default_image

3 years ago

March 27, 2022

हरियाणा र पुलिस प्रधानमन्त्री कपको फाइनलमा

197 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – आठौं सगरमाथा सिमेन्ट प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला भलिबल प्रतियोगिताको उपाधिका लागि भारतको हरियाणा स्पोर्टस् क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुने भएको छ ।

नेपालगन्ज रंगशालास्थित कभर्डहलमा सञ्चालित प्रतियोगिताको चौथो दिन आइतबार हरियाणाले न्यू डायमण्ड एकेडेमीलाई र पुलिस क्लबले अर्को विभागिय टोली त्रिभुवन आर्मी क्लबलाई हराउँदै फाइनलमा स्थान पक्का गरेका हुन् ।

प्रतिस्पर्धात्मक पहिलो सेमिफाइनलमा हरियाणाले न्यू डायमण्डलाई २५–१७, २५–१५, २३–२५ र २५–१६ ले हराएको थियो । सेमिफाइनलमा पराजित भएपनि न्यू डायमण्डकी प्रतिभा माली प्लेयर अफ दी म्याच घोषित भइन् ।

दोस्रो सेमिफाइनलमा आर्मीलाई पुलिसले २५–१८, २५–२३, र २८–२६ ले हराएको थियो । पुलिसकी कामना विष्ट प्लेयर अफ दी म्याच घोषित भइन् । तेस्रो स्थानका लागि आर्मी र न्यू डायमण्ड एकेडेमीबीच सोमबार ११ः०० बजे तथा फाइनल हरियाणा र पुलिसबीच दिउँसो १ः०० बजे फाइनल हुनेछ ।

नेपाली भलिबलको सर्वाधिक धनराशीको पुरस्कार रहेको प्रतियोगिताको विजेताले ५ लाख, उपविजेताले २ लाख ५० हजार, तेस्रो टिमले एक लाख र चौथो हुने टोलीले ५० हजार नगद, पदक र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रधानमन्त्री कपको पहिलो संस्करणमा नेपाल पुलिस क्लब, दोस्रोमा एपीएफ, तेस्रो र चौथोमा रेलवे टिम इन्डिया, पाँचौंमा एपीएफ, छैटौंमा पुलिस र सातौंमा एपीएफ च्याम्पियन बनेका थिए । यस संस्करण भने एपीएफले भाग लिएको छैन ।

March 3, 2025

सनिश सर्वोत्कृष्ट खेलाडी

काठमाडौं (हाम्रो खेलकुद )- केपी ओली कपमा च्याम्पियन मच्छिन्द्र क्लबका सनिश श्रेष्ठ सर्वोत्कृष्ट खेलाडी चुनिएका छन्। उनलाई १ लाख रुपैयाँ र यामाहा बाइक प्रदान गरियो। व्यक्तिगत पुरस्कारमा मच्छिन्द्रको वर्चस्व रहयो। स्टेफेन जनाहा जाली सर्वाधिक गोलकर्ता, विशाल श्रेष्ठ उत्कृष्ट गोल किपर र आर्मीका निराजन धामी उदयीमान खेलाडी चुनिए। तीनै जनाले जनही ५० हजार रुपैयाँ र यसमाहा […]

March 3, 2025

केपी ओली कपमा मच्छिन्द्रको ह्याट्रिक

काठमाडौं (हाम्रो खेलकुद )- केपी ओली कपको फाइनलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई २-० ले माथ दिंदै मच्छिन्द्र एफसी उपाधिमा ह्याट्रिक गर्न सफल भएको छ। विमल पाण्डेको आत्मघाती गोल र स्टेफनको गोलमा मच्छिन्द्रले सिजनको दोस्रो उपाधि जितेको छ। दशरथ रंगशालामा आज भएको फाइनल खेलको २९ औं मिनेटमा मच्छिन्द्रले अग्रता बनायो। एन्ड्रेस नियाको पासमा सनिश श्रेष्ठले गरेको […]

March 3, 2025

सुदूरपश्चिम स्पोर्टस अवार्ड अर्को महिना

धनगढी (हाम्रो खेलकुद)- ‘सुदूरपश्चिम स्पोर्टस अवार्ड २०८१’ अर्को महिना आयोजना हुने भएको छ । छैठौं संस्करणको अवार्ड चैत ७ गते हुने गरी तयारीमा जुटेको नेपाल खेलकुद पत्रकार मञ्च कैलालीका अध्यक्ष प्रदीप पाठकले बताए ।‘सुदूरपश्चिम स्पोर्टस अवार्डले खेलकुदको माध्यमबाट राष्ट्रको प्रतिष्ठा बढाउन सफल तथा सम्भावना बोकेका खेलाडी, प्रशिक्षक र खेलप्रेमीहरुलाई देशको नाम अन्तर्राष्ट्रियस्तरमा चिनाउन उत्प्रेरण प्रदान […]

Success

Thank you for your time.