default_image

3 years ago

March 26, 2022

सोमपाललाई लगातार दुई विकेट

118 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – तीव्र गतिका बलर सोमपाल कामीले पपुवा न्युगिनीसँगको दोस्रो ओडिआई खेलमा एकै ओभरमा लगातार दुई विकेट लिँदै नेपाललाई राम्रो सुरुवात दिलाएका छन् ।

२ सय ७९ रनको बलियो विजयी लक्ष्य पछ्याएको पपुवा न्युगिनीले ३ ओभरमा २ विकेट गुमाउँदै १६ रन बनाएको छ । लेगा सियाका १ र चाल्स अमिनी ६ रनमा अविजित छन् ।

सोमपालले दोस्रो ओभरको दोस्रो बलमा ओपनर टोली उरालाई मिडअनमा कुशल भुर्तेलबाट ९ रनमा क्याच गराए । लगत्तै अर्को बलमा कप्तान असाद भाला गोल्डेन डक आउट भए । उनी आरिफ शेखबाट क्याच भए ।

त्यसअघि टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ७८ रन बनायो । नेपालका दीपेन्द्रसिंह ऐरीले १ सय ४० बलमा ७ चौकासहित सर्वाधिक १ सय ५ रनको शतकीय इनिङ खेले । देव खनाल ८६ बलमा ४ चौका र ३ छक्कासहित ७२ रनमा आउट भए ।

पपुवा न्युगिनीका एली नाओले ९ ओभरमा १ मेडनसहित ४८ रन खर्चेर ३ विकेट लिए । नर्मन भानुवाले १० ओभरमा ६४ रन खर्चेर २ विकेट लिए । चाद सोपर र चाल्स अमिनीले १–१ विकेट लिए । दुई ओडिआई खेलको सिरिजमा नेपाल पहिलो खेलमा ६ रनले पराजित भएको थियो ।

December 17, 2024

राष्ट्रिय जागृति झापा कपको सेमिफाइनलमा

हिमाल खरेल,बिर्तामोड गोलरक्षक निरज चौधरी नायक बन्दा इटहरीको राष्ट्रिय जागृति क्लब झापाको बिर्तामोडमा जारी झापा कपको सेमिफाइनलमा प्रवेश गरेको छ । टाइब्रेकरमा भारतको जिटिए दार्जिलिङलाई ४-२ ले हराउँदै जागृति अघिल्लो चरणमा प्रवेश गरेको हो । टाइब्रेकरमा जागृतिका प्रवेश दनुवार, सविन घिमिरे, योगेन्द्र कार्की र विदेशी खेलाडी नाम्दी इबोसीले गोल गरे भने निशान लिम्बुको प्रहार बारमा […]

December 17, 2024

एनपिएल विजेताले १ करोड १० लाख पाउने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान)ले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को पुरस्कार राशी घोषणा गरेको छ। एपिएलको विजेताले १ करोड १० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ। नेपाली खेलकुदमा विजेता टोलीले पाउने अहिले सम्मकै ठूलो राशि हो। दोस्रो हुने टोलीले ५१ लाख, तेस्रो टोलीले २५ लाख र चौथो १५ लाख प्राप्त गर्ने […]

December 17, 2024

एसिसी यु १९ महिला एसिया कपमा नेपाल अपराजित रहँदै सुपर ४ मा

काठमाडौं(हाम्रो खेलकुद) – एसिसी यु १९ महिला एसिया कपमा नेपाल अपराजित रहँदै सुपर ४ मा पुगेको छ । नेपाल र भारत यु १९ बीचको खेल वर्षाका कारण स्थगित भए पछि नेपाल अपराजित रुपमा सुपर ४ मा पुगेको हो । नेपालले दिएको ९५ रनका लक्ष्य पछ्याउने क्रममा भारी वर्षा भए पछि खेल रद्द भएको हो । […]

Success

Thank you for your time.