default_image

2 years ago

April 5, 2022

नयाँ वर्षमा आरडब्लू समर स्लाम हुने

96 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– नुवाकोटको दुप्चेश्वर परिसरमा नयाँ वर्ष २०७९ को अवसरमा दोस्रो आरडब्लू समर स्लाम प्रतियोगिता हुने भएको छ । नेपाल रिङ रेस्लिङ संघ नुवाकोटका आयोजनामा प्रतियोगिता हुन लागेको मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

प्रतियोगितामा नुवाकोटे टाइगर, प्रथम हेरिटेज च्याम्पियन डेभिड, चट्टान, साइन, योङ स्याडी, दुप्पी ग्याङ, जोन, सिजे वर्ल्ड, बाका, तन्नु, आकृति, स्पाइडरम्यानस्, किङ रोवर्टलगायतका नेपालका प्रख्यात रेस्लरहरुको भिडन्त हुने नेपाल रिङ रेस्लिङ संघकी महासचिव सुवर्ण श्रेष्ठले जानकारी दिइन् ।

१२ लाख रुपैया बढी खर्च हुने प्रतियोगितामा ५ विधामा प्रतिस्पर्धा गराइने छ । हेभि वेट विधाको विजेताले ८५ हजार, हार्डकोरतर्फ ७५ हजार, ट्रिपल पेट विजेताले ४५ हजार प्राप्त गर्नेछन् । त्यस्तै ट्याग टिम विजेताले ६० हजार, लाइटवेट (महिला) विजेताले ४० हजार रुपैयाँ र बेल्ट प्राप्त गर्नेछन् ।

July 6, 2024

जर्मनीलाई हराउँदै स्पेन युरोको सेमिफाइनलमा

एजेन्सी – आयोजक जर्मनीलाई अतिरिक्त समयमा पराजित गर्दै स्पेन युरो कप २०२४ को सेमिफाइनलमा प्रवेश गरेको छ । दुई उपाधि दावेदार बीचको खेलमा स्पेनले अतिरिक्त समयमा जर्मनी माथि २-१ को जित हात पारेको हो । निर्धारित ९० मिनेट १-१ को बराबरीमा सकिएपछि खेल अतिरिक्त समयले निर्धारण भएको थियो । अतिरिक्त समयको पनि अन्तिम समयमा स्पेनले […]

July 5, 2024

हर्दीको पहिलो जित

सुशिल पन्त क्षेत्री,चितवन सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलमा आज हर्दी युवा समाजले जित हासिल गरेको छ । लिगमा पहिलो जित निकालेको हर्दीले शुक्रबार एभरेष्ट क्लबलाई ३-० ले हराएको हो । हर्दीको जितमा सन्तोष थिङले ह्याट्रिक गरे । सन्तोषले खेलको सातौं, ४५ औं र ४७ औं मिनेटमा गोल गरे । लिगमा ह्याट्रिक गर्ने […]

July 5, 2024

राष्ट्रिय टिमका ६२ जनालाई किट्स

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले सञ्चालन गरिरहेको मिसन २०२६ अन्तर्गत राष्ट्रिय टिम तयारीको विशेष प्रशिक्षणमा रहेका खेलाडीलाई शुक्रबार किट्स प्रदान गरेको छ । राखेपका सदस्य–सचिव टंकलाल घिसिङले ५ खेलका ५२ खेलाडी र १० प्रशिक्षक गरी ६२ जनालाई केल्मीको ट्रयाक सुट र ब्याग हस्तान्तरण गरे । दोश्रो चरणमा थपिएका ५ खेलका खेलाडी तथा […]

Success

Thank you for your time.