3 years ago
June 12, 2022
एजेन्सी – आइसिसी विश्वकप लिग–२ मा नेपालले प्रस्तुत गरेको बलियो विजयी लक्ष्य पछ्याउनेक्रममाा अमेरिकाका ओपनर स्टिभन टेलर र कप्तान मोनांक पटेलको उत्कृष्ट शतकीय साझेदारी घातक बन्दै गएको छ ।
जितको लागि २ सय ७५ रनको विजयी लक्ष्य पछ्याएको अमेरिकाले २५ ओभरमा १ विकेट गुमाउँदै १ सय ३४ रन बनाएको छ । अमेरिका ओपनर स्टिभन टेलर ७० बलमा ७ चौका र ३ छक्कासहित ७१ रनमा अविजित छन् । कप्तान मोनांक पटेल ६४ बलमा २ चौका र १ छक्कासहित ४४ रनमा अविजित छन् ।
दोस्रो विकेटका लागि टेलर र पटेलले १ सय ८ रनको शतकीय साझेदारी गरेका छन् । जुन साझेदारी नेपाललाई विस्तारै घातक बन्दै गएको छ । पहिलो विकेटका लागि सुशान्त मोदानी र टेलरले ५.४ ओभरमा २६ रनको साझेदारी गरेका थिए ।
ओमानविरुद्ध शतकीय इनिङ खेलेका मोदानी सोमपाल कामीको बलमा १७ रनमा कट एण्ड बोल्ड आउट भए । त्यसअघि ह्युस्टनस्थित मुसा क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ रोजेको नेपाल ४९.२ ओभरमा २ सय ७४ रनमा अल आउट भएको थियो । नेपालका रोहित पौडेलले ६२, आसिफ शेखले ६१ र देव खनालले ५४ रनको इनिङ खेलेका थिए ।
December 19, 2024
हिमाल खरेल, बिर्तामोड कप्तान अञ्जन विष्टको ह्याट्रिकको एनआरटी झापाको बिर्तामोडमा जारी झापा कपको सेमिफाइनलमा प्रवेश गरेको छ । एनआरटीले बिहीवार काठमाडौं जिल्ला लिग विजेता चित्लाङ एफसीलाई ५-१ ले पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरेको हो । योसँगै जारी प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । खेलको १३ औं मिनेटमा एनआरटीले अग्रता लियो । कप्तान […]
December 19, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा कर्णाली याक्सलाई हराउँदै जनकपुर बोल्ट्स फाइनलमा पुगेको छ । बिहीवार भएको दोस्रो क्वालिफायर खेलमा जनकपुर २ विकेटका जितका साथ फाइनल प्रवेश गरेको हो । कर्णालीले दिएको १ सय १९ रनको सामान्य लक्ष्य जनकपुरले १९ ओभरमा ८ विकेट गुमाएर पूरा गर्यो । जनकपुरको जितमा जेम्स निशमले सर्वाधिक […]
December 19, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) को फाइनलमा स्थान बनाउँन जनकपुर बोल्ट्सले कर्णाली याक्सबाट सामान्य लक्ष्य पाएको छ । जारी दोस्रो क्वालिफायरमा जनकपुरले कर्णालीबाट १ सय १९ रनको लक्ष्य पाएको हो । टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय १८ रनको सामान्य योगफल […]