3 years ago
May 7, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाललाई १३ औं दक्षिण एसियाली खेलकुदमा दोहोरो स्वर्ण पदक दिलाएका एमेच्योर गल्फर सुभाष तामाङको घर निर्माणका लागि आयोजित च्यारिटी गल्फ प्रतियोगिताबाट १५ लाख रुपैयाँ सहयोग उठेको छ ।
काठमाडौंस्थित गोकर्ण गल्फ कोर्षमा शनिबार आयोजित प्रतियोगितामा सुभाषको घर निर्माणार्थ सहयोग रकम संकलन गरिएको थियो । नेपाल गल्फ संघको पहलमा आयोजित प्रतियोगिता ३/४ स्टेबलफर्ड पद्दतिमा खेलिएको थियो ।
प्रतियोगितामा भने माधव सिंखडाले उपाधि जिते । उनले ४१ अंक जोड्दै ट्रफी हात पारे । कवि थापा र अर्जुन कुमार कार्कीले समान ४० अंक जोड्दा कविले ब्याक नाइनमा २१ अंक जोडेका कारण उपविजेता बने ।
बेस्ट ग्रसमा दाजुभाई टासी छिरिङ र वाङचेन धन्दुपले समान ३६ अंक जोडे । टासी र वाङचेनको अन्तिम ६ होलको स्कोर समान रहँदा टासीले १२ औं होलको बर्डीका आधारमा उपाधि जिते । महिलातर्फ गिता गुरुङले २६ अंकसाथ उपाधि जितिन् । सिनियरतर्फ समान ३५ अंक जोडेका रविन्द्र पाण्डेले काउन्ट ब्याकमा विजय बहादुर श्रेष्ठलाई पछि पारे ।
क्याप्टेन नोर्बु शेर्पाले लंगेस्ट ड्राइभ, रविन्द्र तिवारीले क्लोजेस्ट टु द पिन तथा टासी दोङले सर्वाधिक बर्डीको ट्रफी पाए । ७२ खेलाडीले प्रतियोगितामा सहभागिता जनाएका थिए । विजेतालाई संघका अध्यक्ष टासी घले, उपाध्यक्ष पवित्र कुमार कार्की, कोषाध्यक्ष किशन अग्रवाल तथा च्यारिटीमा सर्वाधिक सहयोग गरेका गोकर्ण गल्फ क्लबका अध्यक्ष सुहृद घिमिरेले पुरस्कृत गरे ।
प्रतियोगितामा ठमेल डेन्टल क्लिनिकले सुभाषलाई जीवनभरका लागि दन्त परिक्षण तथा उपचार निशुल्क गर्ने घोषणा गर्यो । नेपाल गल्फ संघ, गोकर्ण फरेस्ट रिसर्ट, पेर्नोड रिकार्ड र कार्ल्सबर्गले प्रतियोगिताको प्रायोजन गरेका थिए ।
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद)- फोर नेसन्स उमन्स इन्टरनेसनल च्याम्पियनसिपमा आज नेपालले म्यानमारलाई २-२ गोलको बराबरीमा रोकेको छ। दुई पटक कमब्याक गर्दै नेपालले फिफा वरियताको ५५ औं स्थानमा रहेको म्यानमार विरूद्ध बराबरी नतिजा निकालेको हो। फाइनल पुगिसकेको म्यानमार लिग विजेता र नेपाल उप विजेता रह्यो। आजको खेलमा नेपालकी स्टार स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’को प्रदर्शन प्रभावशाली रह्यो। उनले […]
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदीलाई पितृशोक परेको छ। उनका बुवा ७३ बर्षे तारानाथ सुवेदीको उपचारका क्रममा काठमाडौं मोडल हस्पिटलमा आज दिउँसो २ बजे निधन भएको हो । पछिल्लो केही समययता मुटुको समस्याका कारण उनको उपचार भईरहेको थियो । उनको श्रीमती, एक छोरा र एक छोरी छन् । उनको आजै पशुपतिको […]
February 23, 2025
हिमाल खरेल,भद्रपुर काउर्न बाजार प्रगति संघ बंगलादेश भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । भद्रपुरस्थित मेची रंगशालामा आज भएको तेस्रो क्वार्टर फाइनल खेलमा काउर्नले न्यु रोड टिम (एनआरटी) लाई २–० गोल अन्तरले हराउँदै सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो । काउर्नले सेमिफाइनलमा आयोजकको टिम भद्रपुर ब्लेजर्ससँग फाइनल प्रवेशका खेल्नेछ । […]