3 years ago
May 26, 2022
काठमाडौं (हाम्रो खेलकुद) – धरानका व्यवसायिक गल्फर शुक्रबहादुर राईले सुर्य नेपाल गल्फ टुर २०२१–२२ अन्तर्गत सिजनको अन्तिम प्रतियोगिता सुर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको उपाधि जितेका छन् ।
गोकर्ण गल्फ क्लबमा बिहीबार भएको अन्तिम दिन शुक्रले ३–अन्डर ६९ को स्कोरसहित समग्रमा १९–अन्डर २ सय ६९ को सानदार नतिजामा च्याम्पियन बन्न सफल भएका हुन् । करियरकै उत्कृष्ट स्कोर निकालेका शुक्रले धरानकै निरज तामाङलाई ६ स्ट्रोकले हराउँदै करियरको सातौ उपाधि हात पारे । च्याम्पियन बनेसँगै शुक्र पहिलोपटक नेपाल नम्बर एक गल्फर बनेका छन् । उनले यो सिजनको कुल आठ मध्ये पाँच प्रतियोगिता मात्रै खेलेपनि सर्वाधिक ६ लाख ६३ हजार ५०० नगद पुरस्कारसहित नम्बर एक बनेका हुन् ।
२–ओभर ७४ सहित समग्रमा १३–अन्डर २ सय ७५ सहित निरज दोस्रो भए । समग्रमा १२–अन्डर २ सय ७६ सहित तेस्रो भएका भुवनले नम्बर एक गल्फरको स्थान गुमाए । उनले अन्तिम दिन २–अन्डर ७० स्कोर जोडे। यो सिजन कुल ५ लाख ८० हजार ५ सय नगद पुरस्कारसहित भुवन दोस्रो वरीयतामा झरे ।
एमेच्योर वाङ्गचेन ढोन्डुपले १–ओभर ७३ सहित समग्रमा ११–अन्डर २ सय ७७ सहित एमेच्योरतर्फ उपाधि जिते । समग्रमा भने उनी चौथो भए । अर्का एमेच्योर महेन्द्र फगामी समग्रमा १०–अन्डर २ सय ७८ सहित एमेच्योरतर्फ दोस्रो भए । उनले अन्तिम दिन ३–अन्डर ६९ को स्कोर गरे । समग्रमा भने उनी पाँचौ भए ।
एमेच्योरतर्फ एकक्षत्र राज गरिरहेको सुबास तामाङले समग्रमा ७–अन्डर २ सय ८१ सहित पुर्ण बहादुर शर्मासँग संयुक्तरुपमा छैटौं स्थानमा रहे । सुवासले ५–अन्डर ६७ र पुर्णले इभन–पार ७२ मा खेल सकाए । समग्र उपाधिका दाबेदार मानिएका उनको प्रदर्शन बिर्स्नालायक रहयो ।
इभन–पार ७२ सहितसमग्रमा ५–अन्डर २ सय ८३ सहित एमेच्योर आरव डी शाहले आठौं स्थानमा प्रतियोगिता सकाए । भुवन कुमार रोक्का र रबि खड्काले समग्रमा ३–अन्डर २ सय ८५ सहित संयुक्तरुपमा नवौ स्थान बाँडे । अन्तिम दिन भुवनले २ ओभर ७४ र रबिले १–ओभर ७३ मा खेल सकाए । एमेच्योर सद्भाव आचार्य समग्रमा २–अन्डर २ सय ८६ सहित एघारौं र समग्रमा इभन–पार २ सय ८८ सहित सुर्य प्रसाद शर्मा १२औं स्थानमा रहे । पाँच ओभर २ सय ९३ सहित व्यवसायिकतर्फ १५औं भएका जयराम श्रेष्ठले ४ लाख ७५ हजार ५ सयसहित आगामी सिजनको सुरुवात तेस्रो वरीयतामा रहेर गर्नेछन् ।
च्याम्पियन शुक्रले पहिलो होलमा बोगी खेपे पनि तेस्रो र सातौ होलको बर्डीले फ्रन्ट नाइन १–अन्डर ३५ मा सकाए । यसपछि ११औं, १२औं र १८औं होलमा एक-एक सट बचाउँदा १४औं होलमा बोगी प्रहार गर्दा ब्याक नाइन २–अन्डर ३४ मा पुरा गरे । दोस्रो भएका निरजले फ्रन्ट नाइन इभन–पार ३६ मा सकाउने क्रममा तेस्रो र सातौ होलमा बर्डी प्रहार गरे भने चौथो र पाँचौ होलमा एक–एक सट खेर फाले । यसपछि १४औं र १५औं होलको बोगीले ब्याक नाइन २–ओभर ३८ मा सकाए ।
सुर्य नेपाल टुरमा लामो समय सहयोग गर्ने रामजी राजवाहक, रमेश नगरकोटी र समिर तामाङलाई कदर पत्र सहित सम्मान गरियो । चार दिने प्रतियोगितामा ४३ प्रोफेसनल र ११ एमेच्योर सहित ५४ खेलाडीको सहभागिता रहेको थियो । सुर्य नेपाल प्रालिको प्रायोजनमा नेपाल प्रोफेसनल गल्फर्स संघद्वारा आयोजित प्रतियोगिताको कुल पुरस्कार राशी १४ लाख ६१ हजार रहेको थियो । विजेताले दुई लाख ५० हजार, दोस्रो र तेस्रो हुनेले क्रमश १ लाख ५५ हजार र १ लाख १० हजार प्राप्त गरे ।
विजयी खेलाडीहरुलाई सुर्य नेपाल प्रालिका मार्केटिङ उपाध्यक्ष दीपरा लहेरी, नेपाल प्रोफेसनल गल्फर्स संघका अध्यक्ष रबिन्द्र मान श्रेष्ठ र नेपाल गल्फ संघका अध्यक्ष टासी घलेले पुरस्कृत गरे । शीर्ष २१ स्थानमा रहेका अन्यले नगद पुुरस्कार हात पारे ।
April 4, 2025
एजेन्सी – लखनउ सुपर जायन्ट्सले इण्डियन प्रिमियर लिग (आइपिएल) मा आज मुम्बई इण्डियन्सलाई १२ रनले हराएको छ। २ सय ४ रनको लक्ष्य पछ्याएको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ९१ रन मात्र बनाउन सक्यो । मुम्बईका सूर्यकुमार यादवले ४३ बलमा ९ चौका र १ छक्काको सहयोगमा सर्वाधिक ६७ रन जोडे । मुम्बई […]
April 4, 2025
सुनिल गाउँले,सिमरा हनामी बिएफसी भरतपुरले जीतपुरसिमरा गोल्डकप फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । बाराको सिमरा रंगशालामा शुक्रवार राति फ्लडलाईटमा भएको १५ औं सिमरा गोल्डकपको उद्घाटन खेलमा भरतपुरले सिरहाको सलहेश युवा क्लबलाई २–१ ले पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेको छ । भरतपुरको जितमा विशाल योञ्जन र राज भुषालले गोल गरे । सिरहाका लागि सुशील […]
April 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपालको टाइम्स बास्केटबल क्लबले साबा क्लब च्याम्पियनसिपमा पहिलो जित हात पारेको छ। टाइम्सले शुक्रवार माल्दिभ्सको ट्रेक्स बिसीलाई ६७–५९ ले पराजित गर्दै पहिलो जित निकालेको हो। भारतको मद्रासस्थित जवाहरलाल नेहरु इन्डोर स्टेडियममा भएको खेलको पहिलो क्वाटरमा टाइम्स १८ अंकमा रोकियो। ट्रेक्सले २० अंक बनायो। तर दोस्रो क्वाटरमा टाइम्सले उत्कृष्ट प्रदर्शन गर्दै २२–११ को […]