default_image

2 years ago

June 4, 2022

नेपालले पहिला ब्याटिङ गर्दै

122 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आइसिसी यू–१९ महिला टि२० विश्वकप एसिया छनोटको दोस्रो खेलमा आज युएईसँग टस जितेर पहिला ब्याटिङ गर्ने भएको छ । मलेसियाको युकेएम यसडी क्रिकेट ओभल बांगीमा नेपालकी कप्तान कृतिका मरासिनीले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएकी हुन् ।

नेपालले पहिलो खेलमा कतारलाई ७९ रनले हराएको थियो । युएईले भुटानलाई १ सय ६० रनले पराजित गरेको थियो । दुबै टोली लगातार दोस्रो जितका साथ विश्वकपमा आफ्नो स्थान बलियो बनाउन चाहन्छन् ।

नेपालले प्रस्तुत गरेको १ सय १८ रनको विजयी लक्ष्य पछ्याएको कतार १५.४ ओभरमा ३८ रनमा अल आउट भएको थियो । नेपालको जितमा सृष्टि जैशीले ३ विकेट लिनुको साथै २३ रन बनाउँदै प्लेयर अफ द म्याच चुनिएकी थिइन् । गण्डकी प्रदेशबाट सिनियर क्रिकेट खेली सकेकी सृष्टि टोलीकी एक प्रमुख सदस्य हुन् ।

स्पिनर तथा कप्तान कृतिका मरासिनी, अनु कडायत, सुष्मिता भुषाल र मनिषा रानामगर पनि बलरको रुपमा छन् । नेपालकी अश्मा पुलामी मगरले कतारविरुद्ध ३२ रन बनाएकी थिइन् । अश्मा, साना प्रविन, सृष्टि, सनु राजवंशी, किरण कुमारी कुँवर र अञ्जली विश्वकर्मा ब्याटर हुन् । कतारविरुद्ध सृष्टिले एक चौका बाहेक अन्य बाउन्ड्री प्रहार गर्न सकेका थिएनन् ।

यता भुटानविरुद्ध युएईले १ विकेट गुमाउँदै २ सय २ रन बनाएको थियो । युएईकी कप्तान थीर्थ सतीशले ६४ बलमा १५ चौकासहित कुल ९४ रन बनाएकी थिइन् । अकी ओपनर लावन्या केनीले ६२ बलमा ८ चौकासहित कुल ६७ रन बनाएकी थिइन् । पहिलो विकेटका लागि थीर्थ र केनीले १९.१ ओभरमा १ सय ८५ रनको साझेदारी गरेका थिए ।

युएईको ब्याटिङ मजबुत देखिएको थियो । युएईको मजबुत ब्याटिङ सामु नेपाली खेलाडीको परिक्षा हुनेछ । भुटान ४२ रनमा अल आउट भएको थियो । ६ टोली सहभागी छनोटमा शीर्ष स्थानमा रहने टोलीले आगमी वर्ष दक्षिण अफ्रिकामा पहिलो पटक हुने यू१९ टि२० महिला विश्वकप खेल्न पाउनेछ ।

नेपाल र थाईल्यान्ड यस प्रतियोगिताका प्रमुख दाबेदार हुन् । थाईल्यान्डले पहिलो खेलमा घरेलु टोली मलेसियालाई ८५ रनले पराजित गरेको थियो ।

नेपालको प्लेइङ ११ :

कृतिका मरासिनी (कप्तान), किरण कुँवर, आस्मा पुलामी मगर, सृष्टि जैशी, रञ्जु श्रेष्ठ, अञ्जली विश्वकर्मा, मनिषा रानामगर, स्नेहा महरा, साना प्रविन, मनिषा अनु कडायत र एलिसा यादव ।

September 29, 2024

टि ट्वान्टीमा पनि हारबाट नेपालको सुरुवात

काठमाडौं(हाम्रो खेलकुद) – नेपालले क्यानडामा लगातार चौथो बेहोरेको छ । क्यानडामा आजबाट सुरु भएको त्रिकोणात्मक टि ट्वान्टी सिरिजमा घरेलु टोलीले नेपाललाई १४ रनले हराएको छ । यसअघि नेपालले ओडिआई सिरिजमा क्यानडासँग २ तथा ओमानसँग १ खेलमा हारको सामना गरेको थियो।क्यानडाको किंग सिटीमा शनिवार १ सय २४ रनको लक्ष्य पछ्याएको नेपाल १९ ओभरमा १ सय ९ […]

September 28, 2024

क्यानडाले दियो नेपाललाई मध्यम लक्ष्य

काठमाडौं(हाम्रो खेलकुद) – क्यानडामा आज सुरु भएको त्रिकोणात्मक टि ट्वान्टी सिरिजमा घरेलु टोलीले नेपाललाई १ सय २४ रनको मध्यम लक्ष्य दिएको छ । क्यानडाको किंग सिटीमा टस हारेर ब्याटिङको निम्ता पाएको घरेलु टोलीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय २३ रनको योगफल बनायो । क्यानडाका लागि साद विन जाफरले १८ बलमा सर्वाधिक २३ […]

September 28, 2024

पाल्मेरको ४ गोलमा चेल्सीको जित

एजेन्सी – कोल पाल्मेरको ४ गोल सहयोगमा चेल्सीले इङ्ग्लिस प्रिमियर लिग(इपिएल)मा जित हासिल गरेको छ । चौथो जित निकाल्नेक्रममा चेल्सीले ब्राइटनलाई ४-२ ले हराएको हो । घरेलु मैदान स्ट्यामफोर्ड ब्रिजमा शनिबार भएको खेलमा चेल्सीका पाल्मेरले २१औं, २८औं र ३१औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे। खेलमा अगता भने ब्राइटनले लिएको थियो । जर्जिनियो रुटरको गोलमार्फत […]

Success

Thank you for your time.