएको हो । सिद्धार्थनगर क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको पुलिस ४७ ओभरमा १ सय ६० रनको योगफलमा समेटिएको हो । पुलिसका […]

March 17, 2025

आर्मीविरुद्ध एपिएफको सामान्य लक्ष्य

काठमाडौं(हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा त्रिभुवन आर्मी क्लबलाई जितका लागि सामान्य लक्ष्य दिएको छ । भैरहवामा जारी खेलमा एपिएफले आर्मीलाई जितका लागि १ सय ४२ रनको लक्ष्य दिएको हो । एक्स्ट्रा टेक ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको एपिएफ ४२.३ ओभरमा १ सय ४१ रनमा अल आउट भयो […]

Success

Thank you for your time.