default_image

3 years ago

March 25, 2022

रोहितको कीर्तिमानी अर्धशतक

168 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – युवा ब्याटर रोहित पौडेलले पपुवा न्युगिनीसँगको पहिलो ओडिआई खेलमा कीर्तिमानी अर्धशतक पूरा गरेका छन् । २ सय ९३ रनको विशाल विजयी लक्ष्य पछ्याएको नेपालले २८ ओभरमा ४ विकेट गुमाउँदै १ सय ३४ रन बनाएको छ ।

नेपालका लागि रोहित ५४ बलमा ३ चौका र १ छक्कासहित ५० रनमा अविजित छन् । रोहितले ५४ बलमा करिअरको पाँचौं अर्धशतक पूरा गरे । रोहित ओडिआईमा पाँच अर्धशतक प्रहार गर्ने पहिलो नेपाली ब्याटर हुन् । रोहितपछि पूर्व कप्तान ज्ञानेन्द्र मल्लले ४ अर्धशतक प्रहार गरेका छन् । रोहितले सन् २०१९ मा युएईसँग दोस्रो ओडिआईमा ५५ रन बनाएका थिए । त्यसपछि गत असोजमा पपुवा न्युगिनीसँग दोस्रो ओडिआईमा खेलमा ८६ रनको इनिङ खेलेका थिए ।

जुन रोहितको अन्तर्राष्ट्रिय करिअरको उच्च प्रदर्शन हो । त्यसै भ्रमणमा आइसिसी विश्वकप लिग २ मा अमेरिकाविरुद्ध ६२ रन बनाउँदा यसै साता पपुवा न्युगिनीसँग पहिलो ओडिआई खेलमा ६० रन बनाएका थिए । रोहितले पूर्व कप्तान ज्ञानेन्द्र मल्ल र पारस खड्कालाई पछि पार्दै ओडिआईमा नेपालबाट सर्वाधिक रन बनाउने ब्याटर पनि बनेका छन् । उन ५ सयमाथि रन बनाएर खेलि रहँदा दोस्रो स्थानका ज्ञानेन्द्रले १९ खेलमा ४ सय ८० रन बनाएका छन् ।

ओपनर अनिल शाह र कुशल भुर्तेलले पहिलो विकेटका लागि ७.३ ओभरमा ३६ रनको साझेदारी गरेका थिए । तीव्र गतिका बलर नर्मन भानुआले सेसे बाउटबाट अनिललाई ६ रनमा क्याच आउट गराए । २०१८ पछि नेपाली टोलीमा फर्किएका अनिलले २१ बलमा १ चौका प्रहार गर्दै सस्तैमा आउट भए ।

लगत्तै नवौं ओभरको अन्तिम बलमा डेब्यू खेल खेलेका देव खनाल शून्यमा क्याच आउट भए । नोसिना पोकनाको बलमा ठूलो सट खेल्ने धुनमा मिडअनमा देव हिरि हिरीबाट क्याच आउट भए । १० औं ओभरको पहिलो बलमा भानुआले भुर्तेललाई ३२ रनमा बोल्ड आउट गरेपछि नेपालले खराब सुरुवात गरेको छ । भुर्तेल २८ बलमा ६ चौका प्रहार गरे ।

मध्यक्रमका ब्याटर दीपेन्द्रसिंह ऐरी स्पिनर चाल्र्स अमिनीको स्वलो बलमा कभरमा जेसन किलाबाट १५ रनमा क्याच आउट भए । दीपेन्द्र पछिल्ला खेलमा खराब प्रदर्शन गर्दै आएका छन् । युएई भ्रणमा दीपेन्द्र पपुवा न्युगिनीसँग पहिलो खेलमा ८ र युएईसँग ४ रनमा आउट भएका थिए । बाँकी दुई खेलमा भने खाता खोल्न सकेका थिएनन् ।

एक समय ७३–४ को अवस्थामा पुगेको नेपाललाई पाँचौं विकेटका लागि आरिफ शेख र रोहितले ६१ रनको साझेदारी गरि सकेका छन् । आरिफ २० रनका क्रिजमा छन् ।

March 11, 2025

साफ च्याम्पियनसिपमा होम एन्ड अवे नहुने!

काठमाडौं (हाम्रो खेलकुद)- साफ च्याम्पियनसिपलाई होम एन्ड अवे प्रणालीमा लैजाने प्रस्तावलाई अस्वीकृत गरेको छ। दक्षिण एसियाली फुटबल फेडरेसन (साफ) को कार्य समिति आज काठमाडौंमा बसेको बैठकले होम एन्ड अवेको प्रस्तावलाई अस्वीकृत बताइएको छ। बैठकको एउटै एजेन्डा साफ च्याम्पियनसिपलाई होम एन्ड अवे प्रणालीमा लैजाने भन्ने रहेको थियो। बहुमत सदस्यले जसरी साफ च्याम्पियनसिप चलिरहेको छ। त्यही अनुसार […]

March 11, 2025

नमोबुद्ध पाँचथर गोल्डकपको सेमिफाइनलमा

दिपक‌ बोहोरा, पाँचथर सप्तरीको नमो बुद्ध युथ क्लब फिदिममा जारी पाँचौं पाँचथर गोल्डकप प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम क्वाटरफाइनलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई‌ ३-० ले हराउँदै नमोबुद्ध अन्तिम चारमा पुगेको हो। नमोबुद्धका लागि विदेशी खेलाडी एलेक्सले २ र अर्को गोल दिपेश चाम्लिङले गरे । सुरुवाती अग्रता दिलाउने क्रममा ३९औँ मिनेटमा […]

March 11, 2025

साफ यु १९ – नेपाल र भारत एउटै समूहमा

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल फेडरेसन (साफ) ले आयोजना गर्ने सातौं साफ यु-१९ च्याम्पियनसिपमा दाबेदार भारत र नेपाल एकै समूहमा परेका छन्। आज काठमाडौंमा भएको ड्रमा नेपाल ग्रुप ‘बी’ मा आयोजक तथा ३ पटकको विजेता भारत र श्रीलंकासँग रहेको छ। ग्रुप ‘ए’ मा माल्दिभ्स,भुटान र डिफेन्डिङ च्याम्पियन बङ्गलादेश रहेका छन्। च्याम्पियनसिप भारतको अरूणाचलमा वैशाख […]

Success

Thank you for your time.