default_image

2 years ago

May 1, 2022

नेपालको बलिङमा कमजोर प्रदर्शन

133 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले पहिलो टि२० अभ्यास खेलमा जिम्बावे ए विरुद्ध बलिङमा कमजोर सुरुवात गरेको छ । टियु क्रिकेट मैदानमा १ सय ८२ रनको विजयी लक्ष्य पछ्याउनेक्रममा जिम्बावेले १० ओभरमा १ विकेट गुमाउँदै ९० रन बनाएको छ ।


जिम्बावेका ओपनर तडिवानाशे मरुमानी २५ बलमा ३ चौकासहित २७ रनमा अविजित छन् । टोनी मुनयोङ्गा ५ बलमा २ छक्कासहित १४ रनमा अविजित छन् । ओपनर इन्सेन्ट कैयाले ३० बलमा ९ चौका सहित ४७ रनमा आउट भए ।

पहिलो विकेटका लाग मरुमानी र कैयाले ८.४ ओभरमा ७३ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाए । सन्दीपले कैयालाई एलबीडब्लू आउट गर्दै साझेदारी तोडेका थिए ।

त्यसअघि टियु मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित २० ओेभरमा ५ विकेट गुमाउँदै १ सय ८१ रन बनाएको थियो । आदिल अन्सारी २७ बलमा ४ चौका र ३ छक्कासहित सर्वाधिक ४७ रनमा अविजित रहे । ओपनर कुशल भुर्तेलले ३१ बलमा ८ चौकासहित ४६ रनमा आउट भए ।

July 5, 2024

महिला फ्रेन्चाइज भलिबल लिगका लागि ७ वर्षीय सम्झौता

काठमाडौं (हाम्रो खेलकुद) – नेपालमा महिला भलिबल फ्रेन्चाइज लिग आयोजना गर्नका लागि नेपाल भलिबल संघ (एनभिए) ले ७ वर्षका लागि सम्झौता गरेको छ । एनभिएले आधिकारिक रुपमा इन्फिनिटी ड्रिम्स प्रा. लि.लाई ‘एभरेस्ट महिला भलिबल लिग’ सञ्चालन गर्ने स्वीकृतिमा शुक्रबार सम्झौता गरेको हो । एनभिएका अध्यक्ष जितेन्द्र बहादुर चन्दले इनफिनिटी ड्रिम्स प्रा. लि. लाई नेपाल भित्र […]

July 5, 2024

आदिलको निलम्बन फुकुवा प्रक्रिया अघि बढ्यो

काठमाडौं (हाम्रो खेलकुद) – म्याच फिक्सिङको मुद्दाबाट सफाइ पाएका अलराउन्डर आदिल आलमको निलम्बन फुकुवा सम्बन्धी प्रक्रिया अघि बढेको छ । नेपाल क्रिकेट संघ (क्यान) को केन्द्रीय समिति बैठक सफाई पाएका आदिलको निलम्बन फुकुवा सम्बन्धित प्रक्रिया अघि बढाएको छ । बैठकले अल राउन्डर आदिल निलम्बन फुकुवाको प्रकिया क्यानको अनुशासन समितिलाई १ हप्ता भित्र निर्णय गर्न जिम्मेवारी […]

July 5, 2024

नेपाल प्रिमियर लिग (एनपिएल) नोभेम्बर-डिसेम्बरमा हुने

काठमाडौं (हाम्रो खेलकुद) – नेपालको आफ्नै फ्रान्चाइज टि-ट्वान्टी प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपिएल) आउँदो नोभेम्बर डिसेम्बरमा हुने भएको छ । बिहीबार र शुक्रबार बसेको नेपाल क्रिकेट संघ (क्यान) को केन्द्रीय समितिको बैठकले यसै वर्ष सो प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको हो । पछिल्लो पटक नेपाल टि-२० नामले चलेको यस प्रतियोगितामा विभिन्न विवादमा मुछिएको थियो । […]

Success

Thank you for your time.