default_image

8 years ago

December 14, 2016

रग्वी सेभेन्स उपाधि नेपाल आर्मी र गोर्खालीलाई

89 views

0 Bookmark

काठमाडौँ (हाम्रो खेलकुद) – अन्तर क्लबस्तरिय रग्वी सेभेन्सको उपाधि नेपाल आर्मी एले जितेको छ ।  दशरथ रंगशालामा बुधबार भएको पुरुषतर्फको फाइनल खेलमा नेपाल आर्मी एले गोर्खालीको पुरुष टिमलाई ५­­­­­–० स्कोरले पराजित गर्दै पहिलो पटक भएको क्लबस्तरिय रग्वीको उपाधि उचाल्न सफल भएको छ ।

p2

निकै प्रतिस्पर्धात्मक भएको फाइनल खेलमा पहिलो हाफ बराबरीमा टुंगीयो । अधिकांश राष्ट्रिय टिमका खेलाडी रहेको गोर्खाली क्लब दोस्रो हाफमा आर्मीसँग निरह बन्यो । दोस्रो हाफको शुरुआतमै आर्मीले ट्राई गर्न सफल भयो । आर्मीका रमित कुमालले ट्राई गर्दै अग्रता दिलाए । त्यसपछि प्राप्त कनभर्जन किक प्रहार गर्न आर्मी असफल भएपछि ५ स्कोर मात्र प्राप्त ग¥यो ।तर बाकी समयमा गोर्खालीले ट्राई गर्न नसकेपनि ५स्कोरनै आर्मीको जितका लागि प¥याप्त भयो ।

प्रतियोगितामा गोर्खालीका नविन गीरी बेस्ट प्लेयर चूनिए । नविनले पाँच ट्राई गर्दै सर्बाधिक २५ स्कोर गरेका थिए । पुरुषमा काभे्रको आकाश भैरव तेस्रो भयो । महिलातर्फ भने गोर्खाली रग्वी क्लबले उपाधि हात पा¥यो । फाइनलमा गोर्खालीले काठमाडौँ वुमन्स रग्वी  क्लबलाई २०­—१७ स्कोरले हराउदै उपाधि हात हात पारेको थियो । नेपाल वुमन्स रग्वी क्लब तेस्रो भयो । महिलातर्फ उत्कृष्ट खेलाडी काठमाडौंकी मनीषा थापा मगर भइन् ।प्रतियोगितामा महिलतर्फ चार टिम र पुरुषमा ७ टिमको सहभागीता रहेको थियो । प्रतियोगिता लिगकम नकआउटका आधारमा सञ्चालन भएको थियो ।

प्रतियोगिताको विजेताले ट्रफी तथा मेडल र दोस्रो हुने टिमले मेडल प्राप्त गरे । प्रतियोगिताको विजेतालाई नेपाल रग्वी संघका अध्यक्ष टंकलाल घिसिङ र उपाध्यक्ष गोविन्द भटृराई लगायतले पुरस्कृत गरे । प्रतियोगिताबाट थाइल्याण्डको बैकंकमा हुने एसिया रग्वी सेभेन्स ट्रफिका लागि पहिलो चरणमा पुरुष र महिलामा समान २० खेलाडी छनोट  गरीने संघ सचिव गोविन्द घिमिरेले बताए । प्रतिगोगितामा सहभागी क्लबबाट छिटृै खेलाडी छनोट गरि बन्द प्रशिक्षण गरिने महासचिव चेतनराज गीरीले बताएका छन् । महिला र पुरुषतर्फ समान १२ सदस्यीय खेलाडी छनोट गरिनेछ । उक्त एसिया रग्वी सेभेन्स ट्रफि आगामी वर्षको फेब्रुअरी १९ देखि २१ सम्म हुनेछ ।नेपालले यसअघि प्री–ओलम्पिक क्लालिफायर र एसिया रग्वी डेभलभमेन्ट सेभन्स भारतको चेन्नाईमा खेलेको थियो ।

March 29, 2025

४ देशीय सिरिजका लागि २० खेलाडी बन्द प्रशिक्षणमा

काठमाडौं(हाम्रो खेलकुद) – हङकङमा आयोजना हुने चार देश सम्मिलित टि ट्वान्टी आइ सिरिजको लागि २० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाईएको छ । नेपाल क्रिकेट संघ(क्यान) ले रोहित पौडेलको कप्तानीमा २० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको हो । हङकङमा चैत २७ गते सुरु हुने सिरिजमा नेपाल, कतार, कुवेत र घरेलु टोली सम्मिलित छन् । क्यानका अनुसार सन्दीप लामिछाने […]

March 29, 2025

मुम्बईले टस जित्यो

एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) २०२५ मा मुम्बई इण्डियन्सले गुजरात टाइटन्सविरुद्ध टस जितेको छ । गुजरातको घरेलु मैदान नरेन्द्र मोदी क्रिकेट स्टेडियममा मुम्बईमा कप्तान हार्दिक पाण्ड्याले टस जितेर बलिङ रोजेका हुन् । सुरुवाती खेलमा पराजित दुवै टोली आज पहिलो जितको खोजीमा रहेका छन् । आफ्नो पहिलो खेलमा गुजरात पञ्जाब किंग्ससँग र मुम्बई चेन्नई सुपर किंग्ससँग […]

March 29, 2025

ललितपुरलाई पहिलो हाफमै २ गोलको अग्रता

काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको एनसेल नेपाल सुपर लिग (एनएसएल) को उद्घाटन खेलमा साविक विजेता ललितपुर सिटी एफसीले पहिलो हाफमै काठमाडौं रेजर्सविरुद्ध २ गोलको अग्रता लिएको छ । पहिलो हाफमा ललितपुरले २-० को अग्रता बनाएको छ । दशरथ रंगशालामा ललितपुरले सुरूवातमा नै अग्रता बनायो । खेलको पाँचौ मिनेटमा ललितपुरका विदेशी खेलाडी जोनाथन कान्टीलानाले काठमाडौंका […]

Success

Thank you for your time.